काठमाडौं- जलविद्युत तथा पूर्वाधार आयोजनाले वनक्षेत्र ओगटेबापत सट्टाभर्ना जग्गा खोज्नुपर्ने झन्झटबाट आयोजना प्रवर्द्धकले मुक्ति पाउने भएका छन्। आयोजनाले ओगटेबराबरको जग्गा वन मन्त्रालयले नै व्यवस्थापन गर्न संसदको कृषि तथा जलस्रोत समितिले सरकारलाई निर्देशन दिएपछि प्रवर्द्धकले यसबाट छुटकारा पाएका हुन्।हाल आयोजनाले ओगटेजति जग्गा खोजेर सम्बन्धित जिल्लाका वन कार्यालयलाई बुझाउनुपर्ने प्रावधान छ। उक्त जग्गामा वृक्षरोपण गर्नुपर्ने र पाँच वर्षसम्म त्यसको संरक्षण गर्नुपर्ने दायित्व पनि आयोजनालाई नै रहँदै आएको थियो। प्रवर्द्धक जग्गा खोज्न अलमलिँदा आयोजना बन्न नसक्ने र वातावरण संरक्षणको काम पनि प्रभावकारी नहुने ठहर गर्दै समितिले यसको जिम्मा वन मन्त्रालयलाई नै दिने निर्णय गरेको हो।
आयोजनाले ओगटेको वनबराबर सट्टाभर्नामा जग्गाको साटो नगद दिन चाहे मन्त्रालयबाटै त्यसको व्यवस्था गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। 'यसो हुँदा प्रवर्द्धकले आयोजना निर्माणमा ध्यान दिने समय हुन्छ, जग्गा खोजेर वृक्षरोपण गरी त्यसको संरक्षणको टाउको दुखाइरहनु पर्दैन,' समिति सभापति गगन थापाले भने, 'आयोजनाले बुझाएको रकम अन्य कुनै प्रयोजनमा खर्च गर्न पाइँदैन।'
प्रवर्द्धकले गर्नुपर्ने काम वन मन्त्रालय वा त्यसभित्रको कुनै एकाइले जिम्मा लिँदा लक्षित पूर्वाधार आयोजना निर्माणले गति लिने पनि थापाले बताए। एक महिनाभित्र छुट्टै एकाइ खडा गरी काम सुरु गर्नुपर्ने वा मन्त्रालय आफैंले यसको जिम्मा लिनुपर्ने व्यवस्था गर्नसमेत समितिले वन मन्त्रालय र सरकारलाई निर्देशन दिएको छ।
कृषि तथा जलस्रोत समितिको अगुवाइमा विकास र वातावरण समितिसहितको संयुक्त बैठकमा वनमा पर्ने जग्गा अधिग्रहण र रुख कटानले आयोजना निर्माणमा समस्या थपिएकाले सम्बन्धित निकायले नै प्रभावकारी काम गर्नुपर्नेमा अधिकांश सांसदको जोड थियो।
जलविद्युत तथा सडकसम्बन्धी आयोजना निर्माण गर्दा राष्ट्रिय वनसँग जोडिएको निजी जग्गा खरिद गरी सट्टा भर्ना गर्नुपर्ने प्रावधान छ। यस्तो प्रावधानले लामो समयसम्म आयोजना बन्न नसक्ने हुँदा प्रवर्द्धकले जग्गाबापत रकम मन्त्रालयलाई नै दिएर काम गर्दा सहज हुने सांसदको तर्क छ।
पूर्वाधार आयोजनाले ओगट्ने वनक्षेत्रबराबर जग्गा अन्य ठाउँमा किनेर व्यवस्थापन गर्न मन्त्रिपरिषदले नै विशेष निर्णय गर्नुपर्ने वनसचिव उदयचन्द ठाकुरले बताए। 'ऊर्जा मन्त्रालय वा मन्त्रिपरिषदबाट हुने सिफारिसकै आधारमा वन मन्त्रालय काम गर्न तयार छ,' उनले भने, 'तराई तथा चुरे क्षेत्रमा वन मासिँदै गएकाले वन तथा वातावरण संरक्षणलाई पनि बेवास्ता गर्नु हुँदैन।'
पूर्वाधार आयोजना निर्माणमा समस्या खडा गर्न नहुने तर विकासका नाममा वन वातावरण विनाश गर्न नहुने वातावरण मन्त्रालयका एक अधिकारीले बताए। 'प्रवर्द्धकले वनक्षेत्रबराबर जग्गाको मूल्यांकन गरेर रकमभन्दा जग्गा नै दिँदै बढी प्रभावकारी हुनेछ,' ती अधिकारीले बताए।
२०६७ मा तत्कालीन प्राकृतिक स्रोत तथा साधन समितिले आयोजनाले ओगट्ने वनक्षेत्र बराबरको जग्गा अन्य ठाउँमा किनेर सट्टाभर्ना दिनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णय तथा निर्देशनका आधारमा वन मन्त्रालयले कारबाही गर्दै आएको थियो। तर, अहिले कृषि तथा जलस्रोत समितिले नै पुरानो निर्णय उल्ट्याएको छ।
वन मन्त्रालयले नै जग्गा किन्ने र व्यवस्थापनको जिम्मा लिँदा काम प्रभावकारी हुन नसक्ने वातावरण समितिका सभापति जनकराज चौधरीले शंका व्यक्त गरे। 'वन विकास कोषको रकम राम्रोसँग खर्च गर्न सकेको छैन, त्यो खर्च गर्ने निर्देशिका र कार्यविधि छैन,' उनले भने, 'वन मन्त्रालयले आफ्नो तरिकाले खर्च गर्दा भोलि अर्थ मन्त्रालयले कुन नियमअनुसार खर्च गरेको भनेर सोध्न सक्छ।' यस्तो अवस्थामा प्रवर्द्धकबाट जम्मा भएको रकम खर्च हुनेमा उनले शंका व्यक्त गरे।
विकास समिति सभापति रवीन्द्र अधिकारीले विकसित मुलुकमा जस्तो वातावरण संरक्षणका कुरा मात्र उठाएर पूर्वाधार निर्माणले गति नलिने बताए। 'विकासका नाममा वन वातावरण नष्ट गर्नुपर्छ भन्ने होइन, विकास र वातावरण संरक्षण एकसाथ गर्नुपर्छ,' उनले भने।
वनक्षेत्रको जग्गा र पूरक वातावरणीय अध्ययनले आयोजना निर्माणमा समस्या थपिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यससम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन लगानी बोर्डलाई निर्देशन दिएका थिए।
वनक्षेत्रको जग्गा सट्टाभर्ना तथा पूरक प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया सरलीकरणबारे अध्ययन गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त संयोजकत्वको समितिले वनसम्बन्धी विद्यमान कानुन परिमार्जन गर्न सुझाव दिएको छ।
उक्त समितिले पनि वनक्षेत्र भाडामा लिएबापत जग्गा नै शोधभर्ना दिनुपर्ने व्यवस्था हटाउनुपर्ने सुझाव दिएको छ। सुझाव समितिले दिएको सुझाव नै कृषि जलस्रोत समितिले निर्णयका रूपमा अघि सारेको थियो।
जलविद्युत आयोजना निर्माण गर्दा मासिएका रुखको हकमा १ बराबर २ अनुपातमा वृक्षरोपण गर्ने र हुर्काउने जिम्मा सरकारले तोकेको निकायलाई नै दिनुपर्ने सुझाव कृषि समितिले निर्देशनका रूपमा पेस गरेको थियो।
पूरक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन गर्दा फरक पर्न आउने क्षेत्रफल र रुख संरक्षण वन मन्त्रालयलाई निर्देशन दिने समितिको निर्देशन छ। आयोजनाले चर्चेको वन क्षेत्रको जग्गा क्षेत्रफल एवं काटिने रुख–बिरुवाको संख्यामा १०५ सम्म थप–घट भएमा पूरक प्रारम्भिक वातावरणीय परीक्षण वा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्न नपर्ने व्यवस्था मिलाउन जनसंख्या तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन दिइएको छ।