काठमाडौं- नयाँ संविधान प्रति बिमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यस बर्षको फागु पुर्णिमा नमनाउने निर्णय गरेको छ।
आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्मानमा फागुपुर्णिमा (होली) नमाउने निर्णय गरेको मोर्चाका केन्द्रीय सचिवालयले जनाएको छ। 'हाम्रो संघर्षको क्रममा ५ दर्जन भन्दा बढी आन्दोलनकारीको निर्मम नरसंहार गरिएको छ, घरमा शोकको यस्तो अवस्थामा होली मनाईदैन्,' मोर्चाले भनेको छ। होलीका दहन झै यसबर्षको होली उच्चतावादी अहंकार, बर्चश्ववाद र दानवी प्रवृतिवाट राज्यलाई मुक्ति दिओस भन्ने कामन पनि मोर्चाले गरेको छ।