हरित ऊर्जाको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छः ऊर्जामन्त्री
२७ भदौ २०७९
•
४ मिनेट पाठ
हरित ऊर्जाको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छः ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत् आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायतका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छिन्।




नेपाल हाइड्रोपावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले जलविद्युत् आयोजनाको दिगो विकासका लागि भरपर्दो र बलियो संरचना निर्माण गर्न, वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागिपरेको बताइन्। मन्त्री भुसालले जनताको गुणस्तरीय जीवनका लागि आवश्यक कानून, निर्देशिका र मापदण्ड तयार गरी लागू गरेको स्पष्ट पारिन्।

मन्त्री भुसालले भनिन् , 'हरित ऊर्जा, विशेषगरी जलविद्युत् र नवीकरणीय ऊर्जाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकाससमेतलाई ध्यानमा राख्दै अख्तियार गर्नुपर्ने कदमबारे छलफल गर्न महत्वपूर्ण मञ्चका रूपमा काम गर्नेछ भन्ने विश्वास लिएको छु।'

जलवायु परिवर्तनका कारण विश्वका धेरै राष्ट्रसँगै हामीले अप्रत्यासित बाढी पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप, जैविक विविधतामा ह्रासलगायतका असर भोग्नुपरिरहेको यस समयमा दिगोरुपमा जलविद्युत् आयोजनाको विकास, व्यवस्थापन र उपयोग गर्ने विषय अत्यन्त सान्दर्भिक रहेको मन्त्री भुसालको भनाइ छ।

दिगो विकास विश्वव्यापीरुपमा समृद्धिको सिर्जना, वितरण र दिगोपना हासिल गर्नेतर्फ जोडिएको कार्यसूची पनि हो। दिगो विकासको लक्ष्य मुलुककै प्रतिबद्धता भएको मन्त्री भुसालको भनाइ छ। किफायति, विश्वसनीय, भरपर्दो र आधुनिक ऊर्जामा सबैको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न पनि जलविद्युत् आयोजनाको दिगोरुपमा विकास गरिनुपर्ने आवश्यकतामा मन्त्री भुसालले जोड दिइन्।

नेपालमा उपलब्ध प्रचुर जलस्रोतको विकासबाट देशभित्रको नवीकरणीय ऊर्जाको बढ्दो माग पूरा गर्दै बढी भएको स्वच्छ ऊर्जा छिमेकी मुलुकसम्म पुर्‍याउनसक्ने उनको भनाइ छ। पेरिस सम्झौता र एजेन्डाअनुरूप, हामीले कम कार्बन र जलवायु–उत्थानशील वृद्धि सुनिश्चित गर्न जीवाश्म (फोसिल) इन्धनमा हाम्रो परनिर्भरता कम गर्न आवश्यक रहेको मन्त्री भुसालको भनाइ छ।

नवीकरणीय र दिगो ऊर्जाका स्रोतको समुचित विकास, व्यवस्थापन र उपयोग गर्दै जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्नेतर्फ हाम्रा प्रयास केन्द्रित हुनुपर्दछ भन्ने कुरामा सरकार स्पष्ट रहेकामा उनले जोड दिइन्।

सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने, सन् २०२६ सम्ममा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न एवं सवल अर्थतन्त्रको विकास गर्न कृषि, पर्यटन,औद्योगिक क्षेत्रसहित जलविद्युत् आयोजनाको तिब्र विकास हुनु आवश्यक रहेको उनको भनाइ छ।

गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन जलविद्युत् आयोजना, प्रसारण एवं वितरण लाइन तथा सवस्टेशन निर्माणमा विशेष प्राथमिकता दिइएको जानकारी दिँदै उनले जलविद्युत्को विकासका लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थितरूपमा आयोजना विकासलाई अघि बढाउने नीति लिइएको बताइन्।

नेपालको जलविद्युत् विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान गर्न सफल भएको छ। हालका वर्षमा नेपालमा जलविद्युत् आयोजनाको विकास सन्तोषजनकरुपमा अगाडि बढेको छ। हाल नेपालको कूल विद्युत् जडित क्षमता करिब दुई हजार दुई सय मेगावाट पुगेको छ। यस्तै विद्युत्को माग एक हजार आठ सय मेगावाटको हाराहारीमा रहेको छ। उत्पादित विद्युत् स्वदेशमै खपत हुन नसकेमा निर्यात गर्ने नीति लिइएको उनले जानकारी दिइन्।

वर्षाको समयमा बढी हुने तीन सय ६४ मेगावाट विद्युत् भारतमा निर्यात भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा  तीन अर्ब ८४ करोडको विद्युत् निर्यात गरेको थियो भने चालू आर्थिक वर्षको श्रावण महिनामा एक अर्ब ८४ करोडको विद्युत् निर्यात गरिसकेको छ।

चालू आर्थिक वर्षको अन्त्यसम्म करिब रु १६ अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरिएको छ। यसबाट हाम्रो देशमा उत्पादित नवीकरणीय जलविद्युत्ले छिमेकी देशसहित सिङ्गो विश्वलाई नै हरित ऊर्जाको योगदान गर्नसक्ने सम्भावनालाई पुष्टी गर्ने उनको भनाइ छ।

'नेपालको जलविद्युत् विकासमा अन्तर्राष्ट्रिय ज्ञान, सीप, स्रोत र प्रविधिको प्रयोग गर्न नेपाल सरकार इच्छुक छ। यस कार्यशालाबाट जलविद्युत् विकासमा थप सहकार्यको ढोका खुल्ने विश्वास लिएको छु',उनले भनिन्।  

उनले नेपाललाई भरपर्दो विद्युतीय ऊर्जा सुनिश्चिताका लागि अर्धजलाशय एवं  जलाशययुक्त जलविद्युत् आयोजनाको विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्।
अर्को समाचार
मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ: मन्त्री भुसाल
०५ कार्तिक २०७९
•
१ मिनेट पाठ
मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ: मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई  सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताएकी छिन्।  




ललितपुर महानगरपालिका १४ नं वडामा स्थापना गरिएको सत्ता गठबन्धनका तर्फबाट निर्वाचन प्रचारप्रसार कार्यालय आज उद्घाटन गर्दै उनले ललितपुरको कला, सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिइन्।

'ललितपुरको कला र संस्कृतिको विकास तथा पर्यटन प्रवद्र्धन गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्छ', मन्त्री भुसालले भनिन्, 'पर्यावरण संरक्षण गर्दै स्वच्छ वातावरण प्रवद्र्धन गर्नुपर्छ, पछाडि परेका महिला, आदिवासी जनजाति तथा बालबालिकालाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ, तबमात्र समृद्धि हासिल हुन्छ।'

ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेकी उनले भनिन्, “हरेक घरघरमा अर्ध बेरोजगारको अवस्था छ, स्रोत साधन र सम्पदालाई एकै ठाउँमा राखेर मुलुकलाई सम्पन्न बनाउनुपर्छ, बेरोजगारको समस्या समाधान गर्नुपर्छ।”  

नेपालको संविधानबमोजिम प्रतिनिधिसभा सदस्यका लागि आवश्यक योग्यता पुगेका नागरिकलाई जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने व्यवस्था गरेकाले आफूले गएका तीन वटा निर्वाचन ललितपुरबाट नै सहभागी भएको मन्त्री भुसालले जानकारी गराइन्। 'विगत ४० वर्षदेखि म ललितपुरबाटै सक्रिय राजनीति गरिरहेको छु', उनले भनिन्, 'यससम्बन्धमा कोही पनि भ्रममा पर्न जरुरी छैन।' 

गणतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको जनाउँदै मन्त्री भुसालले मुलुकको स्थायित्वका लागि देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिइन्।  

नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति एवं ललितपुर क्षेत्र नं ३ ९२० का उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याइन्। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस