काठमाडौं– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको चीन भ्रमणलाई भारत भ्रमण जस्तै उपलब्धीमूलक बनाउने बताएका छन्।
प्रधानमन्त्रीको चीन भ्रमणमा व्यापार तथा पारवहन, ईन्धन र उर्जालगायतका विषयमा सम्झौता हुने भन्दै प्रधानमन्त्रीको चीन भ्रमण पनि उपलब्धीमूलक हुने दाबी गरे।
भ्रमणलाई भारत भ्रमण जसरी नै उपलब्धीमूलक र ऐतिहासिक बनाउने दावी गरे। प्रधानमन्त्रीको चीन भ्रमण पनि स्वभाविक भएको भन्दै प्रधानमन्त्री कुनै 'सपिङ लिष्ट' लिएर चीन नजाने स्पष्ट पारे।
'संविधानसभाबाट संविधान बनेपछि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ,' उनले भने, 'यो भ्रमणले सम्बन्धलाई नयाँ उचाईमा पुर्याउँछ। सरकार भारतमा गएर चीन विरोधी कुरा गर्ने र चीनमा गएर भारत विरोधी कुरा गरेर कार्ड प्रयोग गर्ने गल्ती कहिल्यै गर्दैन। दुबै छिमेकीसँग समान सम्बन्ध राख्न चाहन्छौं।'
मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै कुनै दल बाहिर बसेर रमिते हुन नहुने तर्क गरे।
'संविधान कार्यान्वयन, पुनःनिर्माण, समृद्धि, सुशासन, स्थानीय निकायको निर्वाचन, सीमांकन र संघीय निर्वाचन गर्नुछ,' उनले भने, 'यी सबै जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ । सबैसँग यो विषयमा सरकार कुरा गर्न चाहन्छ।'
सरकार जनता र संसदको समर्थनमा सरकार अघि बढ्ने भएकोले सत्ता टिकाउन अनुचित अभ्यास नगर्ने उनले बताए।
मधेसी दलहरुले प्रधानमन्त्री निर्वाचनमा सहभागिता जनाएर संविधानलाई स्विकारिसकेको भन्दै अहिलेको सरकार संविधान जारी गर्ने दलहरुको गठबन्धन भएकोले कसैलाई पनि गणतन्त्र र संघीयता विरोधी भन्नुको अर्थ नभएको बताए ।