आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न नेता कर्णको आग्रह
२२ भदौ २०७९
•
२ मिनेट पाठ
आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न नेता कर्णको आग्रह
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरका छन्।




बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन्। उनले हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरुको तलब सरकारले तोकेको मापदण्ड भन्दा पनि अतिन्यून भएको उल्लेख गर्दै उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। नेपाल अतिरिक्त हुलाक सेवामा अहिले पनि कर्मचारीहरुले ७/८ हजार मासिक तलब लिएर काम गरिरहेको स्पष्ट पार्दै नेता कर्णले त्यसको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराए।  

उनले भने, ‘नेपाल अतिरिक्त हुलाक सेवामा अहिले देशभरीमा १० हजार ८५३ कर्मचारी नियुक्त गरिएको छ। यो कर्मचारीहलाई पहाडको विभिन्न रिमोट एरियाहरुदेखि तराईका विभिन्न ठाउँमा यिनीहरुको नियुक्ती भईराखेको रहेछ। वर्षौदेखि काम गरिराखेका छन्। यिनीहरुको तलव ७ हजार र ८ हजार रुपैयाँ छ। सम्मानीय सभामुख महोदय, नेपाल सरकारले तय गरेको न्यूनतम तलब जुन हो, त्यो १५ हजार भन्दा कम कसैलाई पनि दिन मिल्दैन। तर सरकारले नै ७/८ हजार रुपैयाँमा मान्छे नियुक्त गर्छ भने यो श्रम शोषण हो। सरकारले श्रम शोषण गर्न पाउँछ कि पाउँदैन? यदि सरकारले श्रम शोषण गर्छ भने अरुले श्रम शोषण गरे के कारवाही गर्ने? यस्तो अवस्था रहेको छ भने यिनीहरु कहिले रिटायर्ड हुने त्यो पनि छैन। बुढो भएको मान्छेलाई पनि काममा लगाईराखिएको छ। उनीलाई पेन्सन दिने व्यवस्था समेत भएको छैन। दूर्भाग्य के छ भने सरकारले अहिले तलब बढायो। करारलाई नबढाउने र स्थायीलाई मात्रै बढाएको रहेछ, कस्तो अचम्म। तलवकैकारण कर्मचारीहरु आन्दोलित छन्। यो आन्दोलन निर्वाचनको मुखमा चर्कियो भने निश्चित् रुपमा निर्वाचनको लागि राम्रो हुँदैन। यस्तो विषयमा सम्बन्धित सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयले तुरुन्तै ध्यान दिनु पर्दछ। श्रम शोषण नगरीकन अविलम्व उनीहरुको तलवको व्यवस्था गर्न म सरकारसँग विनम्र निवेदन गर्न चाहन्छु।’

नेता कर्णले सरकार आफैंले श्रम शोषण गर्ने काम गर्न नहुने पनि पटकपटक दोहोर्‍याए।
अर्को समाचार
लोसपा कता?
११ पौष २०७९
•
१ मिनेट पाठ
लोसपा कता?
प्रतिनिधिसभामा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी नभएको बताएका छन्। ‘हाम्रो प्रस्ट धारणा छ, माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा हामी सहभागी छैनौं’, लोसपा कार्यकारिणी समिति सदस्य जितेन्द्र सोनालले भने।




कार्यकारिणी समितिका अर्का सदस्य डा. सुरेन्द्र झाले पनि लोसपाले निष्ठा र नैतिकताको राजनीति गर्ने भएकाले दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा सहभागी नभएको बताए। ‘राजनीतिमा न्यूनतम नैतिकता र निष्ठा राख्नुपर्छ। एउटा गठबन्धनमा रहेर चुनाव लड्ने तर अर्को गठबन्धनबाट प्रधानमन्त्री बन्ने दोहारो प्रवृत्ति हामी लिन्नौं’, झाले भने। दाहालले लिएको बाटोले अन्ततः माओवादी र उनी स्वयंलाई नोक्सानी पुर्‍याउने झाको भनाइ छ। लोसपाका अर्का कार्यकारिणी सदस्य केशव झाले भने दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी हुने कि नहुने भन्ने विषयमा आधिकारिक निर्णय नभएको बताए।

लोसपाबाट महन्थ ठाकुर, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरी प्रतिनिधिसभा सदस्य छन्। उसले समानुपातिक निर्वाचनतर्फ तीन प्रतिशत ‘थे्रसहोल्ड’ कटाउन नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाएको छैन। २०७८ भदौमा ठाकुर, राजेन्द्र महतो, भण्डारी, अनिल झालगायतका नेताहरूले जनता समाजवादी पार्टी (जसपा) बाट अलग भई लोसपा गठन गरेका थिए।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस