काठमाडौं- सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको नेतृत्वमा रहेको संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति २०७१ गठन भएको दुई वर्ष नाघ्न लाग्यो तर अझै प्रतिवेदन बुझाएको छैन।
दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै कर्ण नेतृत्वमा छानबिनका लागि बनाइएको उक्त सात सदस्यीय समितिले छानबिन सकिसकेको छ। संविधान जारी भएसँगै संविधानसभा स्वतः विघटन भई व्यवस्थापिका संसदमा रुपान्तरण भइसक्यो तर उक्त समितिले भने अझै प्रतिवेदन बुझाउन सकेकोे छैन।
व्यवस्थापिका संसदको अस्थायी प्रकृतिको उक्त समिति संयोजकको हैसियतमा पाउने गाडी सुविधा भने कर्णले करिब दुई वर्ष प्रयोग गरिरहेका छन्। बा१झ ८४८२ नम्बरको गाडी कर्णले चढिरहेको संसद सचिवालयले जनाएको छ।
सवारी शाखाका प्रमुख केशवप्रसाद शर्मा आचार्यका अनुसार संसदको पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०५२ अनुसार कर्णले गाडी सुविधा लिइरहेका हुन्। 'संसदको पूर्ण बैठकले बनाउने अस्थायी प्रकृतिको समितिका सभापतिलाई सवारीसाधन सुविधा दिइने व्यवस्थाअनुसार उहाँले उक्त सुविधा लिनुभएको हो,' आचार्यले नागरिकसँग भने, 'जसअनुसार गाडीसहित एक ड्राइभर, मासिक १ सय ५० लिटर तेल उहाँले नियमित लिनुभएको छ।' उनका अनुसार प्रतिवेदन बुझाएर समिति स्वतः खारेज भएको औपचारिक जानकारी नआएसम्म कर्णले सुविधा पाइरहने छन्।
कर्णको नेतृत्वमा २०७१ जेठ ३० गते समिति गठन भएको थियो। १३ वटा पार्टीले संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको र त्यसले दलहरूबीच तिक्तता बढाएपछि २०७० पुस ९ गते प्रमुख दलीबच छानबिन समिति गठन गर्ने सहमति भएको थियो।
समितिले आह्वान गरेबमोजिम ३३ वटा जिल्लाबाट आएको उजुरी तथा ९ वटा जिल्लामा स्थलगत अध्ययनसमेत गरेको उक्त समिति सचिवालयले प्रतिवेदन तयार पारेको पनि महिनौँ बितिसकेको छ। 'सचिवालयले आफ्नो जिम्मेवारीअनुसार प्रतिवेदन तयार पारिसकेको छ, त्यसलाई अन्तिम रूप दिएर अनुमोदन गराउने भनेको समितिले नै हो,' समितिका सचिव जीवराज बुढाथोकीले नागरिकसँग भने। उनका अनुसार समिति बैठक नबसेका कारण प्रतिवेदन अनुमोदन गरेर संसदमा पेस गर्न नसकिएको हो।
उक्त समितिका सदस्य भीम रावल र रेखा शर्मा हाल केपी ओली मन्त्रिपरिषदमा छन्। मन्त्री भएपछि उक्त पद स्वतः जाने भए पनि प्रतिवेदन पारित गराउनका लागि कर्णले बैठक नै नबोलाएको समितिका एक सदस्यले आरोप लगाए। उक्त समितिमा रामनारायण बिडारी, कमल पंगेनी, बलबहादुर केसी, भानुभक्त ढकालसमेत सदस्य छन्।
कार्यव्यस्तता र अन्य विषयमा ध्यानकेन्द्रित गर्नुपरेकाले तयार भइसकेको प्रतिवेदन बुझाउन नसकिएको कर्णको भनाइ छ। 'प्रतिवेदन तयार भइसकेको छ, अबको संसद अधिवेशनमा बुझाउनेछु,' कर्णले नागरिकसँग भने, 'मेरो आफ्नै गाडी छ, संसदको गाडी लिनुपर्ने भन्ने छैन।' प्रतिवेदन बुझाएलगत्तै गाडी सुविधा फिर्ता गरिदिने उनले बताएका छन्।
अस्थायी समितिका सभापतिमा गाडी सुविधा लिने उनी एक्लो रहेको संसद सचिवालयले जनाएको छ। प्रतिवेदन नबुझाइ गाडी सुविधा लिएका कर्णले संविधान प्रक्रियाप्रति असहमति प्रकट गर्दै राजीनामा पनि दिएका थिए। तर, तत्कालीन सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राजीनामा स्वीकृत नगरे पनि सभासदको हैसियतामा पाउने सुविधा लिइरहेको भनेर आलोचनासमेत भएको थियो।