सेनालाई जलविद्युत परियोजनाको तगारो
२५ फागुन २०७२
•
१४ मिनेट पाठ
सेनालाई जलविद्युत परियोजनाको तगारो
काठमाडौं-माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजना निर्माण कम्पनीले निर्माण अनुमति नदिँदा बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक निर्माण तथा स्तरोन्नति योजना अन्योलमा परेको छ।

सरकारले सडक निर्माण र स्तरोन्नति जिम्मा नेपाली सेनालाई दिए पनि परियोजनाले 'नो अब्जेक्सन लेटर' नदिँदा परियोजना क्षेत्रभित्र पर्ने १२ किलोमिटर सडक निर्माण सुरु हुन सकेको छैन।

भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि चीनसँग हुने आयात÷निर्यात बढाउन सरकारले बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड विशेष परिस्थितिमा शीघ्र निर्माण तथा स्तरोन्नति गर्न मंसिर १७ गते निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो।

सोहीअनुसार मन्त्रालयले सडक विभाग र नेपाली सेनालाई उक्त सडक निर्माण तथा स्तरोन्नतिको जिम्मेवारी सुम्पेको थियो।

सडक विभागका महानिर्देशक माधवकुमार कार्कीका अनुसार ऊर्जा मन्त्रालयसँग गरेको सम्झौताअनुसार आफ्नो क्षेत्रमा पर्ने भन्दै जलविद्युत परियोजना उक्त सडक आफंै बनाउन चाहन्छ । 'उनीहरु (जलविद्युत कम्पनी) को क्षेत्रभित्र पर्ने सडक पनि उनीहरुकै टिओआरभित्र पर्छ । हामीले त्यहाँ हस्तक्षेप गर्न मिल्दैन,' कार्कीले भने, 'उनीहरुले परियोजना क्षेत्रभित्र सडक निर्माण तथा स्तरोन्नति कार्य आफैंले गर्न चाहेको हामीले बुझेका छौं।'

भारतले नाकाबन्दी लगाएपछि इन्धनलगायत अत्यावश्क वस्तुको आपूर्तिमा एकै देशसँग निर्भर हुँदा अप्ठेरोमा पर्ने महसुस गरेपछि सरकारले चीनसँग पनि यस्ता वस्तुको आपूर्ति गर्न बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड निर्माण तथा स्तरोन्नति गर्ने निर्णय लिएको थियो । सरकारले यो सडक आयोजना दुई वर्षभित्र निर्माणसम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

'गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी आयोजना दुई वर्षभित्र निर्माणसम्पन्न गर्न नेपाल सरकारका सम्पूर्ण निकाय आवश्यकताअनुसार परिचालित हुने र सम्बन्धित सबै निकायले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय÷सडक विभागलाई आवश्यक सहयोग उपलब्ध गराउने' सरकारले मंसिर १७ गते गरेको निर्णयमा उल्लेख छ । सडक विभागले नेपाली सेनालाई जिम्मेवारी सुम्पेपछि सेनाले पुस २७ गतेबाट काम सुरु गरेको थियो ।

'बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक खण्डका विभिन्न ठाउँमा सडक निर्माण कार्य सेनाले गरिरहेको छ । माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजनाको क्षेत्रभित्र मात्र हामीले काम सुरु गर्न सकिएको छैन । त्यो क्षेत्रभित्र कार्य सुरु गर्न हामीले परियोजना र उर्जा मन्त्रालयसँग नो अब्जेक्सन लेटर मागेका थियौं, त्यो प्राप्त भएको छैन,' नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले भने ।

ऊर्जा मन्त्रालयका सचिव सुमन शर्माले भने माथिल्लो त्रिशूली–१ परियोजना क्षेत्रमा सडक निर्माण कार्यको पछिल्लो अवस्था के छ भन्ने आफूलाई थाहा नभएको बताए । उनले भने, 'पछिल्लो घटनाक्रम के भइरहेको छ, मलाई थाहा भएन ।'

नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट को. प्रालिले २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ विद्युत परियोजना निर्माण गरिरहेको छ जसमा ५२ प्रतिशत लगानी दक्षिण कोरियाली कम्पनीको छ ।

निर्माण कम्पनी स्रोतअनुसार सेनाले 'नो अब्जेक्सन लेटर' मागेपछि त्यसको जवाफ तत्कालै ऊर्जा मन्त्रालयलाई दिइएको थियो ।

'हामीले एक महिनाअघि नै जवाफ पठाएका थियौं । हाम्रो परियोजना भएकाले यसभित्र पर्ने सडक हामी नै बनाउँछौं, तपार्इंहरु नदीको बायाँतर्फ बनाउनुस् भन्ने धारणा हामीले राखेका छौं तर हामीले बनाउने सिंगल लेनको सडक हुन्छ । यो क्षेत्रमा पहिरो र ठूला पहराको कारण डबल लेन सडक बनाउन असम्भवजस्तै छ भनेर ऊर्जा मन्त्रालयमार्फत सुझाव दिएका छौं,' स्रोतले भन्यो, 'नेपाल सरकारले परियोजना क्षेत्रभित्र सडक बनाउन सेनालाई नै दिनुपर्छ भन्छ भन्ने हाम्रो भन्नु केही छैन ।'

बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सेनालाई दुइटा जिम्मेवारी दिइएको थियो । पहिलो, वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पनबाट गएका पहिरो पन्छाउने र दोस्रो, नयाँ ट्र्याक (बाटो) निर्माण गर्ने ।

१३ किलोमिटरभित्रका पहिरोमध्ये ११ किलोमिटरभित्रका सेनाले हटाइसकेको छ । 'बाँकी २ किलोमिटरभित्रका पहिरो डेढ महिनाभित्र पन्छाइसक्ने लक्ष्य छ,' सैनिक प्रवक्ता कार्कीले भने ।

मैलुङ–स्याफ्रुबेसी सडक खण्ड १६ किलोमिटर लामो छ । यो सडकको १२ किलोमिटर क्षेत्र माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजना क्षेत्रभित्र पर्छ । मैलुङबाट ५ किलोमिटर अगाडि कोरियाली कम्पनीले काम गरिरहेको छ ।

परियोजना क्षेत्रबाहिर पर्ने चार किलोमिटर सडक निर्माणको जिम्मेवारी सरकारले अघिल्लो वर्ष नै सेनालाई दिएको थियो । सेनालाई जिम्मेवारी दिइएको सडक जलविद्युत परियोजनाभन्दा माथि पर्छ । सेनाले २०७१ चैतबाट उक्त चार किलोमिटर सडक निर्माण कार्य सुरु गरेकोमा हालसम्म २.१ किलोमिटर निर्माणसम्पन्न गरेको छ । सेनाले खनिसकेको मध्ये १.१ किलोमिटर डबल लेनको छ भने बाँकी सिंगल लेनलाई पनि डबल बनाउने कार्य भइरहेको छ ।

'अब पहिलेको जिम्मेवारीअनुसार १.९ किलोमिटर सडक खन्न बाँकी छ,' सैनिक प्रवक्ता कार्कीले स्पष्ट पारे ।

जलविद्युत परियोजना क्षेत्रभित्र पर्ने १२ किलोमिटरमध्ये ६ किलोमिटर सडक परियोजनाले र ६ किलोमिटर सडक सेनाले निर्माण गर्ने भनिएको थियो । सोहीबमोजिम सेनाले ६ किलोमिटर 'फ्रेस ट्र्याक' खोल्न जलविद्युत परियोजनासँग नो अब्जेक्सन लेटर मागेको थियो ।

भूकम्पपछि तातोपानी नाका बन्द गरेको चीन अब नेपाल भित्रने सबै सामग्री केरुङ–रसुवागढी नाकाबाट पठाउने मुडमा रहेको छ । यसैले चीनले रसुवागढी भन्सारलाई सशक्त पारेको छ । भारतले नाकाबन्दी लगाएपछि चीनले अनुदान सहयोगस्वरुप नेपाललाई दिएको १३ लाख पेट्रोल यही नाकाबाट नेपाल भित्रिएको थियो । बाटो स्तरीय नहुँदा जोखिम मोलेरै चीनले दिएको पेट्रोल केरुङ–रसुवागढी–स्याफ्रुबेसी–मैलुङ–त्रिुशली–गल्छी हुँदै काठमाडौं भिœयाइएको थियो । त्यसपछि सरकारले उक्त सडक खण्ड निर्माण तथा स्तरोन्नति गर्न निर्देशन दिएको थियो ।

माथिल्लो त्रिशूली–१ निर्माणको जिम्मेवारी पाएको कम्पनीले आफ्नो परियोजना क्षेत्रभित्र आफैं सडक निर्माण गर्न चाहेको छ तर परियोजनाले सिंगल लेन सडक मात्र निर्माण गर्नेछ । सरकारले भने डबल लेन सडक निर्माण निर्देशन दिएको छ । यसकारण परियोजनाले निर्माण गर्ने सडक सरकारले चाहेको मापदण्डभित्र पर्दैन ।

सडक विभागका अनुसार जलविद्युत परियोजनाभित्र पर्ने १२ किलोमिटरमध्ये निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टले हालसम्म ५.५ किलोमिटर सिंगल लेन बाटो खोलेको छ । बाँकी ६.५ किलोमिटर सडक खोस्रिनै बाँकी छ ।

'जलविद्युत परियोजना निर्माण कम्पनीले बाटो बनायो भने पनि त्यो सिंगल लेनको मात्र हुन्छ, जुन हाम्रो मापदण्डभित्र पर्दैन । हामीलाई डबल लेनको बाटो निर्माण गर्नुपरेको छ,' महानिर्देशक कार्कीले भने ।

जलविद्युत परियोजना क्षेत्रभित्र सरकारको निर्देशनअनुसारको सडक निर्माण कार्य अघि बढ्न नसकेपछि सडक विभागले अहिले त्यहाँ अवस्थित नदीको बायाँ किनारै किनार बाटो निर्माण गर्ने नयाँ विकल्प खोजी गर्न थालेको छ । विभागले यसको सम्भाव्यता अध्ययन पनि सुरु गरेको छ । जलविद्युत परियोजना क्षेत्रभन्दा माथि सेनाले पोहोरै जिम्मेवारी पाएको चार किलोमिटर सडक पनि नदीको बायाँ किनारतर्फ निर्माण भइरहेको छ ।

'हामीलाई छिटोभन्दा छिटो बाटो निर्माण गर्नु छ । उनीहरूसँग विवाद गर्नुभन्दा नयाँ ट्र्याक खोल्न छिटो हुन्छ कि भन्ने नयाँ सोच आएको छ । यसको सम्भाव्यता के छ भनेर सेना र सडक विभागबीच छलफल भएको छ,' विभागका महानिर्देशक कार्कीले भने, 'नदीको बायाँ किनारै किनार मैलुङसम्म जान सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौं । केही दिनमा रिपोर्ट आउँछ, त्यसपछि निर्णय लिन्छौं ।'

नदीको दायाँतर्फ ठूला पहरा रहेकाले तुलनात्मक रुपमा बायाँतर्फ सडक निर्माण गर्न सहज र सस्तो पर्ने बुझाइ विभागको छ । सेनाले उक्त सडक खण्डको पहिरो पन्छाउन ५ करोड रुपैयाँ र नयाँ ट्र्याक खोल्न (बाटो निर्माण) गर्न ८० करोड रुपैयाँ हाराहारी रकम सरकारसँग मागेको थियो । विद्युत परियोजनाले उसको क्षेत्रभित्र सडक निर्माण गर्न नदिए र नदीको बायाँ किनारमा सडक निर्माण गर्नुपरे बजेटमा केही हेरफेर हुनसक्ने महानिर्देशक कार्कीले बताए ।

सरकारले मंसिर १७ गते गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडकलाई सहायक मार्ग तोकी केन्द्र रेखाबाट दायाँ बायाँ १५÷१५ मिटर गरी कुल ३० मिटर सडक सीमा कायम गर्ने निर्णय गरेको थियो । उक्त सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा तोकी सडकको बेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डलाई सडक विभागको कार्यक्षेत्रभित्र ल्याउने समेत निर्णय भएको थियो ।

सरकारले गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी ८२ किलोमिटर सडकलाई प्राविधिक औचित्य र आवश्यकताअनुसारका खण्डमा विभाजन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाली सेना र सडक विभागलाई आवश्यक जिम्मेवारी दिई ट्र्याक खोल्ने तथा स्तरोन्नतिलगायत कार्य गर्ने निर्णय लिएको थियो ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस