माओवादी अध्यक्ष प्रचण्ड धरानमा
१० भदौ २०७९
•
१ मिनेट पाठ
माओवादी अध्यक्ष प्रचण्ड धरानमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धरान पुगेका छन्।




धरानमा दुई वटा कार्यक्रममा उनी सहभागी हुने माओवादी केन्द्रका धरान अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिए। उनका अनुसार पहिलो कार्यक्रम धरानमा प्रदेश नं १ का केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्ड सहभागी हुनेछन्। 

उक्त बैठक धरान १५ स्थित होटल धरान किचनमा हुने तयारी छ। उक्त कार्यक्रममा सहभागी भएपछि दिउँसो करिब ४ बजे प्रचण्ड धरानको भानुचोकमा आयोजित जनवादी गायक जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रममा सहभागी हुने अध्यक्ष भट्टराईले जानकारी दिए।  

धरान आउदा प्रचण्ड श्रमदान वा वृक्षारोपण कार्यक्रममा पनि सहभागी हुने चर्चा भएपनि औपचारिकरुपमा पार्टीको यस्तो कार्यक्रम नभएको माओवादी केन्द्रका धरान अध्यक्ष भट्टराईले जानकारी दिए। ‘अहिलेसम्म अध्यक्ष ज्यु प्रदेश १ को केन्द्रीय सदस्यहरुको बैठक र जेबी टुहुरे स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने पार्टीलाई जानकारी छ। अरु कार्यक्रमबारे थाह छैन,’धरान अध्यक्ष भट्टराईले भने,‘प्रतिष्ठानले जेबी टुहुरेको स्मृतिमा कतै विरुवा रोप्ने कार्यक्रम बनाएको छ भने त्यो थाह भएन।’

जेबी टुहुरे स्मृति फाउण्डेशनको आयोजनामा आज भानुचोकमा कार्यक्रम हुदैछ। धरानबाट गीत, संगीतको यात्रा प्रारम्भ गरेका जेबी टुहुरे (जुठबहादुर खड्गी)को स्मृतिमा स्रष्टा सम्मान पनि गरिने भएको छ। प्रतिष्ठानले रचनाकार तथा गीतकार लव प्रधानलाई सम्मान गर्ने जनाएको छ।
अर्को समाचार
पार्टी प्रणाली कमजोर बनाएर स्वतन्त्रको राज्य चल्दैन: प्रचण्ड
१८ जेष्ठ २०७९
•
१ मिनेट पाठ
पार्टी प्रणाली कमजोर बनाएर स्वतन्त्रको राज्य  चल्दैन: प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताएका छन्। 




अध्यक्ष दाहालले निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरुले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका जिकिर गरे। उनले देशमा अझै कयौँदशकसम्म पार्टीहरुले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताए। 

उनले भने, ‘माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरुलाई जनताले जसरी अपवादको रुपमा भन्छु। कोही कोही साथीहरुले भन्नुभयो भोली त ७५३ मै त्यस्ता हुन्छन् भन्ने कुरा होइन है। यो भ्रममा हामी कोही नपरौँ। अझै कयौँ दशकसम्म पार्टीहरुले नै बिग्रे पनि सप्रे पनि राज्य तिनीहरुले नै गर्छन् देशमा। 

स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहीँ होइन। काठमाडौं र धरान चाहीँ अलि भिन्न छन्। अरु कोही स्वतन्त्र मैले ठान्या छैन। तर ति भिन्नलाई मैले हेर्दा के देख्छु भने उनीहरुले माओवादीको जस्तो कुरा गरेका छन्। त्यसो भएर जनताले मत दिएको हो। हिजो हामीले जे भन्थ्यौँ जनताको सेवा गर्ने, धारो, पानि, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सब सिध्याउँछौ भनेर भनेको होइन रु हामीले राम्रो सँग नगरेको देखेपछि ल हेर ति तिमीहरुले गर्दैनौँ भने हामी यसो गरिदिन्छौँ भनेर जनताले हामीलाई नै सबक सिकाएको जस्तो लाग्छ मलाई। त्यो हाम्रो लागि सबक हो। 

उनले यसलाई जनताको सेवाको निम्ति समर्पित हुनको निम्ति एउटा पाठको रुपमा लिनुपर्ने बताए। उनले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिए। अध्यक्ष दाहालले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस