काँध थाम्दै महिला
२४ फागुन २०७२
•
२० मिनेट पाठ
काँध थाम्दै महिला
काठमाडौं-पछिल्लो राष्ट्रिय जनगणना (२०६८) अनुसार नेपालको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाले अगोटेका छन् । एक करोड ३६ लाख महिलामध्ये सबैभन्दा धेरै तराईमा बस्छन्।तराई, पहाड र हिमाल देशका तीनै भौगोलिक क्षेत्र, १४ अञ्चल र ७५ वटै जिल्लामा बस्ने महिलाका बेग्लाबेग्लै समस्या र चुनौती छन् । उनीहरुका अवसरका पाटा पनि बेग्लै छन् ।  २०६२/६३ को जनआन्दोलनपछि नेपालमा नीतिनिर्माण तहमा महिला सहभागिता उल्लेख्य बढेको छ । हरेक क्षेत्रमा एकतिहाइ महिला स्थान सुरक्षित हुन थालेपछि पहिलो संविधानसभामा एकतिहाइ सदस्य महिला पुगे । सशस्त्र द्वन्द्वमा सामेल लडाकु महिलादेखि कुचो–कोदालो सम्हालिरहेकासम्म संविधानसभामा सामेल भए । जनताले आफ्नै हातबाट संविधान लेख्ने भनेर गठन भएको पहिलो संविधानसभाले सहायक नेतृत्व महिलालाई दियो ।




पहिलो संविधानसभाले संविधान बनाउन सकेन । अन्ततः दोस्रो संविधानसभा निर्वाचन भयो । दोस्रो संविधानसभा निर्वाचनपछि गठन भएको संविधानसभाले दुइटा इतिहास रच्यो । अन्ततः नेपालको इतिहासमा विद्यादेवी भण्डारी नेपालको पहिलो राष्ट्रप्रमुख महिला बनिन् भने ओनसरी घर्ती पहिलो सभामुख महिला । अर्को एउटा संयोग पनि जुरेको छ, सुशीला कार्की नेपालको पहिलो प्रधानन्यायाधीश महिला बन्ने निश्चितप्राय छ । यसरी केही प्रमुख निकायका नेतृत्वमा महिला पुग्नुले समग्र नेपाली महिलाको अवस्थामा कस्तो प्रभाव पर्ला ?

निर्वाचन आयोगकी आयुक्त इला शर्मा यो सफलता नेपाली महिलाका लागि प्रेरणाको स्रोत भएको बताउँछिन् । यसले नेपाली महिलाका लागि सपना देख्ने बाटो खोलिदिएको उनको दाबी छ । 'अब महिलाले पखेंटा फिँजाए हुन्छ भन्ने यसको सन्देश हो । प्रयास गरे सबै कुरा सम्भव छ भन्ने सन्देश पनि हो,' उनी भन्छिन् । अहिलेको नेपाली सामाजिक संरचनामा देशकै शीर्ष स्थानमा पुग्न यी महिलाले गरेको असाधारण मिहिनेत र लगनशीलता प्रमुख पक्ष रहेको उनको बुझाइ छ ।

शर्माले झैं राष्ट्रिय मानवअधिकार आयोग प्रवक्ता एवं आयुक्त मोहना अन्सारी राज्यको शीर्ष तहमा महिला पुग्नुले सामान्य महिलामा ठूलो अर्थ राख्ने मत राख्छिन् । यसले भविष्यमा निरन्तता पाउँछ कि पाउँदैन भन्ने मुख्य प्रश्न भएको उनी बताउँछिन् । 'यसले समग्र महिलाको जीवन फेरिन्छ त ?' उनी प्रश्न गर्छिन् ।

महिलाअधिकारकर्मी बन्दना राणाले २५ वर्ष लामो महिला अधिकार क्षेत्रको आफ्नो कअिरमै महिला राष्ट्रप्रमुख देखिएला भनेर सोचेकी थिइनन् । 'यो एउटा ठूलो उपलब्धि हो,' उनी भन्छिन्, 'यसले सामान्य महिलाको जीवनमा के परिवर्तन ल्याउँछ भनेर हेर्न बाँकी छ ।'

यसले सामान्य महिलाको जीवनमा क्रान्तिकारी परिवर्तन नै नल्याए पनि मानिसले सोच्ने दृष्टिकोणमा भने फरक ल्याएको उनको विश्लेषण छ । 'यसले अहिलेको युवा पुस्ताका महिला पनि राष्ट्रपति बन्ने सपना देख्न थालेका छन्,' उनी भन्छिन् । राष्ट्रपति र सभामुख महिला भएपछि अब राजनीतिक दलले अन्य पदमा पनि महिलालाई अगाडि लगाउन सुरु गर्ने उनको अपेक्षा छ ।

केही महिला राजनीतिक तहको नेतृत्वमा पुग्दैमा गाउँगाउँ र दूरदराजमा बस्ने गरेका महिलाको जीवनस्तरमा परिवर्तन हुँदैन । उनीहरुले भोग्ने गरेका चुनौतीको पहाड फुट्दैन । गर्भ जाँच गर्दा गर्भमा छोरी भएमा भ्रुण हत्या गर्नेदेखि छोरी जन्मिँदा अँध्यारो मुख लगाउने घरपरिवार अहिले पनि नेपालमा छन् । नेपालका धेरै समुदायमा छोरा र छोरीबीचको विभेद गर्भबाटै सुरु हुने गरेको छ ।

पछिल्लो दशकमा महिला सहभागिताको क्षेत्रमा आशातीत प्रगति देखिएका छन् । राजनीतिक तह मात्र नभई व्यापारिक र निजी क्षेत्रमा पनि महिला सहभागिता बढ्दो छ । बैंक तथा वित्तीय संस्था, उद्योग, ठूला होटल, कलकारखाना, दूरसञ्चार, सञ्चारगृहलगायत क्षेत्रको व्यवस्थापन तहमा महिला पुग्न सफल छन् ।

निर्वाचन आयुक्त शर्माले आफूले देखेको समयदेखि अहिलेसम्म महिलाको जीवनस्तर र समाजको दृष्टिकोणमा निकै परितवर्तन आएको देखेकी छन् । सञ्चारकर्मीका रुपमा समेत काम गरेकी उनले पछिल्लो दुई दशकमा महिलाले सपना देख्न सिकेको र एक खालको क्रान्ति नै भएको महसुस गर्छिन् । सञ्चारकर्मीको रुपमा काम गर्दा उनलाई रातिको न्युज डेस्कको काम माग्दा व्यवस्थापनले तिम्रो जिम्मा कसले लिन्छ भनेर प्रश्न गर्थे । उनी 'म नै मेरा सहकर्मीहरुको जिम्मा लिन्छु' भन्थिन् । तर अहिलेका सञ्चारगृहमा महिला पनि राति ढुक्कसँग काम गरिरहेको देख्दा उनले परिवर्तन महसुस गरेकी छिन् ।

त्यसो त र उनको समयमा काम सकाएर राति ढिलो घर पुग्दा छिमेकीले झ्यालबाट हेर्ने गर्थे । 'अहिले महिला काम सकाएर राति घर पुग्दा त्यस्तो चियोचर्चो गर्ने निकै कम भएको छ,' उनी भन्छिन् । सहरमा मात्र नभई गाउँघरमा पनि महिला सशक्त भएको उनले देखेकी छन् ।

गाउँगाउँमा महिला संगठित भएका, सोच्ने दायरा फराकिलो बनाएका र सपना देख्न थालेको उनको बुझाइ छ । त्यसो त शर्मा आफैं महिला घरमूली भएको घरमा हुर्केकी थिइन् । उनको आमा घरमूली भएकाले घरको सबै कुराको निर्णय उनकी आमाले नै गर्थिन् । यसले गर्दा पनि आफूले शिक्षा र रोजगार क्षेत्रमा औसत महिलाले भन्दा राम्रो अवसर पाएको उनी महसुस गर्छिन् । महिला नेतृत्वमा पुग्दा वा महिला मूली बन्दा यस्तै कुरामा प्रभाव पर्ने उनी बताउँछिन् ।

पछिल्लो समयमा देशभरकै महिला सशक्त भएको राणाको अनुभव छ । यो सहरमा मात्र सीमित नभएर गाउँगाउँसम्म भइरहेको उनी बताउँछिन् । 'बरु सहरका महिला समाज, यताउता भनेर बोल्न डराउँछन् । उनीहरु राजनीतिक रुपमा सही हुन चाहन्छन् तर गाउँमा त्यस्तो छैन,' उनी भन्छिन् । महिलाले आफ्नो चासो अगाडि राख्न सक्दा उनीहरुको क्षमता विकास भएको उनी दाबी गर्छिन् ।

बाल्यकालले मानिसमा जीवनको यात्रा तय गर्छ । बाल्यकालमा सिकेका कुरा र निर्देशित दिशाले भविष्य निर्माणमा महŒवपूर्ण भूमिका खेल्छ । व्यावसायिक जीवनमा अवसर प्राप्त गर्न शिक्षाको ठूलो योगदान हुन्छ । शिक्षा जीवनको पहिलो खुट्किलो भएको भन्दै अन्सारी प्रश्न गर्छिन्, 'जब पहिलो फड्कोमै कमजोरी हुन्छ भने कसरी बाँकी फड्को पार हुन्छ?' आफ्नो बाल्यकाल एकदमै संघर्षपूर्ण भएको सम्झिँदै उनी शिक्षासँगै संघर्ष पनि महŒवपूर्ण भएको बताउँछिन् । संघर्ष गर्न सक्ने अगाडि बढ्ने सक्ने उनको अनुभव छ ।

सहर र गाउँका महिलाले सामना गर्नुपर्ने चुनौती फरक–फरक छन् । छोरालाई अंग्रेजी विद्यालय पढाएर छोरीलाई सरकारीमा पठाउँदा शिक्षामा हुने भेदभावदेखि छाउपडी, बालविवाह, घरायसी कामजस्ता विभिन्न चुनौती महिलाले सामना गर्नुपरेको छ । घरेलु हिंसाका सिकार हुनेहरु पनि अधिकांश महिला नै छन् । तर पनि बिस्तारै समाज परिवर्तन हुँदै गएको यी महिलाले पनि महसुस गरेका छन् । 'महिला बोल्न सक्ने भएका छन् । उनीहरुको क्षमता विकास भएको छ,' अन्सारी थप्छिन्, 'व्यावसायिक दक्षता वृद्धि भएको छ । बिस्तारै जीवनशैलीमा परिवर्तन आएको छ ।'

महिला सशक्त हुँदै गए पनि उनीहरुमाथि हिंसाको क्रम भने रोकिएको छैन । दैनिकजसो महिलामाथि भइरहेका हिंसाका खबर आइरहेका छन् सञ्चार माध्यममा । सामान्य कुटपिट, यातना मात्र होइन, बलात्कार, हत्याजस्ता घटना पनि रोकिएका छैनन् । देशभर किशोरीको विवाह भइरहेकै छ भने दाइजो, छाउपडीका नाममा महिलाले पीडा भोगिरहेका छन् । राजनीतिक रुपमा केही महिला नीतिनिर्माण तहमा पुग्दैमा महिलाको जीवनमा साँच्चै फरक आएको छ त ? राणा महिला सशक्त भएर यस्ता कुरा बाहिर आउने गरेको दाबी गर्छिन् ।

'यस्ता कुरा बाहिर आउनाले महिला बोल्ड हुँदै गएका छन् भन्ने संकेत गर्छ,' उनी भन्छिन् । विभेदकारी नीति, सामाजिक संस्कारलगायत कारण यी सबै कुरा रातारात परिवर्तन हुन नसक्ने उनी बताउँछिन् । 'अवस्था पहिलाजस्तो छैन,' राणा भन्छिन् । कानुन बने पनि कार्यान्वयन पक्ष फितलो भएको, निरन्तर अनुगमन नहुने र जवाफदेहिता कम भएकाले पनि महिलामाथिको हिंसा कम गराउनु चुनौतीपूर्ण रहेको उनको विश्लेषण छ ।

नेपाली महिलाका लागि पितृसत्तात्मक समाजको दोहोरो मापदण्ड, पारिवारिक र सामाजिक असहयोग प्रमुख चुनौती भएको शर्माको अनुभव छ । समाजको केही हिस्सामा महिलाप्रतिको द्वेष रहेकाले पनि महिलालाई माथि उठ्नका लागि असाधारण धैर्य, कर्तव्यनिष्ठता र इमानदारी चाहिने उनी बताउँछिन् । पुरुषले कुनै उपलब्धि हासिल गरे त्यसले 'वाहवाही' पाउने तर महिलाले त्यही उपलब्धि हासिल गरे पूर्वाग्रही र पक्षपातपूर्ण ढंगले हेरिने गरेको उनले देखेकी छन् । 'महिलाले गरेका कामलाई मसिनो ढंगले केलाएर हेरिन्छ,' शर्मा थप्छिन्, 'तर आफू एउटा बाटोमा लागिसकेपछि यस्ता पूर्वाग्रहले केही फरक पार्दैन, झन् कटिबद्ध बनाउँछ ।'

चुनौतीले पर्याप्त अवसर सिर्जना गरिदिएको शर्माको अनुभव छ । आफू धैर्यवान भएर सकारात्मक सोच राख्दै अगाडि बढ्न सके कसैले रोक्न नसक्ने उनको ठहर छ । 'खुट्टा तान्नेको पछाडि लाग्नु हुँदैन, हिम्मत गर्न सके महिलालाई कसैले रोक्न सक्दैन,' शर्मा भन्छिन् । महिलाले आफ्नो महŒव, स्थान र गरिमा बोध गर्न सके महिला आफ्नो यात्रामा अगाडि बढिरहनेमा उनी ढुक्क छिन् ।

औसत नेपाली महिलाले दैनिक जीवनमा धेरै चुनौती सामना गर्नुपरेको अन्सारीले देखेकी छन् । देशमा महिलाको जनसंख्या धेरै भए पनि महिलाको स्तर माथि उठ्न नसकेको उनले महसुस गरेकी छन् । शिक्षामा पनि पुरुषको भन्दा महिलाको पहुँच कम छ भने महिलाले विभिन्न सामाजिक समस्या झेल्नुपरेको उनी बताउँछिन् । 'सामान्य महिलालाई रातमा यात्रा गर्नसमेत गाह्रो छ,' उनी भन्छिन् ।

नेपाली महिलालाई अहिले आर्थिक र राजनीतिक सशक्तीकरण खाँचो भएको शर्माको विश्लेषण छ । यससँगै आवश्यक ऐनकानुन पनि महिलामैत्री हुनुपर्ने र राज्यले पनि महिलालाई पूर्ण नागरिकका रुपमा स्विकार्नुपर्ने उनको जोड छ । 'सन्तानको नागरिकतासम्बन्धी प्रावधान भेदभावपूर्ण छन् । दोस्रो विवाहका प्रावधान पनि विभेदपूर्ण छन् । पैतृक सम्पत्तिको अधिकार पनि कार्यान्वयन हुन सकेको छैन,' उनी भन्छिन् । महिलाका लागि अवसर र विकल्प दुवै हुनुपर्नेसमेत उनी जोड दिन्छिन् ।

दोस्रो जनआन्दोलनपछि कम प्रतिनिधित्व भएका क्षेत्र वा समुदायका व्यक्तिलाई अवसर दिन आरक्षण दिने क्रम सुरु भयो । राज्यका हरेक क्षेत्रमा एकतिहाइ महिला सहभागिताको प्रावधान ल्याइयो तर त्यो प्रावधान त्यत्तिमै सीमित रह्यो । त्यसयताका सरकारमा पनि महिला मन्त्रीको संख्या अत्यन्तै कम रह्यो भने त्यही नीति बनाउने राजनीतिक दलका नीतिनिर्माण तहमा पनि त्यसले मूर्त रुप पाउन सकेन ।

एक हिसाबले भन्दा ३३ प्रतिशत महिला आरक्षण नारामा मात्र सीमित हुन पुग्यो । त्यसो त आरक्षणका नाममा दिइने अवसरले अन्य महिलालाई के प्रभाव पार्छ भन्ने पनि महŒवपूर्ण प्रश्न छ ।
केही सीमित पदमा महिला पुग्दैमा त्यसले समग्र महिलाको उन्नति भएको बुझ्न नहुने आयुक्त अन्सारी बताउँछिन् । राजनीतिक दलमा शीर्ष नेतृत्वदेखि निजामती प्रशासन र न्याय क्षेत्रमा पनि महिलाको संख्या निकै कम हुनु सकारात्मक नभएको उनी बताउँछिन् । 'न्याय क्षेत्रमा अझै ३३ प्रतिशत महिला प्रतिनिधित्व पुगेको छैन, ११ प्रतिशतमा सीमित छ,' अन्सारी भन्छिन् ।

समावेशी बनाउन महिला आरक्षण सुरु भए पनि महिला सहभागिता कछुवा चालमा वृद्धि भइरहेको उनको तर्क छ । अहिले पनि आमनेपाली महिलाको जीवन हस्तरेखा वा चिना देखाएर सुरु हुने गरेको अन्सारीले देखेकी छन् । मानव विकास सूचकांक अति कम भएका कर्णाली, सुदूरपश्चिम र तराईका जिल्लाका महिलाको जीवन पनि उनले देखेकी छन् । तर आरक्षण पनि पहुँचवालाकै सेरोफेरोमा घुमिरहेकाले कति महिला अझै अगाडि आउन नसकेको उनको अनुभव छ । राज्यले दिने र महिलाले लिने सोच भने अन्त्य हुनुपर्ने उनको जोड छ ।

आरक्षणका नाममा महिलालाई दिइएका अवसरमा भने शर्माको फरक मत छ । आरक्षण भनेको अनन्तकालसम्म हुन नसक्ने भएकाले त्यसलाई अनुकूलन गर्न सक्ने अन्य प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने उनको धारणा छ । 'विभिन्न आरक्षणले ल्याउने परिणामसँगै अन्य प्रणाली बदल्ने क्रियाकलाप भएनन् भने त्यस्तो परिणाम दिगो हुन सक्दैन,' उनी भन्छिन् ।

अधिकारकर्मी राणा भने महिला र पुरुषको पहुँच र प्रतिनिधित्व समान नहुँदासम्म सकारात्मक विभेद जारी राख्नुपर्ने जोड दिन्छिन् । महिलालाई स्थान दिँदैमा अवसर दिन मात्र ल्याइएको नहुने उनी बताउँछिन् । 'महिलालाई राख्नेबित्तिकै क्षमताको प्रश्न आउँछ । सक्दै नसक्ने महिलालाई ल्याएर राखे भनिन्छ तर पुरुष त्यही स्थानमा पुग्दा अक्षम भए पनि क्षमताको प्रश्न उठ्दैन,' उनी तितो पोख्छिन् ।

महिलालाई योग्य बनाएर त्यो स्थानसम्म पुर्याउन भए पनि सकारात्मक विभेद गरिनुपर्ने जोड उनको छ । अहिले आरक्षणका रुपमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएपछि यसले भविष्यमा सकारात्मक प्रभाव पार्ने उनी बताउँछिन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस