काठमाडौं— प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संविधान कार्यान्वयनको अभिभाराबाट पन्छिएर अस्थिरता निम्त्याउने कारण बन्न सक्ने सत्तारूढ नेकपा एमालेले ठहर गरेको छ। राजधानीमा मंगलबार सुरु एमाले पोलिटब्युरो बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो औंल्याइएको हो।
राष्ट्रिय स्वाभिमान र स्वाधीनताका मुद्दामा कमजोर प्रस्तुति, कम्युनिस्टमाथि पूर्वाग्रही दृष्टिकोणसँगै कतिपय कांग्रेस नेताले संविधानबारे दिएको अभिव्यक्तिले यस्ता शंका उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।
'संविधान कार्यान्वयनको मुख्य अभिभाराबाट विचलित भएर कतै कांग्रेस अस्थिरताको कारक बन्छ कि भन्ने शंका पैदा भएको छ,' राजनीतिक प्रतिवेदनमा भनिएको छ, 'नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताको प्रश्नमा नेपाली कांग्रेसभित्र प्रकट हुने कमजोरी, कतिपय नेतामा व्याप्त कम्युनिस्ट विरोधी पूर्वाग्रह, भर्खरै महाधिवेशनबाट निर्वाचित कतिपय नेताको संविधानको मर्मविरुद्धका अभिव्यक्ति र संविधान कार्यान्वयन एवं राष्ट्रिय स्वाधीनताको पक्षमा प्रकट नेपाली राजनीतिक विकासक्रमलाई पचाउन नसकेका कतिपय शक्तिकेन्द्रको चलखेलबीच यस्तो प्रश्न उठ्नु स्वाभाविक नै हो ।'
पूर्वसहमति तोडेर गरेको भूल सुधार्दै नेपाली कांग्रेस राष्ट्रिय सहमतिको सरकारमा सहभागी भएर संविधान कार्यान्वयनमा रचनात्मक भूमिका खेलोस् भन्ने एमालेले चाहेको उल्लेख छ ।
सशक्त प्रतिपक्षी दल चाहिन्छ भनी कांग्रेसले गर्र्दै आएको तर्कलाई लक्षित गरी प्रतिवेदनमा 'विगतका सहमति कार्यान्वयनमा रहेको इमानको अभावलाई ढाकछोप गर्न नहुने' जनाइएको छ ।
१६ बुँदे सहमतिको मर्मअनुसार पनि कांग्रेस सरकारमा आउनुपर्ने तर्क गर्दै एमालेले कांग्रेसले भनेजस्तो प्रमुख दल विपक्षमा बस्ने अवस्था अहिले नभएको जनाएको छ । 'संविधान कार्यान्वयनको चुनौतीपूर्ण अभिभाराबीच नेपाललाई नियमित संसदीय अभ्यासमा जस्तो सत्तापक्ष र प्रतिपक्ष होइन, फराकिलो राष्ट्रिय सहमति चाहिएको छ,' प्रतिवेदनमा भनिएको छ ।
प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसले दलबीच एकता देख्न नचाहने शक्तिलाई खुसी पार्न उम्मेदवारी दिएको पनि एमालेले जनाएको छ ।
१२ पृष्ठ लामो प्रतिवेदनमा मधेस आन्दोलन, नाकाबन्दी, प्रधानमन्त्री ओलीको भारत तथा चीन भ्रमण, राजनीतिक समीक्षा, पार्टीको आन्तरिक गतिविधि समीक्षा, संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, पार्टी आगामी कार्यक्रमबारे सविस्तार चर्चा गरिएको छ ।
एमालेले मधेस आन्दोलनका नाममा वास्तविक समस्याबाट ध्यान अन्यत्र मोड्ने गतिविधि भइरहेको जनाएको छ । 'जमिनको स्वामित्व, राजनीतिक शक्ति संरचना र सामाजिक–आर्थिक सम्बन्धमा त्यहाँका कुलीन वर्ग र समुदायको वर्चस्व, त्यहाँ व्यस्त आन्तरिक विभेद, भ्रष्टाचार र अनियमितता एवं शिक्षा, स्वास्थ्य, न्यून विकास तराई–मधेसका मुख्य समस्या हुन्,' प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा मधेस आन्दोलनबाट संविधानको अन्तर्वस्तु र प्रक्रियामा स्वाभाविक रूपमा रहन सक्ने असहमति मात्रै प्रकट भएको बताइएको छ । भनिएको छ, 'अधिकार र मागको आवरणमा देशको अस्तित्व र अखण्डतामाथि धावा बोल्ने काम, आपराधिक षड्यन्त्र पनि देखा परेका थिए, जसलाई स्विकार्न सकिँदैनथ्यो ।'
एमालेले मधेस आन्दोलन क्रममा भएका कार्य जनविरोधी र राष्ट्रविरोधी भएको निष्कर्ष निकालेको छ ।
'आन्दोलनका नाममा भारतीय भूमि प्रयोग गर्ने, दसगजा दुरुपयोग गर्दै नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, बाह्य हस्तक्षेप निम्त्याउने र अत्यावश्यक सामग्री आपूर्ति ठप्प पारेर राज्यलाई असफल बनाउने जनविरोधी र राष्ट्रविरोधी क्रियाकलाप तीव्र पारिए,' प्रतिवदेनमा भनिएको छ ।
भारतको परिवर्तित नीति र लामो आन्दोलनका कारण उत्पन्न कष्टपछि तराई–मधेसका जनताको स्वस्फूर्त प्रतिवादका कारण माघ तेस्रो सातासम्म आइपुग्दा आन्दोलन निस्तेज भएको एमाले ठहर छ । नाकाबन्दीका कारण उत्पन्न समस्या निवारणका लागि वर्षौं लाग्ने पनि ठहर गरिएको छ ।
वर्षाअघि नै भूकम्पपीडितलाई आवास व्यवस्था गरिसक्ने लक्ष्यसाथ सरकार अघि बढेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा दोस्रो दल भएर पनि राज्यको महŒवपूर्ण पदमा आफ्नो दलका नेतालाई पुर्याउन सकेकोमा नेतृत्वका प्रशंसा गरिएको छ।
'नेकपा एमाले संख्यात्मक हिसाबले दोस्रो स्थानमा रहँदारहँदै पनि यी महत्वपूर्ण पदमा (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उप सभामुख) पार्टीको योजना शतप्रतिशत सफलताले हाम्रो पार्टीको नेतृत्व कौशल, पहलकदमी, दूरगामी सोच अभिव्यक्त गरेको छ,' प्रतिवेदनमा उल्लेख छ ।
राज्यको महŒवपूर्ण जिम्मेवारीमा पुगेका वामपन्थीका लागि आफ्नो मान्यता र नेतृत्वक्षमता प्रमाणित गर्ने महŒवपूर्ण अवसर भएको भनिएको छ । 'यस घडीमा हुने कमजोरी वा असफलताले कम्युनिस्ट आन्दोलनको भविष्य र भावी पुस्तामा समेत गम्भीर प्रभाव पार्नेछ, जनतामा कम्युनिस्ट आन्दोलनप्रतिको विश्वासमा ठूलो प्रश्नचिह्न लाग्नेछ,' प्रतिवेदनमा भनिएको छ, 'सरकारमा सम्मिलित सबै दल वा व्यक्तिका लागि पनि यति बेलाको सफलता वा असफलताले व्यक्ति वा समूहको भविष्य निर्धारण गर्ने हामी सबैले बुझ्न जरुरी छ ।'
प्रतिवेदनमा सरकार गठन हुँदैदेखि सुरु मधेस आन्दोलन, भारतीय नाकाबन्दीसहितका समस्या समाधान गर्ने सफल भएको पनि उल्लेख छ ।
नयाँ संविधान र देश संघीय संरचनामा गएको अवस्थामा पार्टीको विधानमा व्यापक हेरफेर गरिने उल्लेख प्रतिवेदनमा त्यसका लागि विधान महाधिवेशन आयोजना गरिने बताइएको छ । तर, तत्कालका लागि संगठनात्मक संरचनालाई संघीय ढाँचामा लैजान केन्द्रीय कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद गठनका लागि विधानमा बाधा अड्काउ फुकाउनुपर्ने उल्लेख छ ।
दुई दिनसम्म चल्ने पोलिटब्युरो बैठकमा सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बुधबारबाट छलफल गर्नेछन्।