काठमाडौं- परराष्ट्र मामिला जानकारहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणक्रममा दुई देशबीच भएका समझदारी तथा सम्झौता तात्कालीन फाइदाका लागि भन्दा पनि दीर्घकालीन हितलक्षित भएको टिप्पणी गरेका छन्। उनीहरुले प्रधानमन्त्रीको चीन भ्रमणप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्।केहीले भ्रमणक्रममा भएका सम्झौता तथा समझदारीले नेपाल–चीन सम्बन्धमा 'नयाँ आयाम र उचाइ' प्रदान गरेको त केहीले 'विकल्पको खोजीको नयाँ ढोका खुलेको' टिप्पणी गरे। केहीले ओलीको चीन भ्रमणलाई 'बढी सिम्बोलिक (प्रतीकात्मक), कम विशेष' भनेका छन्। केहीले भने नेपाल र चीनबीच भएको समझदारी तथा सम्झौताले कुनै ठूलो 'ब्रेक थु्र' नगरेको दाबी गरे।
'नयाँ संविधान जारी भएपछि सकारात्मक दृष्टिकोण राखी नयाँ क्षेत्रमा सहयोग विस्तार गर्ने, पुरानो नाका सुधार गर्ने तथा नयाँ खोल्ने, व्यापारदेखि लगानीको बाटो खोल्ने सहमति भएको छ, यसले नेपाल–चीन सम्बन्धमा नयाँ ढोका खुलेको अनुभूति भएको छ,' पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराजदूत भेषबहादुर थापाले टिप्पणी गरे, 'तत्काल फाइदा लिनेभन्दा पनि दीर्घकालीन हितका सम्झौता भएका छन्। यस अर्थमा प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको छ।'
प्रधानमन्त्री ओलीको चीन भ्रमणले विकल्पको खोजीमा नयाँ ढोका खुला गरेको बुझाइ थापाको छ। चीनसँग सम्बन्ध विस्तार गर्ने दृष्टिले दुई देशबीच भएका समझदारी तथा सम्झौताले नयाँ आयाम सुरु गर्ने मौका प्रदान गरेको उनले बताए। थापाले भने, 'कनेक्टिभिटी र यातायात क्षेत्र विस्तारले दुवै देशलाई नजिक ल्याउने र व्यापार बढाउने सम्भावन खोलेको छ।'
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार चीनको राजधानी बेइजिङबाट बोआओ प्रस्थान गरे। बोआओ प्रस्थान गर्नुअघि नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका थिए। चैत ७ गते चीन पुगेका प्रधानमन्त्री ओलीको बेइजिङ बसाइमा नेपाल–चीनबीच १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भयो। बहुप्रतिक्षित इन्धन सम्झौता भने हस्ताक्षर हुन सकेन।
नेपाल र चीनबीच भएका समझदारी र सम्झौतामा पारवहन तथा यातायात, स्वतन्त्र व्यापार, ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पोखरा विमानस्थलका लागि २१ अर्बलगायतको २५ प्रतिशत अनुदान, पोखरा विमानस्थलका लागि चिनियाँ बैंकको सहुलियत ऋण, नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेशण समझदारी, पेटेन्ट राइट, बैंकिङ रेगुलेसन (शाखा सेवा आदानप्रदान) र हिल्सा–यारी जोड्ने पुल निर्माण छन्। बहुप्रतिक्षित इन्धन सम्झौता भने चाँडै गर्न सहमत भएका छन्।
'अरुको मूल्यमा होइन, हाम्रो आवश्यकताअनुसार चीनसँग पारवहनलगायत समझदारी तथा सम्झौता भएको छ, यसले सम्भावनको नयाँ ढोका खोलेको छ,' राजदूत थापाले भने, 'सम्झौता त भयो, अब दुवै देशले प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ। नेपालले त्रिदेशीय सहकार्य चाहेको छ।' प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला भएको सम्झौता र संयुक्त विज्ञप्ति हेर्दा नेपाल र चीनबीच पहिलाभन्दा बढी समझदारी देखिएको उनको बुझाइ छ।
'जुन आशा लिएर नेपाली टोली चीन गएको थियो, ती आशाले सम्झौतामा स्थान पाएका छन्। दुई देशबीच भएको समझदारी तथा सम्झौताले नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम र उचाइमा पुर्यातएको छ,' चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीले प्रतिक्रिया जनाए, 'स्वतन्त्र विदेश नीतिमा नेपाल खरो उत्रेको छ।'
दुई देशबीच भएको समझदारी तथा सम्झौतामा बढी नेपालका एजेन्डा समेटिएको दाबी उनले गरे। नेपालले प्रस्ताव गरेको मुद्दामा समझादारी गरेर सबैको विकासको पक्षमा आफू रहेको सन्देश चीनले दिएको कार्कीले जनाए। कसैको आन्तरिक मामिलामा हस्तक्षेप नगरी बलियोले कमजोरलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश छोड्न चीन सफल भएको बुझाइ उनको छ। 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्दा चिनियाँ राष्ट्रपछि सि जिनपिङले त्रिदेशीय (चीन, नेपाल र भारत) सहकार्यको प्रस्ताव अघि सार्नुभएको थियो। यसलाई हाम्रो प्रधानमन्त्रीले पनि चिनियाँ पक्षसँग उठाउनुभएको छ। तीनै पक्ष एक ठाउँमा उभिएर कार्यक्रम बनाउनुपर्छ भन्नुभएको छ। यो भ्रमणको निकै महत्वपूर्ण पक्ष हो,' कार्कीले भने।
नेपाल र चीनबीच यसअघि पारवहन तथा यातायात सम्झौताका विषय उठान भए पनि सम्झौता हुन सकेको थिएन। 'जुन एजेन्डा प्रस्तुत गरिए प्रायः सबैले स्थान पाए र समझदारी पनि भयो। यसले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाएको छ,' कार्कीको बुझाइ छ।
पूर्व राजदूत दिनेश भट्टराई प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई 'प्रतीकात्मक बढी, कम विशेष' भएको बताउँछन्। नेपाल र चीनबीच भएको समझदारी तथा सम्झौता भने दीर्घकालीन रूपमा नेपालको हितमा रहेको उनले जनाए। 'खासगरी रेल, रोड कनेक्टीभिटीसम्बन्धी समझदारी तथा सम्झौताले दीर्घकालीन रूपमा फाइदा गर्छ। तर, हाम्रो पूर्वाधार नभएको कारण हामीले तुरुन्तै फाइदा लिन सक्दैनौं,' उनले भने।
समझदारी तथा सम्झौतामा हस्ताक्षरभन्दा पनि चीनको विश्वास कति जित्न सकियो भन्ने कुराले अर्थ राख्ने उनी बताउँछन्। उनले थप स्पष्ट पारे, 'कूटनीतिमा धैर्यता ठूलो हुन्छ। एउटै भ्रमणले सबै कुरा गर्न सक्दैन। ठूलो कुरा भनेको विश्वास हो।'
पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले भने प्रधानमन्त्रीको ओलीको चीन भ्रमणमा भएको समझदारी तथा सम्झौतालाई चीनले दीर्घकालीन रुपमा अघि आऊ भनेर नेपाललाई स्वागत गरेको रूपमा बुझेका छन्। उनले भने, 'सम्झौता भविष्यप्रति लक्षित छन्। खराब छैनन् तर ठूलो ब्रेक थु्र केही छैन।'