काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाजमा चीन जाँदै छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यसपालि प्रधानमन्त्रीकै कारण नियमित सरकारी उडानका यात्रुलाई बिचल्ली नपार्ने आशय देखाएपछि हिमालयको जहाज तयार राखिएको हो।यसअघि राष्ट्रप्रमुख वा सरकारप्रमुख विदेश भ्रमणमा जाँदा निगमकै जहाज लैजाने चलन थियो। प्रधानमन्त्री ओली गत फागुनमा भारतको राजकीय भ्रमणमा जाँदा र फर्कंदा पनि निगमकै जहाज प्रयोग गरेका थिए।
'निगमले आफ्नो जहाजबाट प्रधानमन्त्रीलाई लैजान प्रस्ताव नगरेपछि विकल्पका रूपमा नेपालकै निजी कम्पनी हिमालयको जहाजमा जाने तय भएको हो,' एक उच्च सरकारी अधिकारीले शनिबार नागरिकसँग भने, 'प्रधानमन्त्रीलाई लिन चीनले उतैबाट जहाज पठाइदिने प्रस्ताव पनि गरिसकेको थियो तर यता निगमले कुनै चासो दिएन।'
युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित 'ए३२०–२१४' सिरिजको १ सय ५८ सिट क्षमतायुक्त जहाज 'स्पेसल चार्टर' गरी प्रधानमन्त्री ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै चीनको राजधानी बेइजिङ उड्नेछन्।
उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार काठमाडौं–बेइजिङ सिधा उडान गर्ने वायुसेवा अहिले छैनन्। राष्ट्रिय ध्वजावाहक निगमबाट प्रस्ताव नआएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्राधिकरणलाई उडान व्यवस्थापन मिलाउन पत्राचार गरेको थियो। परराष्ट्र मन्त्रालयले पनि हिमालयलाई पत्राचार गरी प्रधानमन्त्री भ्रमणका लागि जहाज उपलब्ध गराउन आग्रह गरेको एक सरकारी अधिकारीले जानकारी दिए।
'त्यसपछि हिमालयको जहाज चार्टर गरी लैजाने तय भएको हो,' ती अधिकारीले भने, 'निगमकै जहाजमा जानुपर्छ भन्ने पनि होइन, बेलायती राजकुमार ह्यारी कतार एयरवेजको नियमित उडानमा नेपाल आउन हुन्छ भने प्रधानमन्त्रीको टोली हिमालयको जहाजमा जान नहुने भन्ने छैन।'
अहिले चीनमा सरकारी उडान नरहेकाले प्रधानमन्त्रीकै लागि एक सातासम्म त्यहाँ जहाज अड्काउँदा नियमित उडान तालिका प्रभावित हुने भएकाले जहाज उपलब्ध नगराइएको निगम–स्रोतले जनाएको छ। 'चीनमा हाम्रो गन्तव्य नभएकाले जहाज त्यतातिर जाँदैनन्,' निगमका एक उच्च अधिकारीले भने, 'सरकारी टोलीलाई लैजाँदा एक साता जहाज उतै अड्किन्छ, हाम्रो नियमित उडान तालिका प्रभावित हुन्छ।'
निगमका अनुसार प्रधानमन्त्री ओली फागुन ७ गते निगमको नियमित उडान तालिकाअनुरूप काठमाडौंबाट नयाँदिल्ली गएका थिए। फर्कंदा पनि मुम्बईबाट नियमित तालिकाअनुसारै निगमकै जहाजमा आएका थिए।
'त्यति बेला जहाज चार्टर गर्दा यात्रुको बिचल्ली हुन्छ भन्दै प्रधानमन्त्रीले नियमित उडानमै जाने बताउनुभएको थियो,' ती अधिकारीले भने, 'प्रधानमन्त्रीको इच्छाअनुसारै यसपालि जहाजको तालिका प्रभावित नहोस् भनेर हामी चुप बसेका हौं। यो कुनै गम्भीर विषय होइन।'
उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार हिमालय जहाजको उडान दुई विदेशी पाइलटले गर्नेछन्। काठमाडौंबाट उडेको साढे ५ घन्टामा जहाज बेइजिङ अवतरण गर्नेछ। 'प्रधानमन्त्रीको टोली चैत १४ गते सोही जहाजमा काठमाडौं फर्कने कार्यक्रम छ,' ती अधिकारीले भने।
प्राधिकरणले हिमालयको उक्त जहाजलाई '९एन–एएलएम' कलसाइन दिएको छ। जहाजमा आठ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन्। हिमालयले फागुन २६ गते यो जहाज चीनको छेङ्दुबाट काठमाडौं ल्याएको थियो।
आएको पर्सिपल्टै उडान परीक्षण सफल पारेपछि प्राधिकरणले यसलाई 'उडानयोग्यता प्रमाणपत्र' दिएको थियो। हिमालयले नियमित व्यापारिक उडान सुरु गर्नुअघि नै प्रधानमन्त्री ओली यसको जहाज चार्टर गरी चीन जान लागेका हुन्।
सरकारी भ्रमण टोलीमा मिसिएर हिमालय एयरलाइन्सकै दुई लगानीकर्ता पृथ्वीबहादुर पाँडे र आङछिरिङ शेर्पा पनि चीन जाने उनले जानकारी दिए। पाँडे नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष हुन् भने शेर्पा आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सका प्रबन्ध–निर्देशक। पाँडे र शेर्पासहित नेपाली व्यवसायी र चीनको संयुक्त लगानीमा हिमालय एयरलाइन्स स्थापना भएको हो।
पाँडे अध्यक्ष रहेको एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी प्रालि र शेर्पा अध्यक्ष रहेको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिले हिमालय एयरलाइन्समा लगानी गरेका छन्। उनीहरूलाई चीनको तिब्बतस्थित तिब्बत एयरलाइन्स प्रालिको साथ छ। हिमालयमा नेपाली कम्पनीको ५१ प्रतिशत र तिब्बतको ४९ प्रतिशत लगानी छ।
एचआइएफ बैंक तथा वित्तीय संस्था, पर्यटन, जलविद्युतलगायत क्षेत्रमा लगानी गरिरहेका स्वदेशी उद्योगीको कम्पनी हो। यती वर्ल्ड इन्भेस्टमेन्ट यती एयरलाइन्स ग्रुप अफ कम्पनिजको भगिनी संस्था हो। यो समूहले यती एयरलाइन्स, तारा एयर, गोकर्ण गल्फ रिसोर्ट, जोमसोम माउन्टेन रिसोर्ट, थामसेर्कु ट्रेकिङ, क्रिएटिभ ट्राभल्सलगायत कम्पनी सञ्चालन गरिरहेको छ।
उनीहरूलाई सघाउने तिब्बत एयरलाइन्सको प्रमुख साझेदारमा सरकारी कम्पनी एयर चाइना र तिब्बतको प्रान्तीय सरकार छन्। तिब्बत एयरलाइन्सले सन् २०११ बाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। हाल कम्पनीसँग ए३१९ सिरिजका नौ जहाज सञ्चालनमा छन्। त्यसबाहेक गत वर्ष ए३२० सिरिजका ३० नयाँ जहाज थप्ने घोषणा गरेको थियो। २०२० सम्ममा ४० जहाज पुर्या उने लक्ष्य छ। यसले चीनका २४ गन्तव्यमा उडान गरिरहेको छ।
हिमालयमा २ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब ५० करोड रुपैयाँ) लगानी भएको छ। आगामी पाँच वर्षभित्र कम्पनीको कुल लगानी १ अर्बदेखि १ अर्ब ५० करोड डलर (१ खर्बदेखि डेढ खर्ब रुपैयाँ) सम्म पुर्याचइने कम्पनीले जानकारी दिएको छ।