काठमाडौं-नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टीको सिद्धान्त मात्र जपेर नपुग्ने धारणा राख्दै त्यसलाई व्यवहारमा उतार्न नेतृत्वलाई आग्रह गरेका छन् ।पार्टीको १३औं महाधिवेशनअन्तर्गत शनिबार बन्दसत्रमा बोल्दै जिल्ला सभापतिले भने, 'सिद्धान्तको मात्रै कांग्रेस बनाएर हुँदैन, व्यवहार र कामको पनि बनाउनुपर्यो।' शनिबार बिहानको पहिलो सत्रमा उनीहरुले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएर गाउँबाटै आउने व्यवस्था गर्न, गाउँ तहबाट सुझाव लिएर नीति तथा कार्यक्रम र विधान संशोधन गर्न माग गरेका छन् ।
स्थानीय निकायलाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै उनीहरुले त्यसका लागि कति संख्याको स्थानीय निकाय बनाउने स्पष्ट हुनुपर्ने, सूचना प्रविधि चलायमान हुनुपर्ने, सूचना प्रवाहलाई लचक र प्रभावकारी बनाउनुपर्ने माग गरेका छन् ।
पार्टी नेतृत्वका लागि कम्तीमा १० प्रतिशत प्रतिनिधिको समर्थनमा मात्रै उम्मेदवार हुनेगरी विधान संशोधन गर्नुपर्ने माग उनीहरुले गरे । पार्टीमा आर्थिक चलखेल बढेको धारणा राख्दै गरिबको छोरो केन्द्रीय समितिमा आउन नसक्ने अवस्था भएकाले निर्वाचनलाई भड्किलो हुनबाट रोक्नुपर्ने उनीहरुको धारणा थियो ।
एउटा व्यक्तिलाई एक पद मात्र दिनुपर्ने धारणा राख्दै जिल्ला सभापतिले केन्द्रीय सदस्य हुनेलाई सांसद र सांसदलाई सदस्य हुनबाट रोक्नुपर्ने तर्क गरेका छन् । गुटगत विवादले पार्टी विधान संशोधन हुन नसकेको भन्दै जिल्ला सभापतिले महाधिवेशन सम्पन्न भएलगत्तै महासमिति बैठक बोलाएर प्रदेश संरचना टुंगो लगाउनुपर्ने धारणा राख्दै पार्टीभित्र हावी हुँदै गएको अनुशासनहीनता रोक्न नाम मात्रको नभएर सक्रिय अनुशासन समिति बनाउनुपर्ने बताएका छन् । द्वन्द्वपीडितलाई पार्टीले ध्यान दिन नसकेकेको भन्दै उनीहरुले महाधिवेशनपछि पार्टीको त्यसतर्फ जानुपर्ने बताए ।