दलहरु उम्मेदवार सिफारिसमा व्यस्त
१९ भदौ २०७९
•
४ मिनेट पाठ
दलहरु उम्मेदवार सिफारिसमा व्यस्त
आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।

केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगतरूपमा उम्मेदवार सिरफारिस सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेको जनाएका छन्।

काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र छन्। जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले ती निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस टुङ्ग्याएका छन्।

नेकपा (एमाले)ले चार प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सिफरिस गरेको जनाएको छ। प्रतिनिधिसभाका दुई क्षेत्र र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि सोमबारदेखि छलफलमा जुट्ने पार्टी जिल्ला सचिव राजन भुर्तेलले बताए।

यस्तै नेकपा (माओवादी केन्द्र)ले भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ। बाँकी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारका लागि छलफलमै रहेको माओवादी केन्द्रका जिल्लाध्यक्ष भोला अर्यालले बताए। गत आम निर्वाचनभन्दा आसन्न निर्वाचनका लागि केही कांग्रेस र एमालेमा आकाङ्क्षीको सङ्ख्या धेरै देखिन्छ।  

कांग्रेसको प्रतिनिधिसभा क्षेत्र न १ का लागि पार्टीका सभापति तीर्थ लामा सर्वसम्मत उम्मेदवार चयन भएका छन्। यस क्षेत्रमा सामनुपातिकतर्फ भने १३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको उपसभापति रमेशप्रसाद हुमागाईँले जानकारी दिए।

त्यस्तै प्रतिनिधिसभा–१ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ गुणराज मुक्तान, राम योञ्जन, सिबी लामा, दिनेश भुर्तेल र रविन गौतमको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ भने १४ जनाको नाम सिफारिस भएको जनाइएको छ।

यसै क्षेत्रको प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ गणेश लामा, सार्कीमान बल, तीर्थबहादुर पसखल, रवीन्द्रनाथ सिग्देल, सञ्जय लामा, ईश्वरीप्रसाद ओझा र सुमनराज पाण्डेको नाम सिफारिस भएको हो। उक्त प्रदेशसभामा सदस्यका लागि समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको हो।  

यस्तै कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नं २ प्रत्यक्षतर्फ मधुप्रसाद आचार्य, शिवप्रसाद हुमागाईँ, अच्युतप्रसाद पौडेल, रामजी पन्त (मुकेश) र ठाकुरप्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस भएको छ। यस क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ सुन्दरमणि आचार्य, होमप्रसाद चौलागाईँको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ २२ को नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ। प्रदेशसभा ‘ख’ प्रत्यक्षतर्फ कन्चनचन्द्र बादे श्रेष्ठ, माधवप्रसाद ढकाल, कृष्णगोपाल भैल, उद्धवप्रसाद नेपाल र ईश्वरी बादेको नाम सिफारिस भएको छ। यही क्षेत्रमा समानुपातिकतर्फ १८ को नाम सिफारिस भएको छ। 

यस्तै नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कान्छा तामाङ (लाप्साङ), समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटाको नाम सिफारिस गरेकोे छ भने समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ। यस क्षेत्रको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ मुकुन्दप्रसाद गौतमलाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस भएको जनाइएको छ।

प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, पुस्करप्रसाद तिमल्सिना र सञ्जिता लामाको नाम सिरफारिस गरिएको छ भने समानुपातिकतर्फ चार जनाको नाम परेको छ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विदुरप्रसाद सापकोटा तथा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ। यस क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ लक्ष्मण लम्सालको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरिएको हो।

प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ वसुन्धरा हुमागाईँको नाम सिफारिस भएकोे छ। पार्टीको क्षेत्रीय समितिले समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको जनाएको छ। हुमागाईँ पार्टी जिल्ला अध्यक्ष हुन्।

यसैगरी एमाले काभ्रेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’मा पार्टीको क्षेत्रीय कमिटीले गोमा भुर्तेल, चुडामणि गौतम, हिरामान लामा, जेनिस लामा, सत्यमान लामा, नरध्वज तामाङ, उपेन्द्र घिसिङ, रेशम चौलागाईँ, ठाकुर बाँस्कोटा, नारायण गौतम, गणेश लामा, नारायण गौतम (केशरी), प्रकाश गौतम र योगेन्द्र लामाको नाम सिफारिस गरेको छ।

यस क्षेत्रको प्रदेशसभा ‘ख’मा चन्द्र लामा, विदुर हुमागाईँ, केशव बडाल, अमित लामा, राकेश लामा, टुल्कु लामा, गणेश थापा, कृष्ण खुलाल, सुदर्शन थापा, कान्छामान लामा, मधुसुदन पौडेल र शान्ता न्यौपानेलाई सिफारिस गरिएको सचिव भुर्तेलले जानकारी दिए।  

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ‘क’मा गुमानध्वज कुँवर, कुमार खकुरेल, विमला शर्मा, टीकावल्लभ सापकोटा र राजकुमार श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरिएको छ।

यसै क्षेत्रको प्रदेशसभा ‘ख’मा पार्टीको क्षेत्रीय कमिटीले किशोर थापा, कुमार थापा, रामशरण दाहाल, केदार सापकोटा, नवराज बजगाईँ, आत्माराम थापा र माधुरी सापकोटालाई सिफारिस गरेको हो।

पार्टीका क्षेत्रीय कमिटीले जिल्ला कमिटीलाई प्रत्यक्ष र समानुपातिकतर्फ जति सङ्ख्यामा उम्मेदवारका काम सिफारिस गरे पनि जिल्ला कमिटीले प्रदेश कमिटीमा भने प्रत्येक क्षेत्रको प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गनुपर्ने प्रावधान छ। 
अर्को समाचार

डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस