काठमाडौं–आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले न्यायपरिषदको पूर्णता र संसदीय सुनवाई समिति गठन नभई न्यायधीश नियुक्त प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार बसेको मोर्चाको बैठकले न्यायधीश नियुक्तीको प्रक्रिया अघि बढाउनु अघि न्यापरिषदको पूर्णता र सुनवाई समिति गठनको माग गरेको हो।नाका तथा सडक अवरोध फिर्तापछि दोस्रो पटक बसेको मोर्चाको बैठकले संविधान विपरित न्यायाधीश नियुक्ती प्रक्रियाका लागि सिफारिस गरेको भन्दै आपत्ति जनाएको हो।
'न्यायपरिषदको पूर्णत र संसदीय समितिको गठन नभएको अवस्थामा नेपालको संविधान २०७२ को धारा ४२ को समेत विपरित राजनीतिक आस्था र भागवण्डाको आधारमा सर्वोच्च अदालतमा न्यायधीशको नियुक्ती सिफारिसको मोर्चा बिरोध गर्दछ', बैठकको निर्णयमा भनिएको छ, 'समानुपातिक समावेशीताको सिद्धान्तको आधारित रही न्यायपरिषदको पूर्णता र स्वरुप प्रदान गरी न्यायाधीशको नियुक्ती हुन मोर्चा जोडदार माग गर्दछ।' नयाँ संविधानप्रति विमति जनाउँदै आएको मधेसी मोर्चाको बैठकले कुनै पनि आन्दोलनका कार्यक्रम भने घोषणा गरेन।