काठमाडाैं-मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफूहरु विखण्डनकारी र पृथकतावादीको पक्षमा नरहेको बताएका छन्। मधेसी मोर्चा र आफ्नो दल विखण्डनकारी र पृथकतावादीको पक्षमा नरहेको उनले बताए।शनिबार राजधानीमा आयोजित एका अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ठाकुरले आँफूहरु वार्तामार्फत नै समस्या समाधान होस भन्ने पक्षमा रहेपछि सरकारले वार्ताका लागि नबोलाएको गुनासो गरे। 'हामी जहिले पनि वार्ता र संवादकै पक्षमा छौं,' उनले भने,'तर सरकारले अहिलेसम्म वार्ताका लागि बोलाएको छैन यसले हामीलाई अचम्ममा परेको छ।' मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकालाई चैत मसान्त सम्मको समय दिएको छ। आफूले दिएको समयभित्र माग पूरा नभए वैशाखदेखि आन्दोलन गर्ने मोर्चाले चेतावनी दिइसकेको छ।
ठाकुरले अब हुने आन्दोलनका विषयमा विभिन्न पक्षसँग सुझाव लिने काम भइरहेको भन्दै वैशाखदेखि फरक किसिमको आन्दोलन गर्ने बताए। तर आन्दोलनको स्वरुप बारे केही खुलाएनन्। संविधानप्रति असन्तुष्टि जनाउँदै मोर्चाले तराईमा करिव ६ महिना लागमे आन्दोलन गरेको थियो। मोर्चाको मागलाई समर्थन गर्दै भारतले समेत नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो।
पछि भारतले अघोषित नाकाबन्दी हटाएपछि मोर्चाले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो। मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकाले संविधान संशोधन गरिसकेको छ भने मोर्चाले मुख्य रुपमा असन्तुष्टि जनाएको सीमाकंनको समस्या समाधान गर्न भन्दै सरकारले राजनीतिक संयन्त्रसमेत गठन गरिसकेको छ। तर, मोर्चाले संविधान संशोधनलेसमेत आफूहरुको माग पूरा नभएको भन्दै माग पूरा गर्न चैत मसान्तसम्मको समयसिमा दिएको छ।
मोर्चाले तराईमा दुई प्रदेश हुनुपर्ने र सीमाकंन सच्याउनुपर्ने माग गर्दै आएको छ।