काठमाडौं- बेलायती राजकुमार ह्यारीको तेस्रो दिन सोमबारका चार घन्टा मध्यपश्चिमस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा बित्नेछ। निकुञ्ज प्रशासन दुर्लभ वन्यजन्तु देख्न सकिने स्थान अवलोकन गराउने तयारीमा छ भने आफ्नो कला–संस्कृति र पर्यापर्यटन देखाउने कार्यक्रम थारु समुदायले बनाएको छ।यसअघि अस्कर अवार्ड विजेता हलिउडका चर्चित अभिनेता लियोनार्दो डि क्याप्रियोले बर्दिया निकुञ्जस"ग साइनो गा"सेका थिए। उनले त्यहा"को बाघ संरक्षणका लागि अमेरिकाको न्युयोर्कस्थित विश्व वन्यजन्तु कोष मुख्यालयमार्फत अहिलेसम्म ४० करोड रुपैयाँ सहयोग गरेका छन्।
राजकुमार ह्यारीको रोजाइ पनि बर्दिया राष्ट्रिय निकुञ्ज नै परेको छ। उनी चढेको हेलिकप्टर सोमबार बिहान नौ बजे निकुञ्जभित्र गैंडा मचानको हेलिप्याडमा ओर्लनेछ। ह्यारीले पनि बाघ संरक्षणलाई महत्व दिएका छन्। उनले त्यहाँ बाघ संरक्षण र अनुसन्धानबारे प्रस्तुति पनि सुन्नेछन्। 'बाघ संरक्षण, अनुसन्धान र गणनाबारे प्रस्तुति सुन्ने कार्यक्रम छ,' निकुञ्ज स्रोतले भन्यो।
निकुञ्ज प्रशासनले ह्यारीका लागि पा"चवटा कार्यक्रम तयारी गरेको छ। 'हामीले वन्यजन्तु देखिनसक्ने वातावरण मात्र तयार गरिदिने हो, देखिने न देखिने उहा"को भाग्यमा भर पर्छ,' निकुञ्ज प्रशासन स्रोतले भन्यो। निकुञ्जले राजकुमार ह्यारीलाई बाघ, गैंडा, बाह्रसिंगाजस्ता दुर्लभ वन्यजन्तु देखिने सम्भावित क्षेत्र घुमाउने योजना बनाएको छ। 'विगतमा जहा"–जहा" यस्ता वन्यजन्तु देखिएका छन्, तिनै ठा"उमा घुमाउने योजना छ,' स्रोतले भन्यो।
ह्यारीले कर्णालीबाट छुट्टिएको गेरुवा नदीको शाखा 'खौराहा' मा करिब एक घन्टा र्या फ्िटङ गर्नेछन्। 'यो नदीको पूर्वी तट बर्दिया निकुञ्जस"ग जोडिएको छ, निकुञ्जका वन्यजन्तु पानी खान आइरहने तट पनि यही हो,' स्रोतले भन्यो, 'र्यायफ्िटङक्रममा तिनलाई देख्ने सकिने प्रवल सम्भावना छ।'
यसअघि विभिन्न समय संसारका दुर्लभ वन्यजन्तु बंगाल टाइगर (पाटेबाघ) का चार बच्चा यही तटमा देखिएका थिए। तिनको तस्बिर विदेशी नागरिकले क्यामेरामा कैद गरेका थिए। पछि पनि यस क्षेत्रमा धेरैपटक बाघ देखिएको निकुञ्जका कर्मचारी बताउ"छन्। बाघ मात्र नभई यो तटीय क्षेत्रमा गैंडा, बाह्रसिंगालगायत दुर्लभ वन्यजन्तु पनि देखिन्छ।
र्यानफ्िटङ सकिएलगत्तै उनी करिब आधा घन्टा निकुञ्जभित्र पैदलयात्रा गर्नेछन्। पैदल यात्रा सकिएपछि जिपमा आधा घन्टाजति डुल्ने छन्। निकुञ्जभित्रको बघौरा क्षेत्रमा जंगल ड्राइभको व्यवस्था गरिएको छ। बघौरा निकुञ्जभित्रको ठूलो घा"से मैदान भएको क्षेत्र हो। यस क्षेत्रमा कहिलेकाही हजारौं संख्यामा मृगको बथान देख्न पाइने निकुञ्जका कर्मचारी बताउ"छन्। 'यो राम्रो घा"से मैदान हो। यसमा मृग मात्र होइन, बाघ, गैंडालगायत वन्यजन्तु देखिने सम्भावना छ,' निकुञ्ज स्रोतले भन्यो।
उल्लेखित तीनवटा कार्यक्रम सकिएपछि ह्यारीले निकुञ्ज प्रशासन रहेको ठाकुरद्वारामा बाघ संरक्षण र अध्ययन/अनुसन्धानबारे प्रस्तुति सुन्ने कार्यक्रम छ। यसका लागि निकुञ्ज प्रशासनले सबै तयारी पूरा गरिसकेको छ। 'बाघ कसरी संरक्षण भइरहेको छ? यसको अनुगमन र अनुसन्धान/अध्ययनका तौरतरिकाले बारे छोटो प्रस्तुति दिने कार्यक्रम पनि छ,' निकुञ्जका एक कर्मचारीले भने। संरक्षणका अनुभवी तथा विज्ञ कर्मचारीले प्रस्तुति दिनेछन्। बाघसहित गैंडा र जंगली हात्तीबारे संक्षिप्त प्रस्तुति दिइनेछ। संरक्षणकर्मीका अनुसार बर्दियामा ५० वटा पाटे बाघ छन्।
संरक्षणसम्बन्धी प्रस्तुति सुनेपछि राजकुमार ह्यारी थारु संस्कृतिको आनन्द लिन निकुञ्जबाट करिब ६ किलोमिटर टाढाको 'डल्ला होम स्टे' पुग्नेछन्। त्यहा" २१ वटा होमस्टे छन्। उनलाई थारु समुदायले स्वागत गर्नेछ। 'त्यहा" उहाँलाई थारु संस्कृति झल्किने लठुवानाच देखाइनेछ,' ती कर्मचारीले भने, 'पर्यापर्यटनबारे पनि विभिन्न कार्यक्रम देखाइनेछ।' राजकुमार आउने भनेपछि आइतबारदेखि डल्ला होम स्टेमा अन्य अतिथिलाई राखिएको छैन। डल्ला गा"उका सडक ध्वजापताकाले सिँगारिएका छन्। डल्लाको कार्यक्रम सकिएपछि ह्यारी लमजुङको गौडागाउँ जानेछन्।
तीन घेरामा सुरक्षा
सोमबार बिहानदेखि 'ह्यारी' को सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन हुनेछन्। पहिलो सेना, दोस्रो नेपाल प्रहरी र तेस्रो सशस्त्र गरी तीन घेरामा सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको छ। निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले भित्री सुरक्षाको पाटो सम्हाल्नेछ।
नेपाली सेनासँग समन्वय गरेर ह्यारी निकुञ्ज भ्रमणमा निस्केका बेला जिल्लाका सुरक्षाकर्मीले बाहिरी घेरामा सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी विष्णु थापाले बताए। उनका अनुसार बाहिरी सुरक्षाका लागि प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित छन्। त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रमुख शनिबार दिनभरि ठाकुरद्वारामा व्यस्त रहे। बाहिरी सुरक्षा चुस्त बनाएको थापाले दाबी गरे। काठमाडौंबाट आएको टोलीले केही दिनअघि नै निकुञ्जभित्र सुरक्षा प्रबन्ध मिलाइसकेको प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।