इआइए खारेज गर्न ओलीको निर्देशन
१८ चैत्र २०७२
•
११ मिनेट पाठ
इआइए खारेज गर्न ओलीको निर्देशन
काठमाडौं- अनधिकृत रुपमा ढुंगा–गिट्टी र बालुवा उत्खननमा सक्रिय उद्योगी–व्यापारीलाई सजिलो हुने गरी प्रचलित वातावरणीय अध्ययनसम्बन्धी नियम खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

निर्माण सामग्री अभावमा विकासनिर्माण ठप्प भएको कारण देखाउँदै उनले उत्खननपछिको जोखिम न्यूनीकरणमा प्रभावकारी कानुनी व्यवस्था हटाउँदै उत्खनन खुकुलो पार्न निर्देशन दिएका हुन्।

उनले बुधबार सरोकारवाला मन्त्रालयका सचिवलाई सरकारी निवास बालुवाटार डाकेर वातावरण संरक्षण नियमावली २०५४ को अनुसूची १ मा उल्लेख ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्दा अपनाउनुपर्ने वातावरण प्रभाव मूल्यांकन (इआइए) खारेज गर्न निर्देशन दिएको स्रोतले बतायो।

'उत्खनन गर्दा इआइए गर्न नपर्ने व्यवस्था गर्न निर्देशन आएको छ,' उच्च स्रोतले नागरिकस"ग भन्यो, 'इआइए सट्टा प्रारम्भिक वातावरण परीक्षण (आइइई) राख्न निर्देशन छ।' स्रोतका अनुसार ओलीले इआइएसम्बन्धी व्यवस्था तत्काल संशोधन गर्न वातावरण मन्त्रालयलाई निर्देशन दिएका हुन्। उनले बुधबार बेलुका साढे ६ बजे प्रधानमन्त्री कार्यालयलगायत सरोकारवाला सबै निकायका सचिव बालुवाटार डाकेका थिए।

'इआइए गर्नुपर्ने व्यवस्थाले बजारमा ढुंगा, गिट्टी र बालुवा अभाव भयो। विकासनिर्माणका काम अवरुद्ध भए। यसलाई हटाएर जतिसुकै परिमाणमा उत्खनन गर्दा पनि छिटो र सजिलो हुने कानुनी व्यवस्था गर्नुस्', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

करिब दुई महिनाअघि नै यस्तो छनक दिएको सरकारले इआइएलाई तगारो औंल्याउँदै यसको १ सय २६ दिने प्रक्रिया ४० दिनमा झार्ने निर्णय गरेको थियो। निजी कम्पनीले ३८ वर्षपहिले नेपाल भिœयाएको इआइएलाई नेपालको वातावरण संरक्षण ऐन २०५३ मा पहिलोपटक समेटिएको थियो। विकासका नाममा हुने विनाश कम गर्न र योजनास्थललाई पहिलेकै अवस्थामा फर्काउनु यसको उद्देश्य थियो। उत्खननपछि ध्वस्त पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न ल्याइएको इआइए संसारकै सबैभन्दा पुरानो र सजिलो व्यवस्था हो। यसपछि आएका व्यवस्था र प्रविधि अझै प्रभावकारी र प्रक्रियासंगत छन् जसमा वातावरण मन्त्रालयले गृहकार्य पनि गरिरहेको छ।

नियमावलीले २ सय ५० घनमिटरभन्दा बढी उत्खनन गर्नुपरे इआइए गर्नुपर्ने व्यवस्था गरेको छ। ओलीले त्यसलाई संशोधन गरेर जुनसुकै परिमाणमा उत्खनन गर्दा आइईको व्यवस्था गर्न निर्देशन दिए। 'आइई गर्दा उत्खननकर्ताले धेरै झन्झट बेहोर्नुपर्दैन, समय कम लाग्छ, त्यही गर्नुस्,' प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै छलफलमा उपस्थित एक पदाधिकारीले भने।

वातावरणविद् भने इआइए खारेज भए उत्खननका नाममा सार्वजनिक स्रोतमाथिको दोहन अझ बढ्ने चिन्ता दर्साउँछन्। 'प्रधानमन्त्रीजस्तो शक्तिशाली मान्छे, किन इआइए मात्र, पूरै वातावरण कानुनै खारेज गरिदिए हुन्छ,' प्रधानमन्त्रीको निर्देशनप्रति आक्रोशित वातावरणविद् तोरण शर्माले नागरिकस"ग भने, 'इआए कार्यान्वयन गर्ने निकायलाई चुस्त बनाउन नसक्ने, कर्मचारीतन्त्रलाई कारबाही गर्न नसकेको परिणाम हो यो।'

वातावरण संरक्षण नियमावली २०५४ अनुसार इआइएको स्वीकृति वातावरण मन्त्रालयले दिन्छ। इआइए गर्नुपूर्व कार्यगत सर्त (टिओआर) बनाएर योजनास्थलमा १५ दिने सूचना प्रकाशित गर्नुपर्छ। स्थानीयबाट दाबी बिरोध नआए वा आए त्यहीअनुसार मुचुल्का बनाएर मन्त्रालयबाट स्वीकृत गराउनुपर्छ। त्यसपछि विस्तृत प्रतिवेदन (स्कोपिङ) तयार गरिन्छ। त्यसमा योजना वा उत्खननले त्यस क्षेत्रको पारिस्थितिकीय प्रणाली, वातावरण, सामाजिक, आर्थिक क्षेत्रमा पार्न सक्ने असरबारे विस्तृत अध्ययन गरी न्यूनीकरण उपाय पहिल्याइन्छ। त्यसलाई कार्यान्वयन गर्ने कार्यविधि र योजनासमेत बनाइन्छ।

'इआइएले विकासले पार्ने असर सकेजति कम गर्न मद्दत पुर्याणउ"छ,' डा. शर्माले भने, 'आइइईले ती सबै प्रक्रिया पूरा गर्दैन, विस्तृत योजना बनाउनु पर्दैन,' डा. शर्माले भने, 'यसको मतलब प्रधानमन्त्रीले वातावरण विज्ञानजस्तो विषय स्थानीय विकास अधिकारीका भरमा छाडेका छन्, यसको परिणाम निकट भविष्यमै देखिनेछ। प्रधानमन्त्रीको निर्देशनअनुसार नियम संशोधन भए स्थानीय निकाय छाडा हुन्छन्। आइइई प्रतिवेदन वातावरण मन्त्रालयसम्म ल्याउनै पर्दैन। जसले उत्खनन अनुमति दिने हो, उसैले स्वीकृत गरिदिए हुन्छ।

डा. शर्माका अनुसार नियमावली बनाउँदा नै इआइए स्वीकृति जिम्मा खानी तथा भूगर्भ विभागलाई दिनुपर्नेमा वातावरण मन्त्रालयलाई दिएर गल्ती गरिएको छ। 'यो नितान्त विज्ञान हो, खानी तथा भूगर्भ विभागका प्राविधिकलाई स्वीकृतिको अधिकार दिएको भए हुन्थ्यो। प्रधानमन्त्रीले इआइए नै खारेज गरेर स्थानीय निकायका प्रशासकलाई आइई सुम्पिएर गल्ती गर्दै हुनुहुन्छ,' उनले भने।

डा. शर्माका अनुसार इआइए प्रक्रिया स्वीकृत गर्ने अधिकार पाएको वातावरण मन्त्रालयका कर्मचारीले सात दिनमा हुने कामलाई वर्षौं लगाइदिँदा समस्या निम्तिएको हो। अनावश्यक दुःख दिने प्रवृत्ति त्यत्तिकै छ। 'यस्तो प्रवृत्ति पो हटाउनुपर्छ, सात दिनभित्र इआइए स्वीकृत नगरे स्वतः स्वीकृत हुने व्यवस्था गर्नुपर्छ। नियमै खारेज गर्ने बुद्धि कसले दियो?', उनले भने।

प्रधानमन्त्रीको यस्तो निर्देशनमा प्रशासकहरूको समेत संलग्नता हुन सक्ने डा. शर्माको आरोप छ। 'प्रशासकहरू आफैं कानुन बनाउ"छन् तर त्यसको कार्यान्वयन चुस्त पार्न सक्दैनन् अनि नियमै खारेज गर्न प्रधानमन्त्रीको कान फुक्छन्', उनले भने।

डा. शर्माका अनुसार इआइए खारेज भए प्राकृतिक स्रोत, पारिस्थितिकीय प्रणाली र जैविक विविधता संरक्षणमा दुष्प्रभाव पर्छ। उनले वातावरण र प्रकृति संरक्षणसम्बन्धी कानुन खारेज गरेर भएको उत्खननमा विदेशी दाता राष्ट्रले प्रश्न उठाउन सक्ने बताए। 'प्रधानमन्त्रीले वातावरण कानुन पालना नगरी उत्खनन गरिएका निर्माणसामग्री दाताले लगानी गरेका योजनामा कसरी प्रयोग गर्नुहुन्छ? त्यहा" दाताले प्रश्न उठाउनेछन्', डा. शर्माले भने।

मापदण्डविपरीत सञ्चालन भइरहेका सात सयभन्दा बढी क्रसर उद्योग व्यवस्थापनबारे भने प्रधानमन्त्री ओलीले सचिवस"ग कुनै जिज्ञासा नराखेको स्रोतले बतायो। खानी तथा भूगर्भ विभागले ०६७ सालदेखि मापदण्ड पालनामा अटेरी गरिरहेका ती क्रसर उद्योग व्यवस्थापन गर्न १९ वटा स्थानमा ९२ खानीक्षेत्रसहितको सिफारिस गरेको एक वर्ष भयो। विभागले उद्योग मन्त्रालयलाई गत वैशाखमा त्यो प्रतिवेदन बुझाएको थियो।

सरकार र क्रसर व्यवसायीबीचको सहमतिअनुसार ती उद्योगलाई यथाशक्य छिटो खानी क्षेत्रमा स्थानान्तरण गर्ने, त्यसका लागि खानीक्षेत्रमा पुग्ने बाटो, बिजुलीलगायत पूर्वाधार सरकारले बनाइदिने उल्लेख छ। तर, उद्योग मन्त्रालयले अहिलेसम्म प्रतिवेदन कार्यान्वयनमा लगेको छैन।

'प्रधानमन्त्रीले खानीक्षेत्रमा स्थानान्तरण गर्ने प्रक्रिया कहा" पुग्यो भनेर सोध्नुपर्ने हो तर ढुंगा, गिट्टी उत्खनन गर्नेहरूलाई छाडा बनाउन नियम नै खारेज गर्न निर्देशन दिनुभयो,' एक पदाधिकारीले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस