काठमाडाैं-भावी रणनीति तय गर्न भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सुरु भएको छ। तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवास लोकन्थलीमा सुरु बैठकमा मोर्चामा आबद्ध दलका नेताको उपस्थिति रहेको बैठकमा सहभागी फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले माग पूरा नभए वैशाखदेखि आन्दोलन सुरु गर्ने चेतावनी दिँदै आएको छ। संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा पाँच महिना लामो आन्दोलन गरेको मोर्चाले आन्दोलनको सर्वत्र विरोध र अवज्ञा भएपछि माघदेखि आन्दोलन फिर्ता लिएको थियो।
'प्रधानमन्त्रीको चीन भ्रमण, समसामयिक राजनीतिक गतिविधि र भावी रणनीतिको विषयमा छलफल हुन्छ,' फोरम गणतान्त्रिकका अध्यक्ष यादवले नागरिकन्युजसँग भने,' विगतमा भएको आन्दोलनको कमजोरीका विषयमा पनि गम्भीर समीक्षा हुन्छ।'
प्रधानमन्त्रीको चीन भ्रमणको विषय चाहिने भन्दा बढी चर्चा गरिएको भन्दै मोर्चाले त्यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन्। सचिवालयले कार्यक्रम तय गरको र त्यसलाई अन्तिम रुप दिन शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ।