काठमाडौं–राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले मधेसमा दुई प्रदेश रहेको भन्दै बोर्डर मधेसको आनदोलनलाई राजमार्ग मधेसले सहयोग नगरेको बताएको छन्।मंगलबार राष्ट्रिय समितिको विस्तारित बैठकको राजधानीमा उद्घाटन गर्दै अध्यक्ष भण्डारीले मधेसमा दुई प्रदेश रहेको बताएका हुन्। 'मधेसमा दुई प्रदेश देखियो,' उनले भने,'मधेसमा दुई प्रदेश भएकै कारण बोर्डर मधेसले आन्दोलन गर्दा राजमार्ग मधेसले सहयोग गरेन। जसका कारण आन्दोलन सफल हुन सकेन।'
उनले विगतको आन्दोलनमा भएको कमजोरीको निर्ममतापूर्वक समिक्षा गर्नुपर्ने भन्दै मधेसी मोर्चा र संघीय गठबन्धनले मात्र गर्ने आन्दोलन सफल हुन नसक्ने बताए। उनले कुनै क्षेत्र विशेषमा भन्दा पनि देशैभरी आन्दोलन गर्नुपर्ने बताएका छन्।