काठमाडौं- नयाँ संविधानका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध नेताले चिनियाँ राजदूत उ चुन्ताइसँग गुनासो राखेका छन्।लाजिम्पाटस्थित सांग्रिला होटलमा चिनियाँ राजदूत चुन्ताईसँग सामूहिक भेटघाटमा प्रमुख तीन दलको नेतृत्वमा बनेको संविधान विभेदकारी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा दबाब दिनसमेत लिखित आग्रह गरेका छन्।
आगामी आइतबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूतसँग सामूहिक रुपमा भेट गरेर प्रधानमन्त्री ओलीलाई दबाब दिन यस्तो आग्रह गरेका हुन्। दक्षिणी छिमेक भारतमार्फत दबाब दिँदै आएका मोर्चा र गठबन्धनले दबाबका लागि उत्तरी छिमेकी चीनसमक्ष भने पहिलोपटक औपचारिक रुपमा आग्रह गरेका हुन्।
मोर्चाआबद्ध तराई–मधेसका ७ पार्टीका अध्यक्षमध्ये सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसहित पद्मरत्न तुलाधार, डा. ओम गुरुङ, कुमार लिङदेन लगायत १५ साना दलका नेता चिनियाँ राजदूत चुन्ताईसमक्ष गुनासो गर्न पुगेका हुन्।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले प्रधानमन्त्री ओलीले नयाँ संविधानका विषयलाई लिएर भारतीय नेतासमक्ष भ्रम छरेको जनाउँदै चीनमा पनि नयाँ संविधानबारे भ्रम छर्ने संकेत मिलेपछि भेट्न आएको उक्त भेटघाटमा जनाए।
'अधिकार नै नदिए पनि प्रधानमन्त्री ओलीले भारतमा पनि सबै अधिकार दिएको भनेर भ्रम छर्ने काम गर्नुभएको छ,' राईले राजदूतसमक्ष भने, 'अब चीन गएर पनि त्यही भन्नुहुनेछ, त्यसैले उहाँका कुरा झुटा मात्रै हुन् भन्ने तपार्इंहरुले बुझिदिनुपर्छ।' राईले भारतमा छरेको जस्तो भ्रम चीनमा नछरुन् भनेर आफूहरु सतर्कता अपनाउँदै चीनसमक्ष आउनुपरेको जनाए।
जनजाति नेता तुलाधरले जनसंख्याको आधाभन्दा बढी हिस्सालाई ओझेल पारेर संविधान जारी गरिएको बुझिदिनका लागि राजदूतसमक्ष आग्रह गरेका छन्। 'यो संविधानप्रति जनसंख्याको आधाभन्दा बढी हिस्साले असहमति प्रकट गरेका छन्,' तुलाधरले राजदूतसमक्ष भने, 'संविधानसभामा दुईतिहाई देखाइए पनि जनमतमा त्यो हुँदै होइन, चीन सरकारले यो कुरा बुझ्नुपर्दछ।' संविधानसभाको मत एकातिर र जनमत अर्कातिर भएको भन्दै चीनले प्रधानमन्त्रीलाई दबाब दिनुपर्नेमा तुलाधरको जोड थियो।
सहभागी अन्य नेताले पनि पछिल्लो पटक भएको संविधान संशोधनको स्वामित्व ग्रहण गर्न पनि प्रमुख दलले आन्दोलनरत पक्षलाई नदिएको भन्दै गुनासो सुनाउन भ्याएका छन्। दुई घन्टाभन्दा बढी समयसम्म भएको सो सामूहिक भेटमा चिनियाँ राजदूतले 'अफिसियल पेपर' केही ल्याउनुभएको छ? भनेर सोधेपछि मोर्चाका नेताहरुले दुई पेज लामो लिखित गुनासो दिएका छन्।
मोर्चा र गठबन्धनले ६–६ महिना लामो शान्तिपूर्ण संघर्ष गरे पनि त्यसको सुनुवाइ नभएको जनाउँदैे मोर्चा र गठबन्धन अझै पनि आन्दोलनमा नै रहेको लगायत विषयलाई उल्लेख गरेका छन्।