न्यायाधीश नियुक्ति प्रक्रिया प्रभावित
२७ फागुन २०७२
•
७ मिनेट पाठ
न्यायाधीश नियुक्ति प्रक्रिया प्रभावित
काठमाडौं-नयाँ संविधानअनुसार व्यवस्थापिका संसद नियमावली तयार नहुँदा सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्ति प्रक्रिया प्रभावित बन्न पुगेको छ।

राधेश्याम अधिकारी नेतृत्वको नियमावली समितिले संसदीय सुनवाइ समितिको सदस्य संख्यासम्बन्धी विवाद हल गर्न नसक्दा न्यायाधीश नियुक्तिमा प्रत्यक्ष असर पुगेको हो । व्यवस्थापिका संसदका प्रवक्ता डा. भरतराज गौतमले संवैधानिक नियुक्तिमा संसदीय सुनवाई गर्नुपर्ने बाध्यताले समस्या ल्याएको जनाए । 'संवैधानिक अंगमा नियुक्ति गर्दा संसदीय सुनवाइ गर्नुपर्ने संवैधानिक बाध्यता छ तर संसदीय सुनवाइ समिति नहुँदा नियुक्तिमा अप्ठ्यारो परेको छ,' गौतमले नागरिकसँग भने, 'नियमावली समितिले नियमावली बनाएर दिन नसक्दा संसदीय सुनवाइ हुन नसकेको हो ।'

उनका अनुसार उक्त नियमावली नबन्दा न्यायपरिषदको पूर्णता, संसदीय सुनवाइ समितिको गठन र निर्वाचन आयोगको आयुक्त नियुक्तिमा समस्या आएको छ । नयाँ संविधानअनुसार नियमावली बनाउनुपर्ने भएकाले सोहीअनुसार संसदीय सुनवाइ समिति सदस्य संख्या १५ हुनु पर्नेछ । तर, यो नयाँ व्यवस्थालाई नेपाली कांग्रेस र केही साना दलले भने अस्वीकार गर्दै आएका छन् ।

मुख्यतः सत्तारुढ दल एमाले र एमाओवादीको संविधानअनुसार १५ सदस्य मात्रै बनाउनुपर्ने अडान र पुरानै व्यवस्थाअनुसार ७१ सदस्य बनाउनुपर्ने कांग्रेसको अडानका कारण नियमावली पारित हुन नसकेको हो ।

कांग्रेसले भनेअनुसार समिति बनाउँदा संविधान नै संशोधन गर्नुपर्ने एमाले र एमाओवादीको भनाइ छ, जसलाई कांग्रेसले संक्रमणकालीन व्यवस्था भन्दै अस्वीकार गरेको छ ।

नियुक्ति अमान्य: मोर्चा

न्याय परिषदलाई पूर्णता नदिइ र संसदीय सुनवाइ समिति गठन नै नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएकोमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।

बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुअघि न्यापरिषदलाई पूर्णता दिनुपर्ने र सुनवाइ समिति गठन गर्नुपर्नेमा जोड गरेको हो । मोर्चाले उक्त नियुक्ति संविधानविपरीत भएको भन्दै औपचारिक रूपमै आपत्ति जनाएको छ ।

सर्वोच्च अदालतका लागि गत फागुन १८ गते न्यायपरिषदले ११ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको प्रसंग विवादित बनिरहेका बेला मोर्चाको यस्तो धारणा आएको हो । 'न्यायपरिषद अपूर्ण र संसदीय समिति गठन नभएको अवस्थामा नेपालको संविधान २०७२ को धारा ४२ विपरीत राजनीतिक आस्था र भागबन्डाको आधारमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसको मोर्चा विरोध गर्दछ,' बैठकको निर्णयमा भनिएको छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरदसिंह भण्डारीको समेत उपस्थिति रहेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा मोर्चाआबद्ध अन्य चार दलका अध्यक्ष भने उपस्थित थिएनन् ।

'समानुपातिक समावेशीताको सिद्धान्तमा आधारित रही न्यायपरिषदको पूर्णता र स्वरुप प्रदान गरेर न्यायाधीश नियुक्ति गर्न मोर्चा जोडदार माग गर्दछ,' मोर्चाले भनेको छ । मोर्चाले संविधानको धारा ४२ को समावेशी समानुपातिक सिद्धान्तविपरीत न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको भन्दै यसअघि नै औपचारिक रुपमा आपत्ति जनाइसकेको छ ।

मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विरोध गर्ने तयारीसमेत गरेको छ । चिनियाँ दूतावासलाई विरोधपत्र बुझाएर मोर्चाले विरोध गर्ने तयारी गरेको रामसपाका प्रवक्ता केशव झाले बताए ।

'मधेसका मागलाई सम्बोधन नगरी चीन जान लागेका प्रधानमन्त्रीसँग कुनै पनि सम्झौता र सहमति नगर्न अनुरोध गर्ने तयारीमा छौं,' झाले नागरिकसँग भने, 'चिनियाँ दूतावासअगाडि विरोध गर्ने कि ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउने भन्नेमा छलफल जारी छ ।'

चीन भ्रमणक्रममा इन्धन आपूर्ति, व्यापार तथा पारवहन र खुला व्यापार सम्झौता गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

माग सम्बोधनका लागि अल्टिमेटमसहितको ज्ञापनपत्र सरकारलाई बुझाउने तयारी पनि मोर्चाले गरेको छ । त्यसका लागि मोर्चा सचिवालयले प्रधानमन्त्री ओलीलाई बुझाउने ज्ञापनपत्रको मस्यौदा तयार पारे पनि पारित गराउन सकेको छैन ।

नयाँ संविधानप्रति विमति जनाउँदै ६ महिनादेखि आन्दोलनरत मोर्चाले ११ बुँदे माग अघि सारेको छ । मोर्चाले आन्दोलनको नयाँ कार्यक्रम घोषणा नगरे पनि काठमाडौंमा अन्तरक्रिया गराउने योजना भने बनाएको झाले जानकारी दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस