काठमाडौं- 'भूकम्पमा घर भत्किएका सबै मानिस फर्किए?' आइतबार अपराह्न ललितपुरको मंगलबजार पुगेका बेलायती राजकुमार ह्यारीले स्थानीय समुदायका प्रतिनिधिसँग सोधे। ललितपुर उपमहानगरपालिका– १६ का नागरिक मञ्च अध्यक्ष सुरेन्द्र जोशीले १२ परिवार अझै घर फर्किन नसकेको जानकारी गराए। उनले घर भत्केका र पीडित परिवारका लागि सरकार र समुदायको सहयोगमा घर बनाउन लागिएको बताए।पेसाले इन्जिनियर जोशीले समुदायले भूकम्पपछि कसरी काम गरेको थियो भन्ने राजकुमार ह्यारीलाई सबिस्तार जानकारी गराएका थिए। 'भूकम्प जानेबित्तिकै हामीले ६ दिन खाना खाने व्यवस्था मिलाएका थियौं,' जोशीले राजकुमार ह्यारीलाई सुनाए।
सदियौंदेखिका संस्थागत संरचनाले अहिले पनि काम गरिरहेको उनले जानकारी गराएका थिए। भूकम्पपछि ५ दिनसम्म समुदायको तर्फबाट ८ सय परिवारका लागि खानपान व्यवस्था गरिएको उनले सुनाए।
समुदायले विपत्तिको समयमा कसरी काम गरेको थियो भन्ने कुराले ह्यारी निकै प्रभावित बनेका थिए। 'विश्वभर नै समुदायको भावनालाई बिर्सिइएको छ, जनता फोन तथा अन्य कुरामा लागेका छन्' ह्यारीले भने, 'तर यहाँ भूकम्प जाँदा अभूतपूर्व सामुदायिक भावना देखियो।'
राजकुमारको चाहनाअनुसार समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको थियो। 'ह्यारीकै चाहनाअनुसार स्थानीय समुदायसँग अन्तरक्रियाको वातावरण मिलाइएको हो,' अवलोकन तथा अन्तरक्रिया हुँदा उनलाई विभिन्न विषयमा जानकारी गराएका संरक्षणविद अनिल चित्रकारले नागरिकसँग भने, 'लामो समयदेखि नेपालमा रहँदै आएका समुदायले विपत्तिको समयमा कसरी काम गरिरहेका छन् भन्ने विषयमा चासो व्यक्त गर्नुभयो।'
चित्रकारका अनुसार गौतम बुद्धको समयदेखि नै समुदायमा कसरी संघले काम गरिरहेको छ भन्ने जानकारी गराइएको थियो। 'भूकम्पपछि जब युवा आ–आफ्नो काममा लागे, त्यसपछि बूढाबूढीको हेरचाहका लागि स्थानीयले डे केयर चलाउँदै आएका छन्,' चित्रकारले भने, 'महाविहार र घरनिर्माणका लागि जम्मा भएको पैसा खर्च गरिने जानकारी गराइएको थियो।'
पाँच दिने नेपाल भ्रमणमा रहेका ह्यारीले उपत्यकाका विभिन्न स्थानमा भूकम्पले पुर्यािएको क्षति र त्यसबाट पार पाउन समुदायले गरिरहेको प्रयासबारे जानकारी लिएका थिए।
सामान्य जिन्स प्यान्ट र सर्टमा रहेका राजकुमार ह्यारी सुरुमै पाटन दरबार क्षेत्र पुगेका थिए। पञ्चकन्याबाट स्वागतपछि उनले दरबार क्षेत्रको विभिन्न भाग अवलोकन गरेका थिए।
उनले स्थानीय सिकर्मी, डकर्मी र पुनर्निर्माण कार्यक्रममा सक्रिय रहेकासँग चासोका साथ जानकारी लिएका थिए। सिकर्मीसँग बसेर उनले काठमा बुट्टा कुँदेका थिए।
ह्यारीले दरबार क्षेत्रमा भूकम्पले पुर्यााएको क्षति, पुनर्निर्माण, सांस्कृतिक–धार्मिक महŒव र परोपकारी कामबारे जानकारी लिएका थिए।
'पाटन दरबार संग्रहालय घुम्दा उनले पर्यटक घुम्न आउने गरे/नगरेको बारे जान्न चाहेका थिए, संग्रहालय घुम्दा पैसा लिने गरे/नगरेको बारे पनि चासो थियो,' काठमाडौं संरक्षण ट्रस्टको तर्फबाट दरबार क्षेत्र भ्रमणबारे जानकारी गराएका पत्रकार कनकमणि दीक्षितले भने, 'नेपालको पर्यटन राम्रोसँग भिœयाउन सकोस् भन्ने चाहना निकै देखिन्थ्यो।'
पूर्वनिर्धारित कार्यक्रम नभएपछि दरबार क्षेत्रमा रहेका तीनवटा विदेशी पर्यटक समूहसँग उनले छलफल गरेका थिए। भ्रमणक्रममा राजकुमार ह्यारीलाई नेपालको संक्रमणकाल, संविधान निर्माण र त्यसपछि नाकाबन्दीको बारेमा समेत जानकारी गराएको दीक्षितले बताए।
ह्यारीले भूकम्पले भत्काएको गजुरको बारेमा समेत चासो व्यक्त गरेका थिए। त्यस लगत्तै हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) अवलोकन गरे। आठ सय वर्ष पुरानो उक्त महाविहारमा राजकुमार ह्यारीलाई ९४ वर्षे आजु तीर्थरत्न शाक्यले खादा लगाएर स्वागत गरेका थिए। प्रत्येक चार–चार वर्षमा आयोजना हुने सम्यक पूजा प्रारम्भ गरिने उक्त महाविहारमा १२ वर्षभन्दा कम उमेरका बालक पुजारी हुन्छ। आठ हजार सदस्य रहेको महाविहारमा चुडाकर्म (व्रतबन्ध) पछि एक महिना सेवा गर्नुपर्ने हुन्छ।
महाविहार अवलोकनक्रममा उनले दीप प्रज्ज्वलित गरे, माने घुमाएर प्रत्येक मूर्ति र त्यसको महŒवबारे सोधखोज गरे। त्यसपछि राजकुमार ह्यारीले स्थानीय समुदायसँग अन्तरक्रिया गरेका थिए।
महाविहारको बाहिरी भागमा राजकुमार ह्यारीले स्थानीयसँग छलफल गरेका थिए। भिडबाट एक युवतीले 'राजकुमार ह्यारी नेपालमा स्वागत छ' भनेपछि उनले सोधे, 'तपाईंको घर यहाँ हो? तपाईंहरुको समुदाय सबैभन्दा मजबुत हो?' स्थानीय युवती बन्दना शाक्यले हातले इशारा गरेर घर देखाउँदै भनिन्, 'हामी यहीँका हौं, हामी भएर नै समुदाय मजबुत बनेको छ।'