काठमाडौं–कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि वर्तमान सरकार समर्थक दल सरकार जोगाउन मधेसी दललाई फकाउन थालेका छन्।शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार प्रमुख चार दलको अनौपचारिक बैठकमा मधेसी दललाई विश्वासमा लिएर अगाडि बढ्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरे। बालुवाटारमा प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष एवं परराष्ट्रमन्त्री कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदारसहितको अनौपचारिक बैठक बसेको थियो।
बैठकमा एमाओवादी अध्यक्ष दाहालले कांग्रेस सभापति देउवाप्रति लक्षित गर्दै संसदको ठूलो दल र सत्ताका लागि जे पनि गर्न तयार हुने मानिस सभापति बनेको भन्दै वर्तमान सरकारको निरन्तरताका लागि मधेसी दललाई विश्वासमा लिनुपर्ने प्रस्ताव राखे।
स्रोतका अनुसार दाहालले प्रधानमन्त्री ओलीसँग मधेसको माग सम्वोधन गर्न ढिला गर्न नहुने भन्दै सम्भव हुने माग तत्काल पूरा गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए। दाहालले सीमाङ्कन लगायतका माग सम्बोधन गर्न राजनीतिक संयन्त्र गठन भइसके पनि त्यसलाई मधेसी मोर्चाले नरुचाएको बताएका थिए। दाहालले संयन्त्रलाई मधेसी मोर्चाले नरुचाएको बताउने वित्तिकै परराष्ट्रमन्त्री कमल थापाले आफू राजनीतिक संयन्त्रको संयोजकबाट पछि हट्न तयार रहेको बताएका थिए।
सरकारले सीमाङ्कनलगायतका माग सम्बोधन गर्न भन्दै फागुन ६ गते परराष्ट्रमन्त्री थापाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो। मधेसी मोर्चाका नेताले संघीया विरोधीलाई संयन्त्रको संयोजक बनाएको भन्दै आपत्ति जनाउँदै आएका छन्।
दाहालले पछिल्लो समय सरकार र मोर्चाबीचको सम्बन्ध सुमधुर बन्दै गएको भन्दै समयको सदुपयोग गर्दै मधेसी मोर्चाका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई बारम्बार आग्रह गरेका थिए। बैठकमा सँगै रहेका विजयकुमार गच्छदारले पनि मधेसको माग पूरा नगरे विपक्षीले खेल्ने मौका पाउने र त्यस्तो अवस्थामा वर्तमान सरकारको औचित्यमाथि प्रश्न उठ्ने बताएका थिए।
स्रोतका अनुसार बैठकमा दाहाल र गच्छदारले मधेसी दललाई विश्वासमा लिन सके वर्तमान सरकार पूरै अवधि टिक्ने भएकाले तत्काल मधेसी मोर्चाका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले आफू जहिले पनि वार्ता र सम्वादमार्फत नै निकास खोज्ने पक्षमा रहेको भन्दै मोर्चाको पूरा गर्न सकिने माग तत्काल सम्बोधन गर्ने बताएका थिए।
सत्ता साझेदार दलबीच मधेसी मोर्चाको माग सम्बोधन गर्ने विषयमा सकारात्मक छलफल भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारबाटै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन गरेका थिए। दाहालले महतोसँग आफूले मधेसमो माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई विशेष आग्रह गरेको र प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको महतोलाई सुनाएका थिए।
स्रोतका अनुसार दाहालले महतोलाई वर्तमान सरकारले नै मधेसको समस्या समाधान गर्नेभन्दै आश्वस्त पार्ने कोसिस गरेका थिए। दाहालले आफू आइतबार सिराहाको जिल्ला परिषद कार्यक्रममा जाने महतोलाई सुनाएका थिए।
जवाफमा महतोले विगतमा पनि माग पूरा गर्ने धेरै आश्वासन आएको भन्दै व्यवहारमै माग पूरा गर्न आग्रह गरेका थिए। महतोले सिराहाबाटै मधेसी जनतालाई सम्बोधन गर्दै मधेसको माग पूरा गर्ने घोषणा गर्न सुझाव दिएका थिए।