काठमाडौं–मतगणनाका विषयमा विवाद भएपछि खुल्लातर्फका २५ केन्द्रीय सदस्यका मतगणना केहीबेर अघिमात्र सुरु भएको छ। उम्मद्वारले प्रोजेक्टरबाट आफूहरुले देखिने गरी मतगणना गर्नुपर्ने माग गरेपछि केही बेर विवाद भएको हो।उम्मेद्वारले आफूहरुले देखिने गरी एक एक गरी मत गणना गर्नुपर्ने अडान राखेका थिए। अहिले सबै उम्मेद्वारका एक एक प्रतिनिधि, प्रयवेक्षक र निर्वाचन समिति र सात जना गणक राखेर मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले मत गणना आज साँझ ६ बजेसम्म मात्र गर्ने जनाएको छ। भोलि विहानबाट पुनः मतगणना गर्ने समितिले जनाएको छ। समितिले २५ जना उम्मेद्वार भन्दा बढीलाई टिक लगाएको मतपत्र बदर हुने निर्णय गरेको छ।
निर्वाचन समितिले मत गणना आज साँझ ६ बजेसम्म मात्र गर्ने जनाएको छ। भोलि विहानबाट पुनः मतगणना गर्ने समितिले जनाएको छ। समितिले २५ जना उम्मेद्वार भन्दा बढीलाई टिक लगाएको मतपत्र बदर हुने निर्णय गरेको छ।