काठमाडाैं-नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सुरू भएको छ। साढे ११ बजेसम्म ५० मत गनेर सकिएको छ। सय मत गनेर नतिजा सार्वजनिक गरिनेछ। मतगणना बुधबार र बिहीबारकै ढाँचामा उस्तै सुस्त गतिमा यथावत छ।खुल्ला तर्फ अघिल्ला दिनहरूमा गनिएकै हाराहारी संख्यामा शुक्रबार पनि मत गनिनेछ। दुईदिनमा खुल्ला तर्फका ४ सय ३ मत मात्रै गनेर सकिएको थियो।
‘हिजो भन्दा अाज ५० मत बढी गनिएला’, निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले नागरिकन्युजसँग भने ‘अाज आरक्षणतर्फका महिला, दलित, मधेसी र जनजाति तर्फका केन्द्रीय सदस्यको मतगणना पनि जारी छ।’ खुल्ला तर्फ र अारक्षण तर्फका मत गणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपाको हलमा बेग्लाबेग्लै ठाउँमा गरिएको छ।
बिहीबार बेलुकासम्म ४ सय ३ मत गन्दा खुमबहादुर खड्काले अग्रता कायम राखेका छन्। उनले २ सय ४२ मत प्राप्त गरेका छन्। दोस्रोमा प्रकाशमान सिंह र शेखर कोइरालाको बराबर २ सय ३७ मत छ। प्रदीप पाैडेलले २ सय ३१ मत र बालकृष्ण खाँडले २ सय २६ मत पाएका छन्।