काठमाडाैं-नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फका २७ सय ५० मत गनेर सोमबारसम्मकालागि मत गणना रोकिएको छ। २७ सय ५० मतमा शेखर कोइरालाले अग्रता कायमै राखेका छन्। उनले १६ सय १५ मत पाएका छन्। खुमबहादुर खड्का १६ सय ८ मतसहित दोस्रो स्थानमा छन्।
कोइराला र खड्काबीच मात्रै ७ मतको अन्तर छ। प्रकाशमान सिंह १५ सय ७५ मत पाएर तेस्रो स्थानमा कायमै छन्। २५ केन्द्रीय सदस्य छान्न ९० उम्मेदवारबीच मतदान भएको हो।
सोमबार अपरान्हसम्ममा सबै मत परिणाम घोषणा हुने निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बताए। बुधबारदेखि खुलातर्फको मत गणना सुरू गरिएको थियो। गणना सुरू गरेको साता पुग्न एकदिन बाँकी रहँदा खुलातर्फको सबै मत परिणाम अाउने भएको छ।
प्राप्त मतका अाधारमा अग्रस्थानमा रहेका २५ उम्मेदवारको सूचिः

| २७५० मत गन्दासम्मको परिणाम |
| १)डा. शेखर कोइराला (१६१५) |
| २) खुमबहादुर खड्का (१६०८) |
| ३) प्रकाशमान सिंह (१५७५) |
| ४) प्रदीप पौडेल (१५०६) |
| ५) केबी गुरुङ (१५४७) |
| ६) प्रदीप गिरी (१५०२) |
| ७) धनराज गुरुङ (१४९८) |
| ८) रमेश लेखक (१४७८) |
| ९) बालकृष्ण खाँड (१४७४) |
| १०) पूर्णबहादुर खड्का (१४७७) |
| ११) महेश आचार्य (१४६५) |
| १२) बलबहादुर केसी (१४६३) |
| १३) विमलेन्द्र निधि (१४५४) |
| १४) रामशरण महत (१४३२) |
| १५) सुजाता कोइराला (१४१५) |
| १६) विश्वप्रकाश शर्मा (१४१३) |
| १७) शंकर भण्डारी (१३५४) |
| १८) एनपी साउद (१३४३) |
| १९) बद्रि पाण्डे (१३१९) |
| २०) गोपालमान श्रेष्ठ (१३०८) |
| २१) ज्ञानेन्द्रबहादुर कार्की (१३००) |
| २२) चन्द्र भण्डारी (१२९५) |
| २३) प्रकाशशरण महत (१२९२) |
| २४) नारायण खड्का (१२७९) |
| २५) मीनेन्द्र रिजाल (१२६१) |