काठमाडौं- नयाँ संविधानबारे भारत र युरोपेली युनियन (इयु) को अभिव्यक्तिप्रति नेपालले कडा आपत्ति जनाएको छ। संविधानसभाबाट जारी नेपालको संविधान अपूर्ण रहेको सन्देश दिँदै त्यसमा 'समयसीमामा रहेर दिगो र समावेशी संवैधानिक समाधान खोज्न' भन्दै बुधबार बेल्जियम, ब्रसेल्सबाट उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिलाई सरकारले नेपालको 'सार्वभौमिकतामाथिकै हस्तक्षेप' भनेको छ।भारत र इयुको विज्ञप्तिले नेपालीको भावनामा चोट पुर्या्एको सरकारको ठहर छ। यसले संयुक्त राष्ट्रसंघ (युएन) को बडापत्र र अन्तर्राष्ट्रिय कानुनको मूल्य–मान्यतासमेत उल्लंघन गरेको समेत सरकारले औंल्याएको छ।
'२०१६ मार्च ३० का दिन बेल्जियमको ब्रसेल्समा सम्पन्न १३ औं इयु–भारत सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा नेपालको प्रसंग उल्लेख गरिएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,' परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'इयु–भारतद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिले नेपालीको भावनामा चोट मात्र पुर्यािएको छैन, त्यसले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने युनएनको बडापत्र र अन्तर्राष्ट्रिय कानुनसमेत उल्लंघन गरेको छ।'
इयु–भारतको संयुक्त विज्ञप्तिले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको निष्कर्ष सरकारले निकालेको छ। सरकारले यस्ता 'अनावश्यक' वक्तव्यबाजी नगर्न पनि भारत र इयुलाई चेतावनी दिएको छ।
'नेपाल सरकार सबै पक्षलाई नेपाली जनताको सार्वभौम र लोकतान्त्रिक अधिकारको पूर्ण सम्मान गर्न र यस्ता अनावश्यक विज्ञप्ति जारी गर्नबाट टाढै रहन आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
१३ औं इयु–भारत सम्मेलन बुधबार ब्रसेल्समा सम्पन्न भएको थियो। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी थिए। सम्मेलन सम्पन्न गरी संयुक्त विज्ञप्ति जारी गरेपछि इयु मुख्यालय रहेको ब्रसेल्सबाट मोदी अमेरिका प्रस्थान गरेका थिए। इयु–भारत संयुक्त विज्ञप्तिको १७ नम्बर बुँदामा नेपाल र हालै जारी नयाँ संविधानबारे उल्लेख छ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासमा निरन्तर सघाउन सहमति जनाउँदै जारी संयुक्त विज्ञप्तिमा इयु र भारतले भनेका छन्, 'नेपालमा दिगो र समावेशी संवैधानिक समाधान आवश्यक छ भन्नेमा हामी सहमत छौं जसले संविधानका बाँकी मुद्दा समयसीमाभित्र सम्बोधन गर्नेछ। राजनीतिक स्थिरता र आर्थिक विकास प्रवर्द्धन पनि गर्नेछ।'
असोज ३ गते जारी नेपालको नयाँ संविधान समावेशी नभएको भन्दै भारतले संविधान जारी भएपछिको ६ महिना निरन्तर नेपालमाथि नाकाबन्दी लगाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा नजाने अडान लिएपछि बाध्य भएर भारतले फागुन ७ गते ओली भारत प्रस्थान गर्नुअघि नाकाबन्दी खोलेको थियो।
भारतले यसअघि नै बेलायतसँग संयुक्त विज्ञप्ति जारी गर्दा पनि नेपालको संविधानप्रति आपत्ति जनाएको थियो। गत कात्तिकमा भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमणमा रहँदा भारत र बेलायतले जारी गरेको संयुक्त विज्ञप्तिमा पनि ठिक यसैगरी नेपालको संविधान समावेशी नभएको उल्लेख गरेका थिए। त्यसप्रति पनि नेपालले आपत्ति जनाएको थियो। नेपालले आपत्ति जनाएपछि सच्चिँदै बेलायतले पुनः संविधानको स्वागत गरेको थियो।
संविधान जारी भएपछि बेलायत र इयुले फरक–फरक विज्ञप्ति जारी गरी त्यसको स्वागत गरेका थिए। बेलायतले झैँ इयुले पनि भारतको दबाबमा परेर संयुक्त विज्ञप्तिमा नेपालको संविधान समावेशी नभएको उल्लेख गरेपछि सरकारले आपत्ति जनाएको हो। 'संविधानभित्र रहेर आफ्ना मुद्दा आफैँ समाधान गर्न नेपाल सरकार र नेपाली जनता सक्षम छन्,' सरकारले विज्ञप्तिमा भनेको छ।
लोकतान्त्रिक विधिबाट निर्वाचित संविधानसभाले जारी गरेको संविधानप्रति शंका नगर्न सरकारले आग्रह पनि गरेको छ। संविधानले नेपाली जनताको भावना समेट्न सक्षम रहेको समेत उल्लेख छ। 'संविधान निर्माण र जारी गर्नु नितान्त रूपमा देशको आन्तरिक मामिला हो। संविधान जारी भएपछि नेपाल अहिले राजनीतिक स्थिरता र आर्थिक विकासको मार्गमा अघि बढिरहेको छ,' विज्ञप्तिमा भनिएको छ।