काठमाडौं— शेरबहादुर देउवाले आफूले चुनाब जितिसकेको भन्दै अमूल्य मतका लागि कार्यकर्ता समक्ष कृतज्ञता व्यक्त गरेका छन्। 'आदरणीय मतदाताहरु तपाइँहरुले मलाई विजयी गराइसक्नु भएको छ। म तपाइँको अमूल्य मतप्रति कृतज्ञता व्यक्त गर्दछु',पहिलाे चरणकाे परिणाम थाहा पाएपछि बिहान करिब ८ बजे ट्विट गर्दै उनले भनेका छन्।
देउवाले दोस्रो चरणको मतदानमा सहभागी भई उही जोश र उर्जाका साथ मतदान गर्न पनि सबै प्रतिनिधिमा आह्वान गरेका छन्।
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनले सभापति चयन गर्न नसकेपछि दोस्रो चरणको चुनाब आज २ बजे हुँदैछ। सभापतिका तीन प्रत्यासीमध्ये कसैले पनि बहुमत ५० प्रतिशतभन्दा बढी पुर्याउन नसक्दा नेतृत्व छनौट प्रक्रिया लम्बिएको हो।
सोमबार बिहान सम्मपन्न मतगणनाको परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवा बहुमत पुर्याउन ११ मतले मात्र पछि परेका थिए। देउवाले १५६४ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कार्यवाहक सभापति रामचन्द्र पौडेलको ११६० मत ल्याएका थिए। अर्का प्रत्यासी महामन्त्री कृष्ण सिटौलाले ३२४ मत पाएका थिए।
निर्वाचनमा कुल ३ हजार १ सय ४८ मत खसेको थियो। शीर्षमत ल्याउने सभापतिका दुई प्रत्याशीबीच पुनः निर्वाचन हुने नियम बमोजिम २ बजेदेखि चुनाब हुने निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले बताए।
पार्टी विधानको धारा १६ को उपधारा १ कले कम्तिमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य रहेका महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सभापति उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ। पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिने विधान उल्लेख। पुनः मतदान हुँदा साधारण बहुमतप्राप्त उम्मेदवार विजयी हुनेछ।

आदरणीय मतदाताहरु तपाईहरुले मलाई विजयी गराईसक्नु भएको छ । म तपाईहरुको अमूल्य मतप्रति कृतज्ञता व्यक्त गर्दछु ।
— Sher Bahadur Deuba (@DeubaSherbdr) March 7, 2016
आदरणीय प्रतिनिधिज्यू
आज २ वजेवाट शुरु हुने मतदान प्रकृयामा सहभागि भई उही जोश र उर्जाका साथ निर्णायक मतदानका लागि हार्दिक अनुरोध गर्दछु ।