काठमाडाैं– नयाँ संविधानप्रति बिमती जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच साँझ ६ बजे वार्तामा हुने भएको छ।
६ महिनादेखि जारी नाका र सडक अवरुद्ध कार्यक्रमलाई स्थगित गरी वार्तामा फर्केको मधेसी मोर्चा र सरकारबीच वालुवाटारस्थित प्रधानमन्त्री निवासमा वार्ता हुन लागेको हो।
शुक्रबार बिहान ध्यानाकषर्ण पत्र बुझाउन वालुवाटार पुगेका मोर्चाका नेताहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेपछि आज साँझ बार्ता हुन लागेको हो। 'आन्दोलनको क्रममा भएका घटनाहरुको न्यायिक छानबिन गर्न मोर्चाले माग गरेको छ, त्यसैमा बढी केन्द्रित भएर छलफल हुनेछ' प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले भने। मोर्चाले प्रधानमन्त्रीको आग्रहअनुसार मोर्चा पनि साँझको वार्ताका लागि तयारी अवस्थामा रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले भने।
'ध्यानाकषर्ण पत्र बुझाउन जाँदा प्रधानमन्त्रीले बिषयलाई टुंग्याउने गरी जाऊँ भनेर आग्रह गर्नु भएको छ,' झाले नागरिकसँग भने, 'ज्ञापन पत्र र ध्यानाकषर्ण पत्र होइन, सिधै टुंगोमा पुग्ने गरी वार्ता गरौं भन्ने प्रस्ताव प्रधानमन्त्रीको छ।' उनका अनुसार बृहत्तर छलफल गरेर टुंगोमा पुग्नु पर्ने प्रधानमन्त्री ओलीको आग्रह आएको छ।