पोखराका मेयरको हनिमून पिरियडः सय दिनमा सय काम
१८ भदौ २०७९
•
३ मिनेट पाठ
पोखराका मेयरको हनिमून पिरियडः सय दिनमा सय काम
आफू निर्वाचित भएर आएको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य।
पोखरा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो हनिमून पिरियड पार गरेका छन्। महानगरपालिकाका प्रमुख धनराज आचार्यसहितको जनप्रतिनिधिहरुले शनिबार एक सय दिनको हनिमून पिरियड पार गरेको हो।




हनिमून पिरियड पार गरेको अवसरमा प्रमुख आचार्यले एक सय दिनको उपलब्धि सार्वजनिक गरे। उनले ‘सय दिनमा सय काम’ गरेको भन्दै प्राप्त उपलब्धि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्। काठमाडौँ र धरानका मेयरले एकपछि अर्को राम्रो काम गरिरहेको तर पोखराका मेयर सुतिरहेको भन्दै आलोचना भइरहँदा मेयर आचार्यले भने आफ्नो हनिमून पिरियड उपलब्धिपूर्ण भएको दाबी गरे।

गत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित प्रमुख आचार्यले जेठ १२ गते पदबहाली गरेका थिए। पदबहालीका दिन उनले ३७५ वटा फुलका विरुवा रोपेर आफ्नो कामको सुरुवात गरेका थिए। सो कामलाई उनले उपलब्धिको पहिलो बुँदामा राखेका छन्।

उनले एक सय दिनको उपलब्धिमा उनले नीजि क्षेत्रको साझेदारीमा सञ्चालनमा ल्याइएको सार्वजनिक शौचालय, पोखरा महानगरपालिकाले दिने सेवामा एकद्वार नीति, जनगुनासो सुन्न सञ्चालन गरिएको हेल्लो मेयर कार्यक्रमदेखि फोहोरमैला व्यवस्थापनका लागि अन्य ठाउँको स्थलगत अवलोकनमा गएको विषयलाई समेत उपलब्धिका रुपमा राखेका छन्।

महानगरले पोखरामा नीजि क्षेत्रको साझेदारीमा ७८ वटा शौचालय सञ्चालनमा ल्याएको छ। फोहोरमैला व्यवस्थापनबारे बुझ्न मेयर आचार्य सुनसरीको धरान र दिल्ली पुगेको विषयलाई पनि महानगरले उपलब्धिमा राखेको हो। यस्तै मेयर आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातलाई पनि उपलब्धिमा समावेश गरेका छन्।

उज्यालो पोखरा कार्यक्रम अन्र्तगत नेपाल विद्युत् प्राधिकरण र पोखरा महागनरको ५०/५० प्रतिशतको साझेदारीमा १३ करोडको लागतमा पोखराका २३ वटा चोकहरुमा हाइ–मास्ट पोलमा १ हजार ५ सय ४ वटा सडक वत्ती जडान गर्ने कामको सुरु गरिएको मेयर आचार्यले उल्लेख गरे।

उनले भौतिक पूर्वाधारतर्फ बहुतले पार्किङ स्थल तथा सिटी बसपार्क निर्मार्णको अध्ययन एवम् डिपिआर तयार पार्नका लागि पोखरा महानगर र नगर विकास कोषबीच भएको सम्झौतालाईपनि उपलब्धिका रुपमा उल्लेख गरे।

मेयर आचार्यले सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्तालाई पनि उपलब्धिमा समावेश गरेका छन्। त्यस्तै, युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोड पुँजीसहित सुरु गरिएको व्यवसाय प्रवर्द्धन केन्द्र स्थापनालाई पनि उपलब्धिका रुपमा उनले राखेका छन्।

आचार्यले गण्डकी प्रदेश सरकारको सहयोगमा पृथ्वीचोकको पोखरा बसपार्कको स्तरोन्नती गरिएको, ढल तथा कल्भर्ट सरसफाई गरिएको, सडक मर्मत गरिएको, देशका ६ वटै महानरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा गरिएको महानगर सम्मेलन, लालिगुराँस रोपण अभियान, ४ वटा सामुदायीक विद्यालयलाई बस हस्तान्तरण, न्यायीक समिति गठनलगायतलाई पनि उपलब्धिका रुपमा उल्लेख गरेका छन्।

आचार्यले कृषि एम्बुलेन्स सञ्चालन, विभिन्न समिति गठन, छात्रवृत्ति प्रदान, राहत र उपचार सहयोग तथा विभिन्न सरोकारवालाहरुसँगको बैठकलाई पनि सय दिनको उपलब्धिपूर्ण कामको रुपमा समावेश गरेका छन्। मेयर आचार्यले कामको रफ्तार बढाइरहेको बताउँदै चाँडै ल्याण्डफिल साइडको पनि टुंगो लाग्ने बताए।

‘अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भनिएको छ। त्यसअघि नै ल्याण्डफिल साइडको व्यवस्थापन गर्छौं’, उनले भने। उनले साविक लेखनाथ नगरपालिकाको तालचोकदेखि बेगनासताल बसपार्कसम्मको सडक ४ लेनको बनाउन ७५ करोडमा ठेक्का सम्झौता भइसकेको सो अवसरमा जानकारी गराए।

मेयर आचार्यले जति नै राम्रो काम गरेको दाबी गरेपनि पोखरेली जनताले भने सोचे जस्तो काम नभएको भन्दै असन्तुष्टी जनाइरहेका छन्। खास गरेर सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माण र सुशासनको पाटोमा मेयरले प्रभावकारी काम नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस