काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेपछि नेपाल–भारत सम्बन्ध सामान्य अवस्थामा फर्किएको अड्कलबाजी भइरहेका बेला भारतले फेरि नेपालसँगको सम्बन्धमा तिक्तता ल्याउने प्रयास गरेको छ।
नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै नेपालमाथि करिब ६ महिना नाकाबन्दी लगाएको भारतले फेरि नेपालको आन्तरिक मामिलामा इयुलाई समेत तानेर हस्तक्षेपपूर्ण अभिव्यक्ति दिएको छ। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारत र युरोपेली युनियन (इयु) को प्रयासलाई परराष्ट्र मामिलाका जानकारले 'दुखद, अनपेक्षित र अस्वीकार्य' भनेका छन्।
बेल्जियमको राजधानी ब्रसेल्समा सम्पन्न १३ औं इयु–भारत सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा 'नेपालमा दिगो र समावेशी संवैधानिक समाधान आवश्यक रहेको' उल्लेख गरेपछि नेपाल र भारतको सम्बन्ध थप बिग्रने आशंका बढेको हो। भारत आफैँले नेपालसँगको सम्बन्ध सुधार्नेभन्दा पनि नेपालविरुद्ध 'अन्तर्राष्ट्रिय अभियान' चलाएपछि सम्बन्ध थप चिसिन पुगेको छ।
'भारत र इयुले संयुक्त विज्ञप्तिमार्फत जुन अभिव्यक्ति दिए, त्यो दुःखद र अनपेक्षित छ, यो टिप्पणी स्वतन्त्र र सार्वभौम राष्ट्रले स्वीकार्नसक्ने खालको छैन,' एकीकृत माओवादी उपाध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, 'यो सिधै आन्तरिक मामिलामा हस्तक्षेप हो। भारतले सम्बन्धमा तिक्तता बढाएको छ।'
नाकाबन्दी हटेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेपछि पनि भारतले नेपालसँगको सम्बन्धलाई पहिलेकै अवस्थामा नहेरेको बुझाइ श्रेष्ठको छ। उनले थप स्पष्ट पारे, 'भारतबाट फर्केपछि हाम्रो प्रधानमन्त्रीले समस्या समाधान भयो भनेर जुन घोषणा गर्नुभयो, त्यो नै गलत थियो। संविधान जारी भएपछि भारतले नेपालसँगको सम्बन्धलाई सहज रूपमा लिएको छैन भन्ने कुरालाई इयुसँगको संयुक्त विज्ञप्तिले थप प्रमाणित गरेको छ।'
असोज ३ गते नयाँ संविधान जारी भएपछि भारतले त्यसको स्वागत नगरी विज्ञप्ति जारी गर्दै नेपालमा संविधान जारी भएको 'जानकारी' भएको भन्ने मात्र उल्लेख गरेको थियो। लगत्तै नेपालमाथि नाकाबन्दी लगाएको थियो। यसैबीच भारतीय प्रधानमन्त्रीले कात्तिकमा बेलायत भ्रमण गर्दा पनि भारतले नेपालको आन्तरिक मामिलामा बेलायतलाई पनि इयुलाई जस्तैगरी तानेको थियो। बेलायत र भारतले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालको संविधान समावेशी नभएकोमा असन्तुष्टि व्यक्त गरिएको थियो। प्रधानमन्त्री ओलीले नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने अडान लिएपछि बाध्य भएर भारतले नेपालमाथिको नाकाबन्दी खोलेको थियो। त्यसपछि नेपाल–भारत सम्बन्ध सामान्य बन्दै गएको र नयाँ सदभाव अघि बढेको अनुमान धेरैले गरेका थिए।
'उनीहरु (इयु र भारत) नेपालमा दिगो र समावेशी संवैधानिक समाधान आवश्यक छ भन्नेमा सहमत छन्, जसले संविधानका बाँकी मुद्दा समयसीमाभित्र सम्बोधन गर्नेछ। यसले राजनीतिक स्थिरता र आर्थिक विकास प्रवर्द्धन पनि गर्नेछ,' बुधबार इयु–भारतले जारी गरेको संयुक्त विज्ञप्तिको १७ नम्बर बुँदामा उल्लेख छ।
'ओलीज्यूको भारत भ्रमणमा मोदीजी कूटनीतिक मर्यादा उल्लंघन हुने गरी जसरी प्रस्तुत हुनुभयो, त्यसपछिको पत्रकार सम्मेलनमा भारतीय विदेशसचिव एस. जयशंकर जसरी प्रस्तुत भए र विवाद हुँदा जसरी संयुक्त विज्ञप्ति जारी हुन सकेन, यसले प्रस्ट पारेको छ– भारत नेपालसँगको सम्बन्ध सामान्य बनाउनेतर्फ सकारात्मक छैन। पश्चिमाले भारतको आँखाबाट हेरे, उनीहरु पनि गलत नीतिको सिकार बने,' श्रेष्ठले भने।
ज–जसले नेपालको संविधानलाई असमावेशी भनिरहेका छन्, ती देशको संविधानभन्दा नेपालको संविधान कयौं गुणा बढी समावेशी भएको बुझाइ नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको छ। उनले मित्रराष्ट्रहरु नेपालको संविधानलाई लिएर चिन्तित हुन नपर्ने बताए। 'हाम्रा मित्रराष्ट्रले नेपालको संविधान नेपाली जनताको आवश्यकताअनुसार समावेशी छैन कि भनेर चिन्ता लिनुपर्ने अवस्था छैन। हामी आफँै देश र जनताको आवश्यकताअनुसार संविधान गतिशील बनाउन जागरुक छौं,' उनले भने। भारत र इयुले नेपालको आन्तरिक विषयमा बोल्न आवश्यक नरहेको उनले बताए।
बेलायत र इयु दुवैले नयाँ संविधान जारी गरेपछि त्यसको खुलेर स्वागत गरेका थिए। भारतीय प्रधानमन्त्रीको भ्रमणपछि भने संयुक्त विज्ञप्तिमा नेपालको विषयमा उनीहरुले टिप्पणी गरेका हुन्। भारतले बेलायत र इयुसँग जारी गरेको छुट्टाछुट्टै संयुक्त विज्ञप्तिमा नेपालको विषयमा 'समयसीमाभित्र' भन्ने शब्दावली मात्र फरक छ। यो शब्दावली बेलायतसँग जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको थिएन। तर, बिहीबार इयुसँग जारी गरिएको संयुक्त विज्ञप्तिमा भने समयसीमाभित्र संवैधानिक समाधान खोज्न नेपालमाथि दबाब दिइएको छ।
'नयाँ संविधानको स्वागत गरेको इयुले एकाएक किन असन्तुष्टि जनायो, यो बु‰न सकिएन, भारत तनावमा रहेका बेला बेलायतसँग यस्तो विज्ञप्ति आउनुलाई सामान्य रूपमा लिन सकिए पनि अहिले नेपाल–भारत सम्बन्धमा नयाँ सद्भाव कायम गर्ने भनिरहँदा इयुसँग आएको विज्ञप्तिले सम्बन्ध सामान्यीकरण गर्न सक्दैन,' राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भने।
इयु र भारतले जारी गरेको संयुक्त विज्ञप्तिलाई लोहनीले 'नकारात्मक' बताए। उनले भने, 'नेपालको संविधानलाई भारतीय प्रधानमन्त्रीले ऐतिहासिक भन्नुभयो। भारतीय विदेशमन्त्रीले त पछि स्वागत पनि गर्नुभयो। भारतीय गृहमन्त्रीले कोसेढुंगा बताउनुभयो। अहिले इयुसँग यस्तो विज्ञप्ति आउँछ। यसबाट के बु‰न सकिन्छ भने नेपालको सम्बन्धलाई लिएर भारतीय नेताबीच नै स्पष्ट धारणा बनेको छैन।'
उनले इयुसँग संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिले नेपालसँगको सम्बन्ध थप बिगार्ने बताए। 'यो भारतको मात्र नभई इयुको पनि सही कदम होइन। सानो देश भनेर नेपाललाई उपेक्षा गरेजस्तो देखिन्छ। जे भएको छ, त्यो ठिक छैन,' उनले भने।
नेकपा एमालेका सांसद तथा एमालेका पूर्व विदेश विभाग प्रमुख राजन भट्टराईले नेपालको आन्तरिक मामिलालाई भारतले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न नहुने बताए। इयु–भारत मात्र रहेको फोरममा नेपाल तानिनु आफैँमा आश्चर्यजनक भएको उनले जनाए। 'सानो मुलुक भनेर हेप्ने पनि हद हुन्छ। यो सिधै आन्तरिक मामिलामा हस्तक्षेप हो,' भट्टराईले भने।
भारतले पटक–पटक नेपालको संविधानमाथि प्रश्न उठाएर दुई देशबीचको सम्बन्ध र सदभाव बिगारेको आरोप उनले लगाए। उनले भने, 'नेपाललाई अर्को बाटोतर्फ मोड्न यस्तो गरिएको हो भने यसले यो क्षेत्रलाई नै अहित गर्छ।' पुस पहिलो साता सरकारले आन्दोलनरत मधेसकेन्द्रित दलको माग सम्बोधन गर्न राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने, प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र कायम रहनेगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने, सीमांकन विवाद तीन महिनाभित्र सुल्झाउने लगायत निर्णय गर्दै संविधान संशोधन गरेको थियो। त्यसपछि भारतले सरकारको उक्त कदमको स्वागत गरेको थियो। लगत्तै ओलीले भारत भ्रमण गरेका थिए।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण गरी तीनवटा माग पूरा गर्ने मौखिक सहमति गरेरअनुसार सरकारले निर्णय लिएको थियो। पहिलो निर्णयमा राज्यका निकायमा समानुपातिक समावेशी सहभागितता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेगरी जनसंख्या आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख थियो।
सरकारले दोस्रो निर्णयमा प्रदेश सीमांकन सम्बन्धमा आन्दोलनरत दलले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुरुप संविधानमा उपयुक्त व्यवस्था गर्ने उल्लेख गरिएको थियो। यस्तो राजनीतिक सहमतिका लागि एकसंयन्त्र गठन गरिने र उक्त संयन्त्रले ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन दिने भनिएको थिायो। यो संयन्त्र त गठन भयो तर मधेसी दल यसमा जान मानेका छैनन्। सरकारले तेस्रो निर्णयमा नागरिकतालगायत अन्य मागलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिने उल्लेख गरेको थियो।
भारतसँग भएका तीन सहमतिमध्ये पहिलो पूर्ण रुपमा कार्यन्वयनमा आएको छ भने दोस्रो आंशिक रुपमा। तेस्रो निर्णय भने सम्बोधन गरिएको छैन। भारतले बाँकी दुई निर्णय कार्यान्वयन गराउन विभिन्न विज्ञप्ति निकाल्दै दबाब दिएको बुझाइ परराष्ट्र मामिला जानकारहरूको छ। 'यसको एउटै समाधान भनेको संविधान कार्यान्वयन गरेर देखाउनु हो। हामीले व्यवहारबाटै हाम्रो संविधान समावेशी छ भनेर देखाउन सक्नुपर्छ। अनि मात्र कसैले औंला उठाउन सक्दैन,' श्रेष्ठले भने।