नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री शेरबहादुर देउवासँग भिख माग्ने ठाँउमा पुगेको बताएका छन्। 'दाहाल सत्ताबिना पानी बिनाको माछो जस्तै छट्पटाउन थाल्छन्, पोखरेलले भने, १७ हजार युवाहरुको बलिदानी पछि शक्तिमा पुगेका दाहाल आफ्नो सुरक्षाका लागि सधैँ सत्तालिप्त भएका छन्।'
सिन्धुलीको मरिणगाँउपालिका–४ सहानमा नेकपा एमालेले बुधबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने अभियानमा जुटेको बताए। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले सम्बोधनको अधिकांश समय माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गरे।
उनले प्रधानमन्त्री बन्न दलका नेताहरु दिल्ली धाउन थालेको आरोप लगाए। हाम्रो मुलुकको प्रधानमन्त्री बनाउन दिल्ली होइन जनतामा जानुपर्ने भन्ने मान्यताका आधारमा जनताको बीचबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई निर्वाचन पछि प्रधानमन्त्री बनाउने पार्टीले निर्णय गरेको खुलाए।
सिन्धुलीको मरिण गाउँपालिकामा बुधरबार नेकपा एमालेद्वारा आयोजित जनसभामा सहभागी हुँदै महासचिव पोखरेलसहित नेताहरु। दुनियाँमा राजनीतिक परिवर्तन दलहरु मिलेर हुने गरेको तर देशको समृद्धि गठबन्धनको माध्यमबाट नहुने उनले जिकिरी गरे। दलहरुको गठबन्धनले देश बनेको इतिहास कही छैन, उनले भने देशबन्न भिजन लिडरसिप र स्ट्रङ राजनीतिक दलको आवश्यकता पर्छ त्यो नेकपा एमाले हो। उनले राजनीतिक ध्रुविकरण हुन थालेको र त्यसको नेतृत्व एमालेले गर्न खोजी रहेको जनाए।
आउनुस् वामपन्थी आन्दोलनका सबै मित्रशक्तिहरु नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरौँ उनले भने, अब नेपाललाई कुनबाटो हिडाउने भन्ने प्रश्नको जवाफ जनताको बीचबाट खोज्ने हो।’ दलहरुको गठबन्धनले देश बनेको इतिहास कतै नभएको चर्चा गर्दै उनले आन्तरिक नेतृत्व र राजनीतिक स्थायीत्वले मात्रै देश बन्ने जनाए।
‘गठबन्धन अस्थिरताको परिणाम हो,’ उनले भने ‘गठबन्धनको नाटकबाट मुलुकले स्थायीत्व प्राप्त गर्न सक्दैन। बलियो राष्ट्रिय शक्तिले मात्र मुलुकमा राजनीतिक स्थायीत्व दिन सक्छ।’ उनले गठबन्धनबाट माओवादी केन्द्र झन् कमजोर बनेको बताए। नेकपा माओवादी केन्द्र सरकारमा भएपनि उसले दलाल पुजीवादको सेवा गरी रहेको उनको आरोप छ। गत निर्वाचनमा माओवादीले काँग्रेससँग सहकार्य गर्छौ नभनेको र वामपन्थी एक भएर देशको विकास गर्ने आश्वासन दिएर काँग्रेससँग सहकार्य गरेको बताए।
'जनताका लागि बोलेका कुराहरु पूरा गर्न सक्नुपर्छ उनले भने ‘अहिले नेकपा एमाले नेकपाको निरन्तरतामा जुटेको छ।,’ सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मिथुला फुयाल, जिल्ला संयोजक रामकुमार पौडेल मरिण गाउँकमिटिका पूर्वअध्यक्ष गोपाल बुढाथोकीसहित दर्जनौं माओवादी केन्द्रका कार्यकताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए। उनीहरुले माओवादी केन्द्रले मरिण गाउँपालिका अध्यक्षमा स्थानीय निर्वाचनमा टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै एमालेमा प्रवेश गरेका हुन्।
ताप्लेजुङ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्चालनतर्फ उन्मुख रहेको दाबी गरेका छन्।
नेपाल बार एसोसिएसन जिल्ला अदालत इकाइ, ताप्लेजुङको नवनिर्मित बार भवनको उद्घाटन कार्यक्रममा शनिबार फुङलिङमा सम्बोधन गर्दै मिश्रले सरकारले न्यायालयमा सुधार गर्नुपर्ने विषयमा यथाशीघ्र श्वेतपत्र जारी गर्नुपर्ने खाँचोसमेत औँल्याए।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको मिश्रको आरोप थियो।
‘विधि र प्रक्रियाभन्दा पनि चयनमुखी नीतिमार्फत सरकारले न्याय प्रशासनलाई सत्ताको स्वार्थअनुकूल अघि बढाउन खोजिरहेको छ,’ मिश्रले भने।
उनले वर्तमान सरकारले सत्ताको छायामा गरिने अनुसन्धानलाई बढावा दिइरहेको दाबीसमेत गरे। सत्ताका पात्र परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै मिश्रले फौजदारी न्याय प्रशासनलाई संरक्षण गर्नुपर्ने सरकारले आफ्नै उद्देश्य परिपूर्ति गर्ने व्यक्तिहरू छनोट गरी न्याय प्रशासनलाई सत्ताको छायामा पार्ने प्रयास गरिरहेको बताए।
‘विगतका सरकारले न्यायालयमा आफ्ना मान्छे भर्ती गरेको आरोप लाग्ने गरेको थियो। अहिलेको सरकारले देखिजानी आफ्नू अनुकूलको न्याय सम्पादन गराउने बदनियत राखेर चयनमुखी प्रक्रिया अपनाएको छ,’ मिश्रले भने।
उनले फौजदारी न्याय प्रशासन सोसल मिडियाको ट्रायलबाट प्रताडित र आक्रान्त भएको पनि बताए। पुलिङ र अल्गोरिदमबाट वकिल तथा न्यायालय डराउन नहुने उनको भनाइ थियो।
फौजदारी न्याय प्रशासन घुसखोरी, भ्रष्टाचारीकरण र दलालीकरणबाट पूर्ण रूपमा प्रभावित भएकोसमेत मिश्रले बताए। वर्तमान सरकारबाट न्याय क्षेत्रमा गरिएको सुधारको अपेक्षा सरकारले चयनमुखी प्रणाली र बिचौलियासहितका व्यक्तिको संरक्षणजस्ता कारणले गुमाइसकेको उनको भनाइ थियो।
भ्रष्टाचार र दलालीकरणविरुद्धका अभियानमा नेपाल बार सधैँ सरकारको साथमा रहेको, तर बिचौलियाको प्रभावका कारण वर्तमान सरकार बाहिर जान नसकेको पनि मिश्रले बताए।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेन्द्रसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमसहित नेपाल बारका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरू र विभिन्न जिल्लाका बार अध्यक्षहरूले सम्बोधन गरेका थिए।
जिल्ला अदालतको हाताभित्र ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बार भवनको निर्माण कार्य पूरा भएसँगै अब बारको दैनिक कामकाज नवनिर्मित भवनबाटै सञ्चालन हुने बार ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए।
कार्यक्रममार्फत बार भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई ताप्लेजुङ बारले कदरपत्रद्वारा प्रशंसा गरेको ताप्लेजुङ बारका सचिव सन्तोष प्रसाईंले बताए।
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...