स्थानीय निर्वाचन घोषण माग
२५ चैत्र २०७२
•
५ मिनेट पाठ
स्थानीय निर्वाचन घोषण माग
काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको पोलिटब्युरो बैठकमा उनीहरुले राजनीतिक प्रतिवेदनमा तीनवटै निर्वाचन आफ्नो नेतृत्वमा गर्ने भनेर मात्रै नपुग्ने भन्दै स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्न दबाब दिएका हुन्।

दुवै पक्षका नेताले निर्वाचनका लागि जेठ वा कात्तिक महिना उपयुक्त हुने भन्दै मिति तोक्न पनि माग गरेका हुन्। यसरी माग गर्नेमा भानुभक्त ढकाल, परशुराम मेघी गुरुङ, अरुण नेपाल, विन्दा पाण्डे, यामलाल कँडेल, लालबाबु पण्डित, गणेश तिमल्सिना सहितका नेता छन्।

'लामो समय स्थानीय निकाय नहुँदा जनता प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। विकास निर्माणको काममा धेरै विकृति देखियो, त्यसैले तत्काल निर्वाचन मिति घोषणा गर्नुपर्योव,' पोलिटब्युरो सदस्य नेपालले भने, 'पोलिटब्युरो सदस्यले स्थानीय निकायको निर्वाचनका लागि गरेको मागलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षले भोलि जवाफ दिने क्रममा सम्बोधन गर्ने अपेक्षा गरेका छौं।'

नेपालले अहिलेकै संरचनामै स्थानीय निकायको निर्वाचन गर्ने भनेर संविधानमा व्यवस्था भएकाले मिति घोषणा गर्न जोड दिएको बताए। 'सरकारले स्थानीय निकायको निर्वाचन गर्न सबैको सहमति खोज्न सुरु गर्नुपर्ने सुझाव आएको छ,' उनले भने, 'स्थानीय निकाय नहुने हो भने पुनर्निर्माणको कामसमेत प्रभावित हुनेछ।' स्थानीय निकायको निर्वाचन गराउन तत्काल कानुन ल्याउनसमेत उनीहरुले माग गरेका थिए।

मंगलबार सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय, प्रान्तीय र आम निर्वाचन आफ्नै नेतृत्वमा गर्ने उल्लेख छ। २०५४ सालपछि स्थानीय निकायको निर्वाचन हुनसकेको छैन भने २०५९ सालयता स्थानीय निकायमा राजनीतिक नेतृत्व पुग्न सकेको छैन। कहिले सर्वदलीय संयन्त्र र कर्मचारीको भरमा चलेको स्थानीय निकायले पर्याप्त मात्रामा काम गर्न नसकेको गुनासो हुँदै आएको छ।

कार्यक्रमबारे विवाद

मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रमका नाममा गुटबन्दी भएको भन्दै नेपाल पक्षका नेताहरुले जवाफ मागेका थिए। फाउन्डेसनले कार्यक्रम आयोजना गर्दा अध्यक्ष ओली निकटलाई मात्र आमन्त्रण गरिएको विषयमा प्रश्न गरेका थिए। चैत पहिलो साता देशभरबाट कार्यकर्ता ल्याएर फाउन्डेसनले कार्यक्रम गरेको थियो। कार्यक्रममा पार्टी नेतृत्व र सरकारविरुद्ध गुटबन्दी भएको भन्दै नेपाल पक्षको आलोचना गरिएको थियो। बैठकमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले आफ्नो अध्यक्षतामा कार्यक्रम भएको भन्दै कार्यक्रममा बोलाउन छुटेका सबैलाई असारमा मदन भण्डारीको जन्मजयन्तीमा बोलाउने जवाफ दिएका थिए।

सो कार्यक्रममा सहभागी हुने सबैलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा भोजका आयोजना गरेका थिए। 'प्रधानमन्त्रीले देशभरबाट आएका व्यक्तिहरुले भेट्न चाहेकाले भेट दिएको जवाफ दिनु भएको छ,' एमालेका एक नेताले भने।

चीन भ्रमणको छनौटका आधार माग

बैठकमा पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले पार्टीको नाममा चीन भ्रमणका जानेहरुको बारेमा जानकारी लिखित रुपमा काम गरेका छन्।

बिहीबारको बैठकमा दर्जनौ टोलीहरु पार्टीको नाममा चीन भ्रमणका गएको समाचारहरु आएको भन्दै खतिवडाले भ्रमण टोलीको प्रतिनिधिहरु के को आधारमा छनोट भयो भन्दै जवाफ माग गरेका हुन्। यसअघि पनि पार्टीको नाममा विदेश भ्रमण गर्ने व्यक्तिको छनोट पारदर्शी नभएको भन्दै आलोचना हुदै आएको थियो। नेताहरुले आफू निकट र आफ्नो नातेदारहरुलाई त्यस्तो भ्रमणमा संलग्न गराउँदै आएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस