सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजे बस्न लागेको हो।
आजको बैठकमा प्रतिनिधि सभाको सिट बाँडफाँट टुंग्याउने तयारी छ। गठबन्धनको बैठक बस्नुअघि दलहरूले आ–आफ्नो पार्टीमा छुट्टाछुट्टै छलफल गर्दै छन्।
नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक बिहान ९ बजेका लागि बालुवाटारमा बोलाएको छ। कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँचदलीय गठबन्धनले चुनावमा तालमेल गर्ने निर्णय गर्दै २० साउनमा कार्यदल गठन गरेको थियो।