काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय सदस्य छान्नका लागि खुलातर्फमा भएको निर्वाचनको मत गणना तीन दिनयता जारी छ। बिहीबारदेखि सुरू भएको मत गणना शुक्रबार बेलुकासम्ममा खुला तर्फका ६ सय ५३ मत गनेर शनिबार बिहान सम्मकालागि स्थगित गरिएको छ।पछिल्लो मत नतिजामा शेखर कोइरालाले ३ सय ८४ मतसहित अग्रता लिएका छन्। यस अघि अग्रस्थानमा रहेका खुमबहादुर खड्का दोस्रो स्थानमा झरेका छन्, उनले ३ सय ८१ मत पाएका छन्। तेस्रो स्थानमा छन् प्रकाशमान सिंह, उनले ३ सय ७७ पाएका छन्। चाैथो भएका छन् प्रदीप पौडेल, उनले ३ सय ७५ मत पाएका छन्।
पाँचाैं स्थानमा विमलेन्द्र निधि छन्, उनले ३ सय ६९ मत पाए।
शुक्रबार बेलुका ८ बजेसम्म गरिएको गणना रोकेर शनिबार बिहानदेखि गणना गरिने निर्वाचन समितिले जनाएको छ।
पाँचाैं स्थानमा विमलेन्द्र निधि छन्, उनले ३ सय ६९ मत पाए।
शुक्रबार बेलुका ८ बजेसम्म गरिएको गणना रोकेर शनिबार बिहानदेखि गणना गरिने निर्वाचन समितिले जनाएको छ।