काठमाडौं— नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यको मतगणना आज दिउसो १ बजेपछि हुने भएको छ। निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा १ः३० बजेदेखि मतगणना सुरु हुनेछ।मत गणना तयारीका लागि निर्वाचिन समितिले मंगलबार बिहान १० बजे महामन्त्री र कोषाध्यक्षका प्रत्याशीलाई पार्टी केन्द्रीय कार्यालय सानेपा बोलाएको छ। प्रत्याशीहरुसँगको छलफलपछि मतगणना सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।
महामन्त्रीमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा र कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिस्पर्धामा छन्। पार्टीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ पदका लागि ३ सय १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।
सभापतिको चयनपछि मात्र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना हुन लागेको हो। सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा एक हजार ८२२ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका छन्। अर्का प्रत्यासी पार्टीका रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गरे। नयाँ नेतृत्वका लागि पहिलो चरणको निर्वाचन यही आइतबार सम्पन्न भएको थियो। सोमबार भएको दोस्रो मतदानबाट सभापति चयन गरिएको हो।