काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रिक्त संसदीय दलको बुधबार हुने निर्वाचनमा देउवा र पौडेलले उम्मेदवारी दिने भएका छन्।
सभापति देउवाले दलको नेतामा उम्मेदवारी दिने निकट नेताहरूले बताउँदै आए पनि अर्को पक्षबाट को उम्मेदवार बन्छ भन्ने टुंगो थिएन। पौडेलनिकट नेताको भेलाले आइतबार पार्टी सभापतिमा जस्तै दलको नेतामा पनि उनैलाई अघि सार्ने निर्णय गरेको छ।
नेता पौडेलको सम्पर्क कार्यालय ढुंगेधारामा बसेको निकट नेताको भेलाले पौडेललाई दलको नेतामा निर्वाचित गराउन कुनै कसर बाँकी नराख्ने निष्कर्ष निकालेको छ। भेलामा सहभागी ६० भन्दा बढी सांसदले पौडेललाई दलको नेतामा निर्वाचित गराउन आ–आफ्नो ठाउँबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
'रामचन्द्र पौडेल होइन, आफैँ उम्मेदवार भएजस्तो गरी लाग्ने समझदारी भएको छ,' बैठकमा सहभागी केन्द्रीय सदस्य ह्दयराम थानीले भने, 'प्रकाश दाइ(प्रकाशमा सिंह)ले हाम्रो नेता उहाँ नै हो भन्नु भयो हामीले समर्थन जनायौ।'
महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालासहित नेताले आफ्नो पक्षको नेता पौडेल नै भएकाले दलको नेतामा उनैलाई अघि सार्नुपर्ने धारणा राखेका थिए। उनीहरूले पार्टीलाई एकताबद्ध बनाउन सभापति देउवाले दलको नेतामा पौडेललाई समर्थन गर्नुपर्ने धारणासमेत राखेका थिए।
'शेरबहादुरजीले सभापति निर्वाचित भएपछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने जुन सन्देश दिँदै आउनुभएको छ, त्यसलाई व्यवहारमा उतार्ने समय आएको छ,' बैठकमा सहभागी एक नेताले भने, 'उहाँले नै पौडेललाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुपर्छ।'
सबै लाग्दा चुनाव जित्न सकिन्छ भेलाले ठहर गर्दै सभापति देउवा पार्टीलाई मिलाएर अघि बढ्ने पक्षमा नरहेको सहभागिहरुले गुनासो गरेका थिए। 'पार्टीलाई मिलाएर लैजानभन्दा उहाँ(सभापति) पहिलो बैठकबाट नै चुनावको तयारीमा लाग्नु भयो,' सहभागि एक नेताले भने, 'अरुका लागि पद छाड्न उहाँ तयार हुनुहुन्न।'
आफैं दलको नेता बन्न सक्रिय सभापति देउवाले त्यसलाई अस्वीकार गरिसकेका छैनन्। महाधिवेशनमा पाएको समर्थनको आंकलन गर्दै देउवा आफ्नो पक्षमा सुविधाजनक बहुमत रहेकोमा ढुक्क छन्। 'महाधिवेशनअघि र महाधिवेशनक्रममा दलको नेता र प्रधानमन्त्री बन्न गरेको प्रस्ताव शेरबहादुरजीले गर्नुभएकै हो,' निकट नेता विमलेन्द्र निधिले भने, 'पौडेलजी सहमतिका लागि तयार देखिनुभएन।'
सभापति देउवा दलको नेताको उम्मेदवार बन्ने जानकारी दिँदै निधिले भने, 'दलको नेतामा सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने समझदारी बनेको छ।'
सभापतिमा पराजित भएपछि एक व्यक्ति, एक पदको कुरा नेता पौडेलले गर्न नसुहाउने भन्दै देउवानिकट एक नेताले भने, 'मुखमा आएको संसदीय दलको नेता छोड्ने कुरा आउँदैन, कृष्णप्रसाद सिटौलासहित नेताको पनि हामीलाई समर्थन रहन्छ।'
पौडेललाई नेता मान्न र देउवासँग जान नसकेकै कारण १३ औं महाधिवेशनमा सभापति प्रत्याशी बनेको बताउँदै आएका सिटौलाको समर्थन संसदीय दलमा कसलाई रहन्छ भन्ने टुंगो लाग्न बाँकी छ।सिटौलाले आइतबार साँझ गगन थापाका साथै निकट व्यक्तिसँग छलफल गरेका छन्। उनसँग गगनकुमार थापा, उषा गुरुङ, गणेशप्रसाद बिमली, अमृतलाल राजवंशीसहित सांसद छन्।
पौडेलपक्षीय सांसदको भेलाले संसदीय दल र कार्यसमिति निर्वाचन एकैसाथ गर्न सोमबार बस्ने संसदीय दल र केन्द्रीय समितिको छुट्टाछुट्टै बैठकमा नेतृत्वसँग माग गर्नेछन्। पार्टीले गठन गरेको निर्वाचन समितिले बुधबार संसदीय दलको नेता र शुक्रबार संसदीय दल कार्यसमितिको निर्वाचन गर्ने कार्यक्रम बनाएको छ।
त्यस्तै, नयाँ संविधानसँग नबाझिनेगरी संसदीय दलको विधान संशोधन गर्नुपर्नेमा जोड दिँदै भेलाले पाँच विकास क्षेत्रलाई प्रदेशमा परिणत गर्नुपर्ने, थारु र मुस्लिमलाई पनि आरक्षण कोटा छुट्याउने जनाएको छ। कार्यसमितिको आकार बढाउने कुरामा भने विपक्षमा उभिने पौडेलपक्षको तयारी छ।
तर, नेता निधिले दुवै पक्षको समझदारीमा विधान संशोधन प्रस्ताव तयार भइसकेको जानकारी दिँदै भने, 'संसदीय दलको प्रमुख सचेतक वा सचेतकले संशोधन प्रस्ताव बैठकमा पेस गर्नुहुन्छ।'
विधानअनुसार संशोधन प्रस्ताव पेस गर्न व्यक्ति नभएकाले दुवै पक्षको समझदारीमा प्रमुख सचेतक/सचेतकले पेस गर्ने बैठकले निर्णय लिनेछ। त्यसका लागि कांग्रेसले सोमबार बिहान ८ बजे संसद भवन नयाँ बानेश्वरमा दलको बैठक बोलाएको छ। बिहानको खाना र दिउँसोको नास्तासहित बोलाइएको बैठकले विधान संशोधन प्रस्ताव पारित गर्नेछ भने दिउँसो २ बजे बोलाइएको केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्नेछ।
संसदीय दलको नेता नभएकाले सोमबारको बैठकमा दलका जेठा सदस्य कुलबहादुर गुरुङले अध्यक्षता गर्नेछन्। संसदीय दलको बैठकको अध्यक्षता गर्न सभापति देउवाले गरेको आग्रह गुरुङले स्वीकार गरिसकेको नेता निधिले जानकारी दिए। 'संसदीय दल विधानको व्यवस्थाअनुसार उहाँलाई बैठक अध्यक्षता गर्न सभापतिजीले आग्रह गर्नुभएको हो,' उनले भने।
यसअघि कांग्रेसमा सभापति वा कार्यवाहक सभापतिले नै दलको नेता चयन नहुँदा बैठक अध्यक्षता गर्ने गरेका थिए।