काठमाडाैं-नेपालको संविधान सम्बन्धमा छिमेकी मुलुक भारत र युरोपियन युनियन (इयु)बाट अाएको संयुक्त विज्ञप्तिलाई आन्दोलनरत तराई मधेस सदभावना पार्टीले स्वागत गरेको छ ।काठमाडौंमा आइतबार बसेको सो पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले भारत र इयुको संयुक्त बिज्ञप्तिलाई स्वागत गरेको हो ।
नयाँ संविधानप्रति असहमति राख्दै ८ महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागलाई सम्वोधन गर्नेगरी उक्त संयुक्त विज्ञप्ति आएकाले स्वागत गरिएको बरिष्ठ नेता रामेश्वर रायले बताए । 'हामीले आन्दोलनका क्रममा उठाएको मागलाई सम्वोधन गर्दै भारत र युरोपियन युनियनको संयुक्त बिज्ञप्ति आएको छ, त्यसलाई हामीले स्वागत गरेका छौं' रायले नागरिकन्युजसँग भने, 'उत्पीडन र बिभेदमा परेका समुदायको मागको पक्षमा अन्तराष्ट्रिय समुदाय उभिएको यो दृष्टान्त पनि हो, यसले मोर्चालाई उर्जा थपेको छ ।'
नेपालको संविधान अपूर्ण भएको भन्दै समयसिमा नै तोकेर सम्वोधन गर्नकालागि भारत र इयुले गत चैत १८ गते संयुक्त बिज्ञप्ति निकालेका थिए ।
उक्त बैठकले पार्टी छाडी गएकाहरुलाई पुनः पार्टीमा आवद्ध हुन पनि सार्वजनिक रुपमा अपिल गर्ने निर्णय गरेको छ । 'बिगतमा पार्टी छाडी अन्यत्र गएकालाई पुनः पार्टीमा फर्केर बिभेद बिरुद्धको लडाईमा उभिन पार्टीले अपिल पनि गरेको छ' रायले बैठकको निर्णयबारे जानकारी दिदै भने ।