हतियारबारे प्रहरी–भन्सार द्वन्द्व
२० फागुन २०७२
•
९ मिनेट पाठ
हतियारबारे प्रहरी–भन्सार द्वन्द्व
काठमाडौं–राष्ट्रिय सुरक्षालाई असर पार्ने सामग्री भित्रिएको इन्टरपोलको सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार छापा मारेपछि भन्सार कार्यालय र प्रहरीका अधिकारीबीच द्वन्द्व बढेको छ।भन्सार क्षेत्रमा बिनाअनुमति प्रहरी आउन नपाउने नियम मिचेर आतंक मच्चाएको भन्दै बिहीबार भन्सारका कर्मचारी हडतालमै उत्रिए । राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा पूर्व जानकारी नगराएको भन्दै प्रहरी भन्सार अधिकारीको भूमिकामाथि नै अनुसन्धान गर्नुपर्ने पक्षमा छ ।

युरोपेली देशबाट राष्ट्रिय सुरक्षामा असर पार्ने सामग्री नेपाल भित्रिएको इन्टरपोलको सूचनाको आधारमा सिआइबीको टोलीले बुधबार विमानस्थल भन्सारमा छापा मारेको थियो । त्यसक्रममा इजरायलमा बनाएको गलिल प्रकृतिको हतियार फेला परेपछि सिआइबी त्यसको अनुसन्धानमा केन्द्रित भएको थियो ।

सिआइबीका अधिकारी बिहीबार हतियार कुरेर बसे तर भन्सार कर्मचारी प्रहरीले आतंक मच्चाएको भन्दै हडतालमा उत्रिए । प्रहरीले आतंक फैलाएको भन्दै कर्मचारीले दुई घन्टा कामै ठप्प पारेपछि विमानस्थल भन्सार प्रशासक योगेन्द्र गौचन भन्सार विभाग र अर्थ मन्त्रालय पुगे । दुई घन्टापछि उनी विभागका प्रतिनिधिसहित भन्सार पुगेर हडताल टुंग्याएका थिए । 'भन्सारमा जाँच गर्न जुनसुकै सरकारी निकायले पनि अनुमति लिएर आउनुपर्ने कानुनी व्यवस्था भए पनि प्रहरी बिनाकुनै जानकारी आएपछि कर्मचारी हडतालमा उत्रिए,' भन्सार प्रमुख गौचनले नागरिकसँग भने, 'इन्टरपोलको सूचनाका आधारमा आएको भन्नुभयो तर के खोज्न आएको हो, बुझ्न सकिएन ।'

प्रहरीले भन्सारका सामग्री जाँच गरेपछि कर्मचारीले नै एउटा हतियार आएको छ भन्दै प्रहरीलाई देखाएको दाबी गर्दै गौचनले भन्सारका कर्मचारीले लुकाएको सामग्री प्रहरीले फेला पा¥यो भनेर सूचना सार्वजनिक हुनु गलत रहेको दाबीसमेत गरे । भन्सारले शंकास्पद हतियार लुकाएको नभई प्रक्रियाअनुसार आएको सामग्री शंका लागेर नै रोकेर राखेको गौचनको दाबी छ । 'लुकाउनुपर्ने भए पुस २६ मा आएको सामान अहिलेसम्म किन राख्थ्यौं र,' उनले भने, 'थप सोधखोज गर्नुपर्ने देखेर नै गोदाममा राखेका हौं, लुकाएका हैनौं ।'

सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले छापा मार्नुअगाडि पूर्वसूचना लिनुपर्ने गौचनको दाबी खण्डन गरे । राष्ट्रिय सुरक्षाको विषयमा प्रहरीले नेपालको जुनसुकै स्थानमा छापा मार्नसक्ने अधिकार रहेको र सोही प्रावधानअनुसार भन्सारमा छापा मारिएको उनले दाबी गरे । इन्टरपोलको सूचनाअनुसार नै प्रहरी भन्सारमा पुगेको बताउँदै उनले 'त्रास फैलाउन नभई सुरक्षा संवेदनशीलताका आधारमा छापा मारिएको' बताए ।

करिब एक हजारवटा पोका खोतलेपछि उक्त शंकास्पद हतियारको प्याकेट फेला परेको थियो, खोलेर हेर्दा आधुनिक हतियार देखिएपछि प्रहरीले चासो राखेको बताउँदै शंकास्पद भनेर राखिएको भए पनि प्रहरीलाई जानकारी नदिएकाले भन्सार अधिकारीको भूमिका शंकास्पद रहेको बताए । 'राष्ट्रिय सुरक्षाको विषयमा अनुसन्धान प्रक्रियाअनुसार कतै छापा मार्न प्रहरीले पूर्वअनुमति लिनुपर्दैन,' सिलवालले भने, 'छापा मारेको विषयलाई इस्यु बनाउनुभन्दा अनुसन्धानमा सहयोग गर्नु नै उत्तम हुन्छ ।'

हतियारको प्रकृति विवादमा

ब्युरोले बिहीबार अनुसन्धान प्रक्रिया अगाडि बढाउने भने पनि बिहीबार बेलुकासम्म शंकास्पद हतियार भन्सारकै नियन्त्रणमा छ । ब्युरो अधिकारीका अनुसार भन्सारका अधिकारीसँग हतियार बिहीबार ब्युरोमा पठाउने मौखिक सहमति भएको थियो । हतियार नआएपछि भन्सार अधिकारीलाई फोन गर्दा कुनै प्रतिक्रिया नआएको ब्युरोका एक अधिकारीले जानकारी दिए । प्रहरीको छापासँगै हतियारको प्रकृतिबारे समेत भन्सार र प्रहरीका अधिकारीबीच भिन्न–भिन्न दाबी आए । भन्सार अधिकारीले उक्त हतियार खेलौना रहेको दाबी गरे भने प्रहरीले आकारप्रकारको आधारमा सक्कली नै देखिएकाले परीक्षण गर्नुपर्ने बताएको छ ।

प्रारम्भमा उक्त हतियार खेलौना रहेको दाबी गरे पनि भन्सार प्रमुख गौचनले हतियारको प्रकारको आधारमा शंका लागेर नै भन्सारमा राखेको र थप प्रमाण मागेको जानकारी दिए । गौचनका अनुसार कागजपत्रका आधारमा हतियार जापानमा किनेर बैंककको सुवर्णभूमि विमानस्थलबाट नेपाल आएको देखिएको छ । बैंकक विमानस्थलमा सुरक्षा जाँचपास गरेर नेपाल आएको हतियार जापानी नागरिक सेइया योकोको रहेको खुले पनि उनी नेपालमा कुन प्रयोजनले आएका थिए भन्ने खुल्न सकेको छैन ।

'कागजपत्र हेर्दा खेलौनाको रूपमा प्रयोग हुनेझैँ देखिन्छ, तैपनि अहिले नै यही हो भनेर भन्न सक्दैनौं,' गौचनले भने, 'सक्कली हतियार नै भए पनि नियमसंगत रूपमा ल्याउन पाइन्छ, गैरकानुनी देखियो भने हामी आफैं सम्बन्धित निकायलाई जानकारी गराइहाल्छौं ।'

डिआइजी सिलवालले सिरियल नम्बरसहित रहेको हतियार हेर्दा खेलौंनाझै नरहेको बताउँछन् । हतियारको प्रकार, तौल आदिको आधारमा प्रहरीले शंकास्पद भनेर त्यसको प्रकृति, ल्याउने व्यक्ति र उद्देश्यको खोजी गरिएको बताउँदै उनले भने, 'आँखाले हेरेर हतियार सक्कली या नक्कली कसरी भन्न सकिन्छ, त्यसका लागि ब्यालेस्टिक परीक्षण आवश्यक पर्छ ।'

जाँच र अनुसन्धानका लागि हतियार आफूलाई बुझाउनुपर्ने प्रहरीले दाबी गरे पनि भन्सारले भने कहाँ पठाउने अझै निर्णय गरेको पाइएन । सामग्री ल्याउने व्यक्तिले बुझाउने कागजपत्रअनुसार सामान दुरुस्त देखिए उसैलाई समेत बुझाएर पठाउन सकिने भन्दै गौचनले विवाद आइसकेकाले परीक्षणका लागि पठाउने तयारी गरिएको बताए पनि कहाँ पठाउने खुलाएनन् ।

'सामानबारे सम्बन्धित व्यक्तिले नै पुष्टि गरे भने उनलाई नै बुझाउन पनि सक्छौं,' गौचनले भने, 'हल्ला धेरै भइसकेकाले परीक्षण गराउँछौं, त्यसका लागि सेना वा प्रहरी जसकोमा पनि पठाउन सक्छौं ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस