काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फको मत गणना बेलुका ८ बजे अगावै रोकेर बुधबार बिहानदेखि पुनः गणनाक्रम जारी राखिने भएको छ। २५ केन्द्रीय सदस्यका लागि ९० जनाको उम्मेदवारी परेकोमा बुधबार बेलुकासम्म डेढसय मात्रै मत गणना सक्ने निर्वाचन समितिले जनाएको छ।एक-एक मतपत्र प्रोजेक्टरमा राखेर भित्तामा देखाउँदै मत गणना गरिएका कारण मतगणनामा केही ढिलाइ भएको छ।
एकसय मत गन्दासम्म प्रदीप पौडेल र प्रकाशमान सिंहले सुरूवाति अग्रता कायमै राखेका छन्। टप २५ भित्र खुम बहादुर खड्का, डा. शेखर कोइराला, बिमलेन्द्र निधि, महेश आचार्य, पूर्ण बहादुर खड्का, बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, प्रदीप गिरी, रमेश लेखक, शंकर भण्डारी, कुलबहादुर (के.बी.) गुरुङ, गोपाल मान श्रेष्ठ, चन्द्र भण्डारी, डा. प्रकाश शरण महत, विश्वप्रकाश शर्मा, धनराज गुरुङ्ग, डा. नारायण खडका, डा. राम शरण महत, बल बहादुर के.सी, बद्री पाण्डे, एन.पि. साउद र उदय शम्शेर राणा छन्।
सय मत गन्दासम्म एकजना उम्मेदवारले खाता खोल्न सकेका छैनन्। यसअघि मन्त्री भएका र पार्टीमा राम्रो हैसियत बनाएका नेताहरू खुल्ला तर्फको २५ मा पछाडी परेका छन्। प्रारम्भिक नतिजाले केही नयाँ अनुहारहरू उदाउने संकेत देखिएको छ।
एकसय मत गन्दा कम्तिमा २५ मत सम्म ल्याउने उम्मेदवारको सूचीः