काठमाडौं— भारतसँग मिलेर नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाएको सातादिन बित्न नपाउँदै युरोपेली युनियन (इयु)ले संविधानलाई 'ऐतिहासिक कदम' भन्दै पुनः स्वागत गरेको छ। आफैं समय मागेर मंगलबार उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भेट्न उनकै कार्यकक्षमा पुगेकी नेपालका लागि इयुकी राजदूत रिन्छे टेरिन्कले नेपालको संविधानप्रति इयुको समर्थन यथावत रहेको बताइन्।'इयुले नेपालले प्राप्त गरेको राजनीतिक उपलब्धिको सधंै समर्थन गर्दै आएको छ र संविधानलाई ऐतिहासिक कदम भन्दै स्वागत गरेको थियो । हामी हाम्रो पूर्ववत अडानमा यथावत छौं,' उपप्रधान तथा परराष्ट्र मन्त्री थापासँग भेटवार्ता गरी फर्केपछि टेरिन्कले गरेको ट्विटमा उल्लेख छ ।
तीन दिनअघि राजदूत टेरिन्कले उपप्रधान तथा परराष्ट्र मन्त्री थापासँग समय माग गरेकी थिइन्। परराष्ट्रले समय दिएपछि उनी मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रीको कार्यकक्षमा पुगेकी थिइन्। आफ्नै नियोगका उपप्रमुखलाई साथ लिएर उनी मंगलबार अपराह्न १२ बजे परराष्ट्र मन्त्रालय पुगेकी थिइन्। त्यहाँ उनले आधा घन्टा उपप्रधान तथा परराष्ट्र मन्त्री थापासँग इयु–भारतको संयुक्त विज्ञप्ति लगायत विविध विषयमा छलफल गरेकी थिइन्। छलफलको धेरै समय विज्ञप्तिकै विषयमा उनले स्पष्टोक्ति दिएकी थिइन्।
'भेटघाटको सुरुमै उपप्रधानमन्त्री ज्यूले इयु–भारतको संयुक्त विज्ञप्तिमा नेपालको संविधानको विषयले कसरी प्रवेश पायो (?) भन्ने जिज्ञासा राख्नुभएको थियो,' उपप्रधान तथा परराष्ट्रमन्त्री थापाका जनसम्पर्क सल्लाहकार मोहन श्रेष्ठले छलफलबारे जानकारी दिए । जवाफमा राजदूत टेरिन्कले संयुक्त विज्ञप्तिको भाषा हेर्दा आफू आश्चर्यमा परेको बताएकी थिइन्।
'संयुक्त विज्ञप्तिमा छिमेकी मुलुकको नाम पर्छ। नेपालको नाम पहिलो पटक यसरी परेको पनि होइन। हाम्रो मनसाय नेपालीको मन दुखाउने होइन तर भाषा कसरी त्यस्तो पर्याे म आफैं आश्चर्यचकित छु,' राजदूत टेरिन्कको भनाइ उद्वृत गर्दै श्रेष्ठले भने।
संविधानसभाबाट असोज ३ गते नयाँ संविधान जारी भएको पर्सिपल्ट (असोज ५) दक्षिण एसिया हेर्ने इयु संसदीय टोलीको सभापति जिन ल्यामबर्टले विज्ञप्ति जारी गर्दै नयाँ संविधानको खुलेर स्वागत गरेकी थिइन् । विज्ञप्तिमा नयाँ संविधानले नेपालमा स्थिरता, शान्ति र विकासको नयाँ ढोका खोल्ने र त्यसले नेपाललाई नयाँ युगमा प्रवेश गराउने विश्वास व्यक्त गरिएको थियो ।
'नेपालको लोकतान्त्रिक प्रक्रियामा नयाँ संविधान नयाँ प्रस्थान विन्दुका रुपमा रहनेछ,' इयुले संविधान जारी भएपछि असोज ५ गते जारी गरेको विज्ञप्तिमा भनेको थियो । संविधानमै तेस्रो लिंगीको अधिकार सुनिश्चित गर्ने नेपाल एसियाकै पहिलो राष्ट्र भएको उल्लेख गर्दै इयुले नयाँ संविधानलाई समावेशिताको अद्वितीय उदाहरण भन्दै प्रशंसा गरेको थियो ।
इयुले संविधान जारी हुनु दुई दिनअघि (असोज १) पनि विज्ञप्ति जारी गर्दै संविधान जारी हुने दिन ऐतिहासिक बन्ने घोषणा गरेको थियो । नयाँ संविधानले नेपालको राजनीति, स्थिरता र आर्थिक विकासको जग बसाल्ने विश्वाससमेत इयुले व्यक्त गरेको थियो । संविधान जारी भएको साढे ६ महिनापछि इयुले भारतसँग मिलेर निकालेको विज्ञप्तिले भने सारा नेपालीलाई झस्काइदियो ।
चैत १७ गते बेल्जियमको ब्रसेल्लमा सम्पन्न १३ औं इयु–भारत सम्मेलनपश्चात जारी संयुक्त विज्ञप्तिमा संविधानसभाबाट जारी नेपालको संविधान अपूर्ण रहेको सन्देश दिँदै त्यसमा समयसीमामा रहेर दिगो र समावेशी संवैधानिक समाधान खोज्न नेपालमाथि दबाब दिइयो । भोलिपल्टै सरकारले संयुक्त विज्ञप्तिको कडा शब्दमा भत्र्सना ग¥यो । विज्ञप्तिले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको निस्कर्ष निकाल्दै सरकारले यस्ता अनावश्यक वक्तव्यबाजी नगर्न भारत र इयुलाई चेतावनीसमेत दियो ।
भारत र इयुको विज्ञप्तिले नेपालीको भावनामा चोट पु¥याएको ठहर मात्र होइन, संयुक्त राष्ट्रसंघ (युएन)को बडापत्र र अन्तर्राष्ट्रिय कानुनको मूल्यमान्यतासमेत उल्लंघन गरेको भन्दै सरकारले आपत्ति जनायो । इयु–भारत संयुक्त विज्ञप्तिमा नेपालभित्र ठूलो विरोध भएपछि नेपालका लागि इयुकी राजदूत टेरिन्कले उपप्रधान तथा परराष्ट्र मन्त्री थापासँग भेटका लागि समय मागेकी थिइन् । मंगलबार भेटवार्ता जुरेपछि उनले त्यही बेला इयु–भारत संयुक्त विज्ञप्तिबारे स्पष्ट पार्ने प्रयास गरेकी थिइन् ।
भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले संविधानबारे इयुको धारणा फेरिएको हो (?) भनेर प्रश्न गरेपछि उनले दोहो¥याईतेहे¥याई इयुले नेपालीको मन दुखाउन नचाहेको प्रस्टीकरण दिएकी थिइन् । 'संविधानप्रति हाम्रो समर्थन यथावत छ । हामीले नेपालीको मन दुखाउन चाहेको होइन,' परराष्ट्रमन्त्रीलाई आश्वस्त पार्दै राजदूतले टेरिन्कले भनेकी थिइन् ।
इयु राजदूत टेरिन्कलाई उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संविधान नेपालको आन्तरिक विषय भएको स्मरण गराएका थिए । 'यो हाम्रो आन्तरिक समस्या हो । यसको समाधान हामी आफैंले खोज्नेछौं । त्यसका लागि हामी आफैं सक्षम छौं । संविधान र संविधानभित्रका विषयवस्तुमा बाह्य हस्तक्षेप स्विकार्न सकिँदैन,' उपप्रधान तथा परराष्ट्र मन्त्री थापाले राजदूतलाई स्पष्ट रुपमा भने ।
भेटमा भूकम्पपछिको पुनर्निर्माणका विषयमा पनि छलफल भएको दियो । पुनर्निर्माणसहित पछिल्लो पञ्चवर्षीय योजनाका लागि इयुले ३ सय ६० मिलियन युरो नेपाललाई सहयोग गर्ने विषयमा छलफल भएको थियो ।