काठमाडौं–नेपाली कांग्रेको १३ औं महाधिवेशनबाट सभापति बन्न सफल शेरबहादुर देउवाले सभापतिमा निर्वाचित भएको भन्दै बुढानिलकण्ठ मन्दिरमा भेटी चढाएका छन्। बुधबार विहान बुढानिलकण्ठ मन्दिर पुगेर सभापति देउवाले विषेज पूजा नै गरे।
पत्नी आरजू देउवासँगै बुढानिलकण्ठ मन्दिर पुगेका देउवाले एकघण्टा मन्दिरमा बिताएका थिए। स्रोतका अनुसार देउवाले मन्दिरमा पाँच हजार रुपैयाँ भेटी चढाएका थिए। चारदिन अगाडिदेखि देउवा पत्नी आरजुले विशेष पूजाका लागि समय लिएकी थिइन्। पूर्वप्रधानमन्त्री र ठूलो दलको सभापति आउने भएपछि मन्दिर परिसरमा सुरक्षा प्रबन्ध कडा पारिएको थियो।

देउवाले पूजा गरुन्जेल मन्दिरभित्र सर्वसाधारण प्रवेशमा रोक लगाइएको थियो। यसअघि पनि देउवाले बेला बेलामा ज्योतिषीकहाँ गएको समाचार सार्वजनिक हुने गरेका थिए। बुढानिलकण्ठ मन्दिरमा उनले कुनै बर नमागेको मन्दिरका महन्त स्वामी निगमानन्दले बताए। 'उहाँले (देउवा) मन्दिरमा आएर एकघण्टा बिताउनु भयो,' उनले भने,' मन्दिरमा उहाँले आरती र पूजा गर्नुभयो।'

देउवा पत्नी आरजुले आफूहरुले कुनै भाकल नगरेको तर, सभापति भएको खुशीयालीमा पूजा गर्न आएको बताइएकी थिइन्। सुरुमा संकल्प गरेको देउवाले पछि आरती र पूजा गरेका थिए। पूजा सकिएपछि उनी मन्दिरमा महन्तसँग आर्शिवाद लिन पुगेका थिए। महन्त स्वामी निगमानन्दले फेरि छिट्टै प्रधानमन्त्री देख्न पाइयोस भन्दा उनी मुशुमुशु हाँसेका थिए।