काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने अाैपचारिक चीन भ्रमणकालागि बेइजिङ प्रस्थान गरेका छन्। चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा अाइतबार बिहान प्रधानमन्त्री अोली नेपलाी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी र कूटनीतिक नियोगका प्रमुखहरूले बिदाइ गरेका छन्।
प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विभिन्न दलका सांसद, मुख्य सचिव सोमलाल सुवेदी, पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीलगायत सहभागी छन्। साथमा विभिन्न उद्योगी, व्यवसायी र सरकारी संचार संस्थाका प्रतिनिधि पनि छन्।
प्रधानमन्त्री चीन भ्रमणमा निस्कने क्रममा त्रिभुवन विमानस्थलमा (सबै तस्बिरः दिपेश श्रेष्ठ)