महानगरको अभियान झनै तीव्र
१३ भदौ २०७९
•
५ मिनेट पाठ
महानगरको अभियान झनै तीव्र
आइतबार भोटाहिटी र रत्नपार्क जोडिने ‘अण्डरपास’ मा बनेका अवैध संरचना हटाउँदै तथा काठमाडौं महानगरपालिकाले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा आइतबारबाट एक लाइन पार्किङको व्यवस्था गरेको छ। यसअघि नियम मिचेर दुर्वतर्फ पार्किङ गरिँदै आएको थियो। तस्बिर : नागरिक
काठमाडौँ महानगरपालिकाले अघिल्लो सोमबारबाट सुरु गरेको अवैध संरचना हटाउने अभियान झनै तीव्र हुने संकेत देखाएको छ। शनिबार बिदाको दिनसमेत वनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध संरचना हटाएको महानगरको टोलीले आइतबार भोटाहिटी र रत्नपार्क जोडिने ‘अण्डरपास’ मा बनेका अवैध संरचना भत्काएको छ।  




‘पहिलो चरणमा हाम्रो करिब तीन सय स्थानमा टार्गेट रहेको छ,’ महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘अवैध संरचना हटाउने हाम्रो अभियान तिव्रताका साथ अगाडि बढ्नेछ।’ धेरैतिरबाट समर्थन मिलेको बताउँदै उनले सहर खुला बनाउने अभियान अब नरोकिने बताए।  

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले भनेका छन्, ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनाधिकृत निर्माण तथा नक्सापासभन्दा फरक व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ। अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन दिने छैनौं।’

यसैबीच महानगरको अभियानमा निस्क्रिय भएको भन्दै आलोचित भएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले गरिरहेको अनाधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी छिन्। आइतबार डंगोलले सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै काठमाडौं महानगरले गरिरहेको अनाधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी हुन् ।  

‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने कार्यलाई मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु,’ उनले लेखेकी छिन्, ‘काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने अजेन्डाप्रति सजग र सचेत रहेको छु।’  

‘काठमाडौं मल’को नक्सा पास छैन  

बुधबारमात्र सुन्धारास्थित रहेको कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’अनधिकृत संरचनामा डोजर चलाएको महानगरले आइतबार फेरी उक्त भवन कोे नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको जनाएको छ।  

काठमाडाैं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सञ्चयकोष भवनको नक्सा पास नदेखिएको बताउँदै कोषसँगको अर्को छलफलपछि थप कुरा अघि बढने बताए। ‘नक्सा पास नभेटिए कानुन अनुसार कारवाही हुन्छ,’ उनले भने, ‘उहाहरूले समय माग्नु भएकाले अहिले रोकिएका छौं।’  

कोषका पदाधिकारी महानगरपालिकाबीच आइतबार भएको छलफलमा २०५७ साल भदौ ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा निवेदन दिए पनि अझै नक्सा पास नभएको खुलेको हो।मलले सुरुमा २०५७ त्यसपछि २०७५ सालमा नक्सा पासको लागि संशोधन निवेदन दिएको थियो। तर त्यो निवेदनमाथि कुनै कारबाही नभएपछि महनगरपालिकामा पेन्डिङमै रहेको थियो।

आइतबार महानगरपालिकासँग भएको छलफलपछि कोषले २०५७ सालमा पेश भएको नक्सा पास गर्न प्रक्रिया थाल्ने सहमति जनाएको छ। यस्तै भवनको नक्सामा रहेको वेसमेन्ट रभुइँतल्लामा पार्किङ खुला गर्न कोषले सहमति गरेको छ।  

कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले छलफलको निष्कर्षअनुसार कोषको सञ्चालक समितिले निर्णय गर्नसक्ने बताउँदै अहिले यो विषयमा थप कुरा भन्न नमिल्ने बताए। महानगरका मेयरको स्वकीय सचिव भुपदेव साहले त सञ्चय कोषले नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेमा महानगरले भवन भत्काउन सक्ने तर्फ समेत सचेत गराएका छन्।  

सामान हटाउने समय पनि पाएनौं

महानगरपालिकको कार्यको थुप्रैले स्वागत गरेपछि पीडितले भने आफूले समय नपाएको गुनासो गरेका छन्। सडक फराकिलो बनाउने अभियानमा साथ पसल हटाउनलाई समय नपुगेको उनीहरूको गुनासो छ। त्यस्तै कतिपयले न्यायिक निरूपणपछि मात्र अनाधिृकत संरचना हटाउनुपर्ने भनाइ राखेका छन्। ‘सडक फराकिलो बनाउने कार्यमा हाम्रो विरोध छैन,’ शनिबार बालाजु क्षेत्रमा आफ्नो टहरो भत्केपछि एक महिलाले भनिन्, ‘सामान सार्न समेत पर्याप्त समय नपाएकोमा हामलाई दुःख लागेको छ।’  

तर मेयर बालेनले भने काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ उक्त कुरा बुझिदिन आग्रह गरेका छन्। पछिल्लो समय अनाधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको उनले बताए।  

‘अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) ले दिएको छ,’ उनले भनेका छन्, ‘कुनै पनि अनाधिकृत निर्माण कार्य वा आफैंले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो।’  

सकरात्मक संकेत  

महानगरको एक साता लामो कामले सकरात्मक संकेत देखिन थालेको छ। नयाँ बानेश्वक्षेत्रको फुटपाथ खालि भएपछि सर्वसाधरणको आगमनमा सहजता देखिएको छ। त्यस्तै महानगरले आइतबारट काठमाडौं महानगरपालिकाले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा एक लाइन पार्किङको व्यवस्था गरेको छ।

‘पहिलेदेखि नै एक लाइन पार्किङको व्यवस्था भए पनि मापदण्डविपरीत पार्किङ हुँदै आएको थियो,’ महानगरका प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले भने, ‘यसलाई आइतबारबाट कडाइका साथ लागु गरिएको छ।’ महानगरले भूगोलपार्क क्षेत्र, धर्मपथ क्षेत्र र पिपल्स प्लाजा क्षेत्रमा एक लाइन पार्किङ कडाइसाथ लागु गरेको उनले बताए।  

नगर कार्यपालिकाको आठौं बैठक

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रूपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन्। उनले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रूपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने प्रस्ताव गरेका हुन्। महानगरको आइतबार बसेको नगर कार्यपालिकाको आठौं बैठकमा शाहले कक्षा ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेको छ। मेयर साहले नेपाल सरकारको तर्फबाट कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई १५ रूपैयाँ दिइरहेको र काठमाडाैं महानगरले १० रूपैयाँ थप गरी दिने प्रस्ताव गरेका हुन्।

यस्तै मेयर साहले महानगरपालिकामा खाद्य निरीक्षक नियुक्त गर्ने प्रस्ताव गरेका छन्। महानगरको आठौं कार्यपालिका बैठकमा उनले यो प्रस्ताव राखेका हुन्। उनले महानगरपालिकाभित्रका रेष्टुरेन्ट, होटल, तरकारी र मासुपसलगायतको गुणस्तर निरीक्षण गर्ने उद्देश्यले नियुक्ति गर्ने प्रस्ताव अघि सारेका हुन्।  

साहले खानाको गुणस्तर निरीक्षण गर्ने उद्देश्यले खाद्य प्राविधिक नियुक्त गर्न प्रस्ताव गरेको हुन्। उनका अनुसार ४ देखि ५ जनासम्म यस्ता प्राविधिक नियुक्त गरिनेछ। ती प्राविधिकले महानगरभित्रका खानाको स्तर परीक्षण गर्नेछन।

त्यस्तै महानगरले टेकुमा रहेका फोहोर पनि सीघ्र व्यवस्थापन गर्ने, डेङगु नियन्त्रणमा टोली परिचालन गर्ने, भाडामा सवारी लिने, प्रत्येक वडामा इन्जिनियर राख्ने सफाइ कर्मचारी थप्ने लगायतका निर्णय गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।  
अर्को समाचार
काठमाडौं महानगरमा स्वास्थ्य बिमाका २४ प्रथम सेवा विन्दु
१३ पौष २०८०
•
२ मिनेट पाठ
काठमाडौं महानगरमा स्वास्थ्य बिमाका २४ प्रथम सेवा विन्दु
काठमाडौं महानगरपलिकाले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ।




महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रूपमा तोकिएको बताए।  

‘वडामा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकी बिमितको उपचारका लागि तोकेका छौं’, उनले भने, ‘३२ वडामध्ये २४ वटा वडामा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र उपकरण र जनशक्तिको सबै तयारी पूरा गरिसकेको र बाँकी वडामा तीन महिनाभित्र सबै तयारी सक्ने छौं।’

यहाँ रहेका केन्द्रीय अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले प्रथम सेवा विन्दु हुन अस्वीकार गरेपछि वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकिएको हो।

प्रथम सेवा विन्दुबाट उपचार गरेपछि केन्द्रीय अस्पतालमा ‘रिफर’ गर्न पाइने उनले बताए। महानगरपालिका र स्वास्थ्य बिमा बोर्डबीच स्वास्थ्य बिमा कार्यक्रम गर्ने सहमति भएको छ।  

ललितपुर महानगरले यही पुस २ गते स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको थियो। महानगरका स्वास्थ्य विभाग प्रमुख पौडेलले ३२ वटै वडामा स्वास्थ्य बिमा सहजकर्ता छनोट गरिएको जानकारी दिए। छनोट गरिएका सहजकर्तालाई बोर्डले यही पुसभित्र तालिम अभिमुखीकरण दिने छ।  

उनका अनुसार तालिम लिइसकेपछि स्वास्थ्य बिमा सहजकर्ताले प्रत्येक घरमा गई घरपरिवारलाई बिमित गराउने छन्। बिमित भएको तीन महिनापछि मात्र बिमितले बिमा कार्यक्रममार्फत उपचार सेवा पाउने छन्।  

सरकारले सबै नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि २०७२ सालबाट बिमा कार्यक्रम ल्याएको थियो। बोर्डमा हालसम्म ७४ लाख बिमित भइसके पनि करिव ४७ लाख मात्र सक्रिय छन्।

विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउन स्वास्थ्य बिमा बोर्ड स्थापना गरिएको थियो। अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बिमा बोर्डले एक लाख रुपैयाँसम्म बिमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन्। 

एकदेखि पाँच जनासम्म परिवारले प्रत्येक वर्ष बिमितबापत तीन हजार पाँच सय र पाँचजनाभन्दा बढी भएको खण्डमा प्रत्येक एकजना बराबर थप सात सय थप्नुपर्ने छ। –रासस 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस