काठमाडौं–नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत शनिबार केन्द्रीय सदस्य खुल्लातर्फ २५, आरक्षण ४ फरक फरक पदको २१ र प्रदेशतर्फ १४ केन्द्रीय सदस्यको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी मतगणनामा खुल्लातर्फ ९ सय ३ मत गणना गर्दा खुमबहादुर खड्का ४ सय ७१ मतसहित अग्रस्थानमा छन्।यसैगरी डा. शेखर कोइराला ४ सय ६९ मतसहित दोस्रो र ४ सय ६७ मतसहित प्रकाशमान सिंह तेस्रो स्थानमा रहेका छन्। निर्वाचन समितिका अनुसार ४ सय ६० प्रदिप पौडेल चौथो स्थानमा, ४ सय ४७ रमेम लेखक पाँचौ र ४ सय ४५ पूणबहादुर खड्का छैटौं स्थानमा रहेका छन्। यसैगरी ४ सय ४२ मतसहित विमलेन्द्र निधी सातौं , ४ सय २९ मतसहित बालकृष्ण खाँड आठौं, ४ सय २८ मतसहित प्रदीप गिरि नवौं र ४ सय २७ मतसहित महेश आचार्य दशौं स्थानमा छन्।