काठमाडौं–व्यवस्थापिका संसदको चौथो ठूलो दल राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले सरकारमा पार्टी जानुको औचित्य समाप्त भएको भन्दै सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन्।विष्टले आफूहरुले निर्वाचनमा उठाएको एजेण्डा कार्यान्वयनमा पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै विरोध जनाएका छन्। 'सरकारमा सहभागी हुनु नै राप्रपा नेपालको सबै भन्दा ठूलो भुल भयो,' विष्टले नागरिकन्युजसँग भने,'संवैधानिक राजतन्त्रको एजेण्डा बोकेर हिँडेको पार्टीका अध्यक्षले राष्ट्रपतिबाट सपथ लिनु सबैभन्दा ठूलो गल्ती हो।'
उनले हिन्दु राज्य र संवैधानिक राजतन्त्रको एजेण्डा उठाएका कारण चौथो ठूलो दल बनेको दाबी गर्दै जनताको मतमाथि पार्टीले विश्वासघात गरेको आरोप लगाए। आफूँले पार्टी सरकारमा सहभागी हुने बेलादेखि नै त्यसको विरोध गरेको भन्दै उनले आफ्नो सुझावको कार्यान्वयन भएपछि आफूले विज्ञप्ति निकाल्नु परेको बताए। विष्टले सरकारबाट फिर्ता हुनुपर्ने भन्दै मंगलबार विज्ञप्ति नै जारी गरेका छन्। 'सरकारमा नगइ बाहिर बसेर संघर्ष गर्न धेरै साथीले सुझाव दिएका थिए,' उनले भने,'सरकारमा सहाभागी हुँदा राष्ट्रपतिबाट सपथ लिएपछि पार्टीले उठाएको सबै एजेण्डामाथि धोका भयो।'
राप्रपा नेपाल विभाजनको संघारमा पुगेको हो भन्ने प्रश्नमा विष्टले आफू विभाजनको पक्षमा नभएको भन्दै सबै राष्ट्रवादी शक्तिबीच एकीकरण गर्न पहल गरेको बताए। स्रोतका अनुसार राप्रपासँग भएको एकता प्रयास राप्रपा नेपालका अध्यक्ष कमल थापाका कारण अगाडि बढ्न सकेको छैन। विष्टलगाएतका नेताहरुले एकता महाधिवेश गरी लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा पार्टी एकीकरण गर्नुपर्ने पक्षमा छन भने थापाले आफूलाई अध्यक्ष स्वीकार्ने भएमात्र एकीकरण गर्ने अडान लिएपछि विष्ट आक्रोशित भएका हुन्। 'म त राप्रपा, राप्रपा राष्ट्रवादी र राप्रपा नेपाल समानान्तरसँग पनि एकता गर्नुपर्ने पक्षमा छु,' विष्टले भने।