मेरो काँधमा थप जिम्मेवारी आएको छ: सभापति देउवा
२४ चैत्र २०७२
•
४ मिनेट पाठ
मेरो काँधमा थप जिम्मेवारी आएको छ: सभापति देउवा
काठमाडौँ-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएपछि आफ्नो काँधमा थप जिम्मेवारी आएको बताएका छन्। आज भएको पार्टीको व्यवस्थापिका–संसद्, संसदीय दलको नेताको निर्वाचनमा विजयी भएपछि नेता देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै आफूमा गहन जिम्मेवारी थपिएको बताए।

दलको नेतामा सभापति देउवाले १३९ मत र वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गरे। काँग्रेसमा २०७ सांसद् छन् । "यो पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यास हो, यसमा जितहार हुँदैन, यसमा जिम्मेवारी कसले पायो भन्ने मात्र हुन्छ" उनले भने।

काँग्रेसले जहाँनियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्था हटाएर मुलुकमा प्रजातन्त्रको स्थापना गरेको बताउँदै सभापति देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पार्टीको अहम् भूमिका भएको उल्लेख गरे।

हालसम्मका सबै ठूला राजनीतिक आन्दोलनको नेतृत्व काँग्रेसले नै गरेको दृष्टान्त दिँदै उनले यस कार्यमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेताको ठूलो त्याग र योगदान रहेको स्मरण गरे।

अब प्रजातन्त्रको खिलापमा जो आए पनि टिक्न नदिने बताउँदै सभापति देउवाले भने, "मुलुकलाई समृद्ध बनाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने काममा लाग्नु छ। म यस काममा आफ्नो क्षमताले भ्याएसम्म लाग्ने छु ।"

आफ्ना प्रतिस्पर्धी नेता पौडेलको बारेमा सभापति देउवाले आफूलाई नेता पौडेलको सहयोगको आवश्यकता रहेको बताउदै भने, "उहाँलाई विश्वासमा लिएर पार्टीलाई अझ बलियो बनाएर अघि बढाउने छु ।"

मुलकका वर्तमान समस्या समाधानमा आफू र आफ्नो पार्टी गम्भीर भएर लागेको बताउँदै सभापति देउवाले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण गर्नुका साथै भूकम्पपीडित जनताको तत्काल उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए।

न्यायालय राजनीतिक पार्टीको हस्तक्षेपबाट मुक्त हुनुपर्ने भन्दै उनले मधेसका जायज मुद्दा सहमतिका साथ समाधान गरी संविधानको प्रभावकारी कार्यान्वयन गर्न पार्टी लाग्ने बताए।

मुलुकमा स्थायी शान्ति र कसैले खोस्न नसक्ने प्रजातन्त्रका लागि लाग्ने बताउँदै उनले भने, "विदेशिएका युवालाई स्वदेशमै काम गर्न वैदेशिक लगानी भित्र्याउनुको विकल्प छैन । यसमा सबै लाग्नुपर्छ ।"

बहुदलीय प्रजातन्त्रमा बलियो प्रतिपक्षी नभएमा सत्तापक्ष निरकुङ्श हुने बताउँदै उनले त्यसका लागि काँग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए। रासस
अर्को समाचार
जेठो पार्टीकी कान्छी महाधिवेशन प्रतिनिधि
१३ मंसिर २०७८
•
४ मिनेट पाठ
जेठो पार्टीकी कान्छी महाधिवेशन प्रतिनिधि
१९ वर्षको उमेर। यो उमेर अध्ययनमा केन्द्रित हुने र व्यवहारिक ज्ञान आर्जन गर्ने समय हो। तर सानैमा गह्रुंगो जिम्मेवारी पाएकी छिन् उनले। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायत हजुरबुबा उमेरका नेताहरुलाई नेतृत्व छान्ने कार्यभार कलिलैमा उनको काँधमा आएको छ।

उनी अर्थात, करिना पुरी (१९)। मुलुकको जेठो पार्टी नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि संघीय महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् उनी। त्यो पनि राजनीतिमा खारिएका महिला नेतृबीच चुनावी प्रतिस्पर्धामा उत्रिएर। कांग्रेसको आन्तरिक राजनीतिमा सबैभन्दा आकर्षण र महत्वपूर्ण मानिने महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवामध्ये सम्भवत करिना सबैभन्दा कम उमेरकी हुन्।

‘यो जित कांग्रेसप्रति युवाहरुको आकर्षणको प्रतिक हो,’ महाधिवेशनमा निर्वाचित भएपछि उनले नागरिकसँग भनिन्। सिन्धुपाल्चोक संघीय निर्वाचन क्षेत्र नं. २ बाट उनी निर्वाचित भएकी हुन्। जसको लागि शनिबार अधिवेशन भएको थियो। आइतबार राति अबेर अन्तिम परिणाम सार्वजनिक हुँदा उनी निर्वाचित मात्र भइनन्, लोकप्रिय मत समेत ल्याइन्। महाधिवेशन प्रतिनिधि महिला खुला पदका लागि सात जना चुनावी मैदानमा होमिएकामा उनी दोस्रो भइन्। तीन जना निर्वाचित हुने कोटामा उनले लोकप्रिय ४ सय नौ मत पाइन्। उनीसँगै निर्वाचित दुई र पराजित चार उम्मेदवार उनकी आमाभन्दा पाका उमेरका छन्। करिनाका प्रतिस्पर्धीले जिल्लामा चर्चित नेतृको पहिचान बनाएका थिए।

मेलम्ची नगरपालिका–९ ज्यामिरेकी करिना अबको कांग्रेस नेतृत्व युवाको जोस र अग्रजको अनुभवलाई समेट्न सक्ने हुनु पर्ने तर्क गर्छिन्। ‘युवा उर्जामा अग्रजको अनुभव समेटिए मात्र पार्टी बलियो बन्छ,’ विगतमा युवा जोस र उर्जालाई नेतृत्वले बेवास्ता गरेको तर्फ लक्षित गर्दै उनले भनिन्। कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा, गगन थापाबाट प्रभावित करिना पार्टीको नेतृत्व परिवर्तन गर्ने जिम्मेवारी अब युवाको काँधमा आएको बताउँछिन्। ‘१४ औँ महाधिवेशनमा अझ सशक्त भएर यही आवाज उठाउँछु,’ उनले प्रण गरिन्।

पारिवारीक राजनीतिक पृष्ठभूमिमा हुर्किएकी हुन् उनी। उनकी आमा, ठूलाबुबा र काकाहरु राजनीतिमा सक्रिय छन्। उनका बुबा युवराज पुरी सञ्चारकर्मी हुन्। परिवार राजनीतिमा लागेको र बुबा सञ्चारकर्मी भएकाले उनको घरमा धेरै राजनीतिक बहस हुन्थ्यो। यस्ता बहसले सानैदेखि उनको दिमागमा राजनीति चेत भर्दै लगेको उनी बताउँछिन्। विद्यालय जीवनदेखि नै उनको झुकाव कांग्रेसतिर भइसकेको थियो।

‘पारिवारीक राजनीतिक वातावरणमा हुर्केकी हुँ। बुबा पत्रकार भएकाले उहाँले राजनीति सम्बन्धी रिपोर्टिङ पनि गर्नु हुन्थ्यो। जिल्ला र मुकुलकको राजनीति स्थितिबारे उहाँ घरमा सुनाउनु हुन्थ्यो,’ उनी सुनाउँछिन्, ‘घरमा सबै पार्टीको नीति, सिद्धान्तबारे छलफल हुन्थ्यो। यस्ता बहस सुन्ने क्रममा म कांग्रेस भइसकेछु।’

२०५९ मा जन्मेकी करिनाले गाउँकै जनता माविबाट एसएलसी उत्तीर्ण गरेकी हुन्। ११ कक्षा पढ्न मेलम्चीको इन्द्रेश्वरी मावि झरेपछि उनले नेविसंघको इकाइ सभापति बनेर राजनीति यात्रा अघि बढाइन्। यो अवसर करिनाको राजनीतिमा ‘टर्निङ प्वाइन्ट’ बनेर आयो। कानुन विषयको विद्यार्थी हुन् उनी। राजधानीको नेसनल ल क्याम्पसको बीएएलएलबी चौथो समेस्टरमा उनी अध्ययनरत छिन्। उच्च शिक्षा अध्ययनको लागि राजधानी पुगेपछि राजनीतिलाई अझ गहिरोसँग बुझ्न पाएको उनी सुनाउँछिन्।

राजधानीमा नेविसंघ र पार्टीले सञ्चालन गर्ने आन्दोलन, महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा लगाइएको कर विरोधी अभियान लगायत गतिविधिमा उनी निरन्तर सक्रिय रहिन्। त्यहाँ उनले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेतृत्व गरेको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत महिला प्रचार नेटवर्कको सदस्य बनेर काम गर्ने अवसर पाइन्। अहिले पनि सोही भूमिकामा रहेकी करिना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत उनलाई बधाइ दिएका छन्। उनले लेखेका छन्, ‘केवल १९ वर्ष पुग्दा आज जो सिन्धुपाल्चोकबाट निर्वाचित बनेकी छन्, नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि! पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत, नेपाली कांग्रेस महिला प्रचार नेटवर्ककी सदस्य करिना पुरीलाई धेरै बधाई÷धेरै शुभकामना!’

प्रवक्ता शर्माले ‘सम्भवत कांग्रेसको कान्छी महाधिवेशन प्रतिनिधि’ भनेर टेलिफोन नै गरेर बधाई दिएको उनले जनाइन्। कराँते खेलाडीसमेत हुन् करिना। ‘ब्ल्याक बेल्ट’ धारी उनले सन् २०१९ मा इण्डोनेसियामा भएको एसियन गोजुरियो कराँते प्रतियोगितामा स्वण पदक, मलेसियामा रजत र बङ्गलादेशमा कास्य पदक जितेकी छिन्। ‘राजनीतिमा केही गर्न धेरै माथि जानु छ। यात्रा भर्खर मात्र सुरु भएको हो,’ परिपक्कपन देखाउँदै करिना भन्छिन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस