कर्मचारीले जनअपेक्षा अनुसार काम गर्न नदिएको मुख्यमन्त्री भट्टको आरोप
२४ भदौ २०७९
•
२ मिनेट पाठ
कर्मचारीले जनअपेक्षा अनुसार काम गर्न नदिएको मुख्यमन्त्री भट्टको आरोप
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्मचारीको असहयोगका कारण जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। नेपाल जेसीजको आयोजनामा आजदेखी टीकापुरमा सुरु भएको क्षेत्र ‘घ’ सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले जनअपेक्षाका सवालमा काम गर्दा अवरोध हुने गरेको बताए।




उनले युवाहरुलाई राजनीतिक नेतृत्वको मात्रै नभइ कर्मचारीतन्त्र परिवर्तनको पक्षमा समेत आवाज उठाउन आग्रह गरे। ‘म मेरो पाँच वर्षको अनुभवले भन्दैछु। जनताका पक्षमा काम गर्न खोज्दा अवरोध भयो’ उनले भने–‘कर्मचारीतन्त्र परिवर्तनका लागि आवाज उठाउन जरुरी छ।’ उनले लोकसेवा पास गरेकै कारण कोही पनि कुशल प्रशासक हुन नसक्ने बताए।

उनले आफ्नो सम्बोधनको अधिकांश समय कर्मचारीले काम गर्न नदिएको बारेमा उल्लेख गरेका छन्। उनले नेतृत्वका हिसाबले आफू कमजोरी स्विकार्न तयार रहेको बताउँदै कर्मचारीतन्त्रले समेत कमजोरी स्विकारेर अघि बढ्नुपर्ने बताए। उनले संघीयताका बारेमा नकारात्मक टीकाटिप्पणी भैरहेको प्रति चिन्ता व्यक्त गर्दै अहिले नै संघीयताका बारेमा समिक्षा गर्ने बेला नभएको बताए।

उनले विकासका लागि पाँच वर्षको समय प्रयाप्त नभएको बताउँदै प्रदेश सरकारले थालनी गरेका विकासका कामको परिणाम आउन अझै केही वर्ष लाग्ने बताए। ‘हामीले थालनी गरेका छौं। अहिले नै परिणाम खोजे हतार हुनेछ’ उनले भने, ‘अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ।’ उनले शहर बजारमा संघीयताका बारेमा नकारात्मक टिप्पणी हुने गरे पनि दूरदराजका गाउँबस्तीका बासिन्दाले संघीयताले दिएको परिवर्तनको प्रत्यक्ष महशुस गर्न पाएको बताए।

सो अवसरमा मुख्यमन्त्री भट्टले हरेक क्षेत्रमा युवाहरुको नेतृत्वले सुखद सन्देश दिएको बताए। उनले युवाहरु नै परिवर्तनका संवाहक भएको बताउँदै युवा बिना परिवर्तन सम्भव नभएको बताए। त्यस्तै  सम्मेलनमा विशिष्ट अतिथि रहेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावलले समाज परिवर्तनको नेतृत्व युवाले लिनुपर्नेमा जोड दिए। उनले युवाले चाहे मात्रै परिवर्तन सम्भव हुने बताउँदै नेतृत्वका लागि युवाहरु अग्रसर हुनुपर्ने बताए।

सम्मेलनका अर्का विशिष्ट अतिथि नेपाल जेसीजका अध्यक्ष लालमणी भण्डारीले जनताले परिवर्तनको महशुस गर्न नपाएको बताए। उनले परिवर्तनको महशुस हुने गरी काम हुन नसकेको आरोप लगाए। यस्तै नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष अनिल शाहको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन समारोहमा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु लगायतले बोलेका थिए।

टीकापुर जेसीजको आतिथ्यतामा भैरहेको सम्मेलनमा नेपाल जेसीजको क्षेत्र ‘घ’ अन्र्तगत ३३ जिल्लामा रहेका ५५ शाखाका अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको छ। सम्मेलन भोलिसम्म चल्नेछ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस