काठमाडौं–सर्वत्र विरोध र जनस्तरबाट अवज्ञा भएपछि नाकाबन्दीलगायतका आन्दोलनको कार्यतक्रम फिर्ता लिएको मधेसी मोर्चाले भावी रणनीति तय गर्न बिहीबार बैठक बोलाएको छ। आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले चैतभित्र माग पूरा नभए बैशाखदेखि आन्दोलन गर्ने जनाइसकेको छ।विगतको आन्दोलनमा भएका कमिकमजोरी तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको मोर्चाका नेता एवं फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए। 'विगतको आन्दोलनका समीक्षा र भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको हो,' यादवले नागरिकन्युसँग भने,'हामीले आफ्ना माग पूरा गर्न सरकालाई चैत मसान्तसम्मको समय दिएका छौं। त्यो बेलासम्म पनि सरकारले माग पूरा गरेन भने के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुन्छ।'
संविधानप्रति असन्तुष्ट जनाउँदै मोर्चाले पाँच महिनालामो मधेस बन्दसहित विरोधका कार्यक्रम संचालन गरेको थियो। तराईमा दुई प्रदेश हुनुपर्ने अडान लिएको मोर्चाको माग पूरा नहुँदै आन्दोलन शिथिल भएको थियो। बिहीबार बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, सचिवालयले तयार पारेको आन्दोलनको एजेण्डा र प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल केन्द्रित हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले जनाए।
मोर्चाले चैत मसान्तसम्म पनि मोर्चाको माग सम्बोधन नभए वैशाखदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेको भण्डारीले जनाए। 'अबको आन्दोलन राजधानी केन्द्रित हुनेछ,' उनले भने,'अधिकार माग्ने काठमाडौंसँग अनि तराईमा आन्दोलन गरेर हुन्छ? त्यसैले अबको आन्दोलन काठमाडौं केन्द्रित हुन्छ।'
सरकारले मोर्चाको आन्दोलनलाई बद्नाम गराउन नाकाबन्दीको हल्ला चलाएको भन्दै उनले नाकाबन्दी मोर्चाको एजेण्डा नभएको बताए। 'यो सरकार कालोबजारीवालाले चलेको हो,' उनले भने,' पुन नाकाबन्दीको हल्ला चलाएर सरकारका मानिस कालोबजारी गर्ने कार्यमा जुटेका छन्।'